सामना÷मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो यहाँ कुवाललम्पुर मध्य स्थित रहेको १ सय ३० वर्ष पुरानो प्राचीन हिन्दु मन्दिर श्री नागाकन्नी पात्थरकला अम्मन मन्दिर भत्काई त्यहाँ भव्य मस्जिद निर्माण गराउने निर्देशन दिइएपछि मलेशियामा रहेको विभिन्न राजनीतिक दल, उदारवादी मुस्लिम समुदाय र हिन्दु समुदायका व्यक्ति उनीबाट रुष्ट भएका छन् ।
सो मन्दिर १३० वर्ष अघि सरकारी जमिनमा बनेको सरकार पक्षको आरोप रहेको छ । सन् २०१४ मा सो जमिन कपडा कम्पनी जैकेललाई बिक्री गरिएको थियो अहिले जैकेल कम्पनीका संस्थापक मो. जैकेल अहमदले मन्दिर भत्काई सो स्थानमा भव्य मस्जिद निर्माण गर्नुपर्ने इच्छा मलेशिया सरकारमा राखेपछि प्रधानमन्त्री अनवर इब्राहिमले मन्दिर भत्काउने निर्देशन दिइएका हुन् । मन्दिर भत्काउने सम्बन्धमा प्रम अनवरले भनेका छन्, यो मन्दिर आफूहरुलाई अमान्य छ यसको कारण हो यो सरकारी जमिनमा बनेको छ । यो मन्दिर भत्काई भव्य मस्जिद निर्माण छिट्टै गराउने छु ।
मन्दिर भत्काउने कार्यको रहस्योद्घाटन भारतबाट प्रकाशित हुने पत्रिका पंजाब केसरीले सबैभन्दा पहिले सार्वजनिक गरेपछि मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमको विश्वभरीका हिन्दु समुदायले विरोध गर्न थालेका छन् । मलेशिया विगतमा अत्यन्त उदारवादी देशको रुपमा चिनिन्थ्यो केही वर्ष अघि भारतमा रहेका मुस्लिम धर्मगुरु जाकिर नाइक देश छाडी मलेशियामा बसेदेखि त्यहाँ कट्टरता धेरै नै बढेको छ । अहिले त्यहाँ गैर हिन्दुहरुमाथि दमन हुन थालेको छ । मलेशिया सरकार हिन्दु मन्दिरप्रति उदार रहेको देखिँदैन जसको कारण त्यहाँ धार्मिक सौहार्द बिग्रिन थालेको छ । यसैको परिणाम हो अहिले पहिलो पटक हिन्दु मन्दिर देवी श्री नागकन्नी पत्थरकला अम्मन मन्दिरको अस्तित्व संकटमा परेको छ ।