नेपालगञ्ज । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा भारत युपीको नेपाल भारत सीमावर्ती क्षेत्र रुपैडिहा बजारमा रहेको श्री बिनायक बुटिक एण्ड ड्रेसेजले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजन गरेको छ ।
शनिवार दिन ड्रेसेजका महाप्रबन्धक अंकित गोयलले आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा रुपैडिहा क्षेत्रका विभिन्न व्यक्तित्वहरु शिक्षक, समाजसेवी, उद्योगी व्यापारी लगायतको उपस्थिति रहेको देखियो । सो कार्यक्रममा नेपालगञ्जमा सञ्चालित रहेको विभिन्न मदरसा, इंग्लिस बोर्डिंग स्कूल र केही सरकारी स्कूलका शिक्षक र प्रधानाध्यापक त्यस्तै नै समाजसेवा क्षेत्रमा कार्य गरी रहेका व्यक्तिहरुको त्यहाँ उपस्थिति रहेको थियो ।
ड्रेसेजले नयाँ वर्ष २०२५ को अवसरमा भोज कार्यक्रमको आयोजन गरी कार्यक्रममा सहभागी हुन आएका अतिथिहरुलाई उपहार समेत प्रदान गरेको थियो । रुपैडिहा बजार तरकारी मण्डी र चकिया रोड नजीक रहेको श्री बिनायक ड्रेसेजले आफ्नो यहाँ स्कूलका विद्यार्थीहरुको लागि ड्रेस, कोट, स्वेटर र शैक्षिक संस्थानमा प्रयोग हुने अन्य सबै वस्तु अति सस्तो मूल्यमा बिक्री गरी रहेकोले अन्य ड्रेसेजको तुलनामा अति कम समयमा नै धेरै प्रसिद्धी पाएको छ ।
श्री बिनायक ड्रेसेजका महाप्रबन्धक अंकित गोयल अति नै मिलनसार, मृदुभाषी र इमान्दार व्यक्तित्वको कारण यहाँ तमाम स्कूलहरुले आ–आफ्नो विद्यार्थीले लगाउने ड्रेस बनाउन अर्डर दिएपछि यहाँ सस्तो मूल्यमा त्यस्तो स्कूलको ड्रेस किनमेल गर्ने ग्राहकहरुको घुइँचो बढेको छ । नयाँ वर्ष २०२५ को अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम रुपैडिहा स्थित सिंघानिया बजारको बिनायक ग्यारेज हलमा सम्पन्न भएको
सो मैरिज हल रुपैडिहामा विवाह पार्टी एवं अन्य आयोजनको लागि सर्वाधिक उपयुक्त रहेको छ ।