नेपालगञ्ज । अहिले वैदिक सनातन धर्मावलम्बी हरुको विभिन्न चाडपर्व नजिकिँदै गई रहेको समय सम्पूर्ण नेपालगञ्ज उमनपा भित्र सञ्चालित मिठाई पसलहरुमा भारतको विभिन ठाउँमा बनेको विषाक्त मिठाई बिक्री हुन शुरु भएको कुरा विश्वस्त सूत्रले जनाएको छ ।
वैदिक सनातन धर्मावलम्बीहरुको महान चाड बडादशैं, दीपावली, भाई टीकामा विभिन्न मिठाईको खपत एक्कासी बढ्न थाछ यस कारण नेपालगञ्जका मिठाई पसलहरु यहाँ मिठाई उत्पादन नगरी भारतको विभिन्न स्थानबाट विषाक्त मिठाई खरीद गरी तस्करीको बाटोबाट मिठाई भित्र्याउन थाल्छन् । नेपालगञ्जमा करीब दर्जनौं ठूला मिठाई पसलहरु छन् यिनीहरु भारतको लखनऊबाट सोहनपापडी लगायत मिठाई अति सस्तो मूल्यमा त्यहाँबाट खरीद गरी यहाँ महँगो मूल्यमा बिक्री गर्छन् । भारतको शहर लखनऊमा सो सोहनपापडीको मूल्य १०० भारुसम्ममा बिक्री हुन्छ त्यही सोहनपापडी यहाँ ५ सय रु. नेरु प्रति केजीको मूल्यमा बिक्री हुन्छ भारतमा बिस्कुट ३५–४० रु.भारु प्रति केजी मूल्यमा बिक्री हुन्छ त्यही बिस्कुट यहाँ ४५० प्रति केजीको मूल्यमा बिक्री हुन्छ । नेपालगञ्जमा मिठाई यहाँ उत्पादन हुन छाडेको छ । यस कारण नेपालगञ्ज उमनपाभित्रका मिठाई पसलहरु भारतको लखनऊ, रिसिया, इमामनगर, शिवपुर नामक स्थानबाट सुक्खा मिठाई खरीद गरी ल्याउँछन् यहाँ चिनीको चास्नीमा भिजाई बिक्री गर्ने गरिएको छ भारतमा दूधजन्य पदार्थबाट बनेको दूध बर्फी, छेना, पनीर, खुवा सबै रासायनिक पदार्थ मिसाई बनाइएको हुन्छ तर सस्तो पर्ने गरेकोले नेपालगञ्जका मिठाई पसलेहरु त्यहींबाट खरीद गरी यहाँ बिक्री गर्दै आएका छन् । नेपालगञ्जको मिठाई पसलहरुमा काजुले बनेके बर्फी बिक्री हुन्छ सो बर्फी काजुले बनेको होइन बरु ममफलीबाट बनेको हो । काजु बर्फी बताई अहिले ममफलीको बर्फी यहाँ बिक्री भई रहेको छ यसमा काजुको मात्रा थोरै थोरै पनि छैन यसमा मात्र ममफली सुक्खा दूध र चिनीको मिश्रण तर पनि यो सर्वाधिक महँगो मिठाईमा पर्छ । नेपालगञ्जको मिठाईहरुमा बडो छलकपट छ विगतमा यहाँको राबडी देशभरी नै विख्यात थियो तर केही वर्षदेखि राबडीमा ठूलो मिसावट भई रहेको छ । दूधमा खुवा मिसाई छिटो छरितो ढंगले राबडी तयार पार्ने गरिएकोले यसको गुणवत्तामा कमी आएको छ । अहिले केही स्थानमा सपरेटाबाट बनेको दही पनि बिक्री हुन शुरु भएको देखिन्छ यस्तै तै मिसावट पनीरमा पनि छ अहिले भटमासको धूलोबाट पनीर बन्न थालेको छ यो पनीर नरम नभई कडा हुने गर्छ । यसरी नेपालगञ्ज नगरमा मिठाईको क्वालिटी घटेको छ । यसको कारण हो भारतमा मिठाईको मूल्य सस्तो हुने गरेकोले यहाँको मिठाई पसल त्यहाँबाट मिठाई खरीद गरी महँगो मूल्यमा बिक्री गर्न शुरु गरेका छन् । सीमावर्ती भारतीय बजार रुपैडिहाम अहिले बेसनको बुँदी बिक्री हुने गरेको छ । बुँदी त्यहाँबाट खरीद गरी यहाँ चना बेसनको लड्डु, नुक्ती बनाई बिक्री हुने गरेको छ । यो बेसनको नभई खेसारी दालको बेसन हो खेसारी दालको सेवनले पक्षघात हुने खतरा रहन्छ तर यहाँ खेसारी दालको बेसनबाट मिठाई बनि रहेको छ । रुपैडिहाबाट दैनिक रुपमा जीप लगायत साधनबाट कुन्टलौं मिठाई नेपालगञ्जमा भित्रिन्छ केही मिठाई भन्सार शुल्क तिरी भित्रिने गरेको छ भने अधिकांश मिठाई तस्करीको बाटोबाट भित्रिने गरेको छ । मिठाईको तस्करीमा ठूलो ग्यांगले हात हालेको छ यस्तो तस्करीमा भन्सारका कर्मचारी, प्रहरीको समेत मिलेमतो रहेको कुरा सूत्रको दावी रहेको छ । मिठाई तस्करीको जालो छ यहाँ । नेपालगञ्जमा भित्रिएको विषाक्त मिठाई यहाँबाट अन्य क्षेत्रमा जाने गरेको छ । मिठाई पसलको अनुगमन सम्बन्धित निकायले नगरेकोले रंग बिरंगी मिठाई सहित रासायनिक पदार्थ हालिएको विषाक्त मिठाई यहाँ बिक्री भई रहेको छ । सम्बन्धित निकायको मौनताको कारण स्वास्थ्यमा नकारात्मक असर पार्ने मिठाई खुलेआम बिक्री भई रहेको छ । अतः सम्बन्धित निकायले यसतर्फ ध्यान पु¥याई सबै भन्दा पहिले नगरमा सञ्चालित ठूला मिठाई पसल र त्यसपछि सानो मिठाई पसलहरुमा अनुगमन गरी स्वास्थ्यमा नकारात्मक असर पार्ने मिठाई पसलेहरुमाथि कारवाही गर्नु पर्ने जरुरी रहेको देखिन्छ ।