वैदिक सनातन धर्मावलम्बीको प्राय सबै चाडपर्वहरु वैज्ञानिक पद्धतिमा आधारित रहेकोले यस्ता पर्वहरुलाई अति पावन र पवित्र मानिएको छ । अन्यको चाडपर्वहरु नजिकिँदै नै पशुपंक्षी र जनावरमा करुण क्रन्दन र चित्कार हुन लाग्छ । पशुपंक्षी र जनावरसँग काटमार हुँदा चारैतर्फको वातावरण दुर्गन्धित बन्छ । यस्तो काटमार अबुझताको कारण केही वैदिक सनातन धर्मावलम्बीहरुले पनि गर्ने गरेका छन् । देवी देउताको नाममा पशुसँग काटमार हुने गरेकोले हाम्रा देवालय र मन्दिरहरु दुर्गन्धित र दूषित बन्ने गर्छन् । देवी देउताहरुले कहिल्यै पनि पशुपंक्षी जनावरलाई काट्ने मार्ने भनेका छैनन् । स्वादको कारण व्यक्ति व्यक्तिलाई त्यस्तो कार्य गर्ने गर्छन् । परमपिता परमेश्वरले व्यक्तिलाई आफ्नो मनमा रहेको विकृति विसंगतिको बलि दिन भनेका छन् । कामको प्रतिक भँगेरा, अहंकारको प्रतिक राँगालाई बलि दिइने गरिन्छ यस्तो पशु बलि दिने कार्य गर्नु गलत हो । व्यक्तिले पशु पंक्षीको बलि नदिइ आफ्नो मनभित्र रहेको विकृति विसंगतिको बलि दिइनु उपयुक्त हुन्छ । वैदिक सनातन धर्मावलम्बीहरुको मुख्य चाडपर्व बडादशैं, दीपावली र होली जस्तो पर्व हो । बडादशैंलाई असत्यको माथि सत्यले विजय प्राप्त गरेको सन्देश दिन मनाइने गरिन्छ । दीपावली त सरसफाई र स्वच्छताको प्रतिक छ अतः यसलाई म्युनिसिपालिटी भनेमा अतिश्योक्ति नहोला । दीपावलीमा वैदिक सनातन धर्मावलम्बीको घर आँगन लिपपोत गर्छाैं घरको कुना कुनासम्म सफा गरिन्छ । यस्तो सरसफाईबाट घर स्वच्छ सफा भई सबै संक्रामक रोगबाट निजात दिलाउँछ । फागू पूर्णिमा होली पर्व रंगहरुको पर्व हो बसन्त ऋतुमा विभिन्न रंगको फूलहरु फुल्ने गर्छन् यसबाट वातावरण सुगन्धित बन्छ । होली पर्वले वर्षाैंदेखिको शत्रुता हटाउँछ जसको कारण यस दिन शत्रु पनि एक अर्कासँग अंकमाल गरी आपसी सौहार्दपन बढाउँछन् । यो पर्व आपसी भाईचारा बढाउने पर्व हो । यसरी वैदिक सनातन धर्मावलम्बीको सबै चाडपर्वले विश्वमा शान्तिको सन्देश दिँदै आएको छ । वर्तमान समय सम्पूर्ण विश्वमा अशान्तिको वातावरण छ अनेकौं देशबीच एक आपसमा युद्ध चली रहेको छ यस्तो युद्धले तेस्रो विश्वयुद्ध निम्त्याई रहेको छ यस समयमा वैदिक सनातन धर्म सम्पूर्ण विश्वलाई शान्ति स्थापनाको सन्देश दिई रहेकोले विदेशी भूमिसम्म यो धर्म फैलिन थालेको छ अब कैयन देशमा वैदिक सनातन धर्म फैली सकेकोले यो धर्मले नै मानवताको संदेश दिइ रहेको छ जसको कारण अन्य धर्मावलम्बीहरु आफ्नो धर्म परित्याग गरी वैदिक सनातन धर्म अपनाउन थालेका छन् । पृथ्वीको उत्पत्ति हुँदा नै सबै भन्दा पहिले वैदिक सनातन धर्मको स्थापना भएको थियो यो धर्म स्थापना भएको १ अर्ब ९६ करोड ८ लाख ३ हजार १ सय २५ वर्ष भई सकेको छ । वैदिक सनातन धर्मको अर्थ हो यो कहिले पनि समाप्त नहुने । विगतमा हजारौं धर्महरु आए र विलिन पनि भए तर वैदिक सनातन धर्म विगतदेखि आजसम्म कायम छ यो धर्म भनेको पहिले पनि थियो आज पनि छ आउँदो समयसम्म पनि रहन्छ । वैदिक सनातन धर्मको अन्य तमाम शाखाहरु छ जसमा सिख धर्म, बौद्ध धर्म, जैन धर्म, किराँत धर्म लगायत यिनी शाखाहरुले पनि वैदिक सनातन जस्तै नै सत्य र अहिंसाको सन्देश दिन्छन् । यसमा अन्य केही अहिंसाको पालना गर्ने शाखाहरु छन् जसले वैदिक सनातन धर्मलाई परित्याग गरी डर वा लोभले अन्य धर्म अंगीकार गरी अरुको धर्ममा बसेका छन् त्यस्तालाई घरमा फिर्ता ल्याउने कार्य गरी रहेका छन् यस्ता शाखाहरु छन् आर्य समाज, गायत्री परिवार र इस्कान लगायत जस्ताहरु यिनी शाखाहरुको अथक प्रयासले गर्दा सनातन अन्य देशसम्म पुगी लाखौं लाख व्यक्तिलाई पुनः आफ्नो घरमा फिर्ता ल्याएको छ । वैदिक सनातन धर्म विश्वभरि नै फैली रहेको यस समयमा कतिपय देशमा यसको माथि उत्पीडन पनि बढ्न थालेको छ । बाँग्लादेशको चहुमुखी विकासको लागि त्यहाँका सातन धर्मावलम्बीहरुले धेरै कार्यहरु गरे तर अहिले जसरी नै त्यहाँ आरक्षणको विरोधमा आन्दोलन शुरु भयो त्यो आन्दोलन एक्कासी सनातन धर्मावलम्बी तर्फ मोडियो यसबीच त्यहाँ तमाम मन्दिर, देवालयहरु तोडफोड गरी जलाइएका छन् । सनातन धर्म मान्ने महिला युवतीसँग दुव्र्यवहार भएको छ । यस्तो कार्य कुनै नौलो होइन वर्षाैंदेखि यस्तो कार्य पाकिस्तान र कश्मीर जस्तो ठाउँमा घटित भएको थियो यस्तो अराजकताबाट सनातन कतिपनि विचलित र हताश भएको छैन बरु थप उर्जा आयो । सृष्टिको प्रारम्भदेखि नै देव र दानव दुवै नै अस्तित्वमा आए देउतागण र ऋषि महर्षिहरु मानव कल्याणको लागि ऋतु अनुसार यज्ञादि पुजापाठ गर्थे तर दानवहरु त्यस्तो यज्ञादि कार्यमा विध्न बाधा हाल्न मरेको जनावरको सिनो हाली यज्ञमा बाधा अडचन हाल्थे । सनातन बसुधै कुटुम्बक ‘विश्व एक परिवार हो’ सर्वे भवन्ति सुखिनः ‘सबै धर्म समभाव’ भनि आपसी मित्रताको सौहार्दताको सन्देश दिँदै आएको छ । अहिले विचारणीय कुरा के छ भने हामी चाडपर्व मनोरन्जनको लागि मनाउँछौं यसमा तमाम विकृति विसंगतिहरु पनि समेट्दै गई रहेका छौं । यो चाहिँ गलत हो हामी सत्यको बाटोमा हिँड्नु पर्छ बडा दशैं पर्वमा माता दुर्गा भवानीको ९ रुपको आराधना गरी पछि नदीमा लगी सेलाउँछौं यस समय केहीहरु नशालु पदार्थको सेवन गरी आफ्नो पर्वको महत्व घटाई रहेका छन् यस्ता कार्यले गर्दा कतिपय पटक ठूलो दुर्घटना पनि घट्दै आएको छ । यस कारण सावधान र सचेत बनौं लहलहैमा लागेर गलत कार्य नगरौं । दुर्गा प्रतिमा विसर्जन गर्न जाँदा यहाँ कुनै दुर्घटना नहोस् यसबारेमा आफू पनि सचेत बनौं र अरुलाई पनि सचेत पारौं । बडादशैं पर्व सबैको लागि मंगलकारी होस् यस्तो अपेक्षा सहित आजको सामना साप्ताहिक परिवार आफ्ना पाठकवर्गको सुख समृद्धि समृन्नति तथा उत्तरोत्तर प्रगतिको लागि कामना गर्दै सबैमा हार्दिक मंगलमय शुभकामना बधाई टक्र्याउँछ ।
बडादशैं पर्व भव्य र सभ्य ढंगले मनाऔं।
Monday, October 07, 2024
0

Tags