नेपालगञ्ज । बडादशैं तथा दीपावली पर्वको अवसरमा घरवारीटोल युवा समितिले बागेश्वरी मन्दिरको पछाडि रहेको चिल्ड्रेन पार्कमा सांस्कृतिक कार्यक्रम सहितको मिनी मेलाको आयोजन गरेको छ ।
असोज ६ गते शनिवारदेखि यो मिनी मेलाको शुभारम्भ गरिएको हो ।
भावना एमुजमेन्ट प्रा.लि.को व्यवस्थापनमा शुरु भएको यो मेलाको मुख्य आकर्षण स्थानीय कलाकारहरुबाट साँझतर्फ सांस्कृतिक कार्यक्रमको प्रस्तुति त्यस्तै मेलामा विद्युतीय पिंग, साना बच्चाहरुको लागि पिंग नास्ताको पसल यसमा कैयन स्टल दर्शकलाई मनोरञ्जन प्रदान गर्ने खालको छ ।
मेलाको अवलोकन गर्न प्रवेश शल्क निःशुल्क राखिएकोले यहाँ दर्शकको घुइँचो बढ्न थालेको छ । रातीमा सांस्कृतिक कार्यक्रम हेर्न विशेषकर युवा युवतीको बढी घुइँचो लाग्ने गरेको देखिएको छ । केही महिनादेखि चलेको आर्थिक मन्दीबाट नगर सुनसानप्राय बनेको थियो ।
अहिले न्यूरोडको ठिक किनारमा लागेको मिनी मेलाले यहाँ निकै नै चहल पहल बढाएको छ ।