२०६२।०६३ मा जारी गरिएको नेपाली नागरिकता जथाभावी र मनपरी जालझेल गरी वितरण गरिएकोले यो नेपाली नागरिकता झनझनै समस्याहरु बढाउँदै गएको छ यस कारण यो नेपाली नागरिकता अविलम्ब खारेज गर्नुपर्ने जरुरी भएको छ । सो समय नेपाली नागरिकतामा विद्यमान सबै समस्याको अंत गर्ने उद्देश्यले वितरण गरिएको थियो तर यस वितरण कार्यबाट समस्या हटेन बरु अझ समस्या बढेको छ । २०६२।०६३ मा वितरण भएको नेपाली नागरिकता देशको वास्तविक व्यक्तिले पाएनन् यसको सट्टा भारी संख्यामा विदेशी नागरिकले जालझेल गरी नागरिकता पाउन सफल भए । यस कारण वास्तविक नेपाली नागरिकको जनसंख्या घटेको छ र विदेशी व्यक्तिको सख्ंया बढेको देखिएको छ । नेपालको राष्ट्रिय जनगणना–२०७८ को तथ्यांक अनुसार देशको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । अब अर्काे जनगणना भए देशको जनसंख्या विदेशी घुसपैठको कारण अप्रत्याशित ढंगले बढ्ने अनुमान रहेको छ यस कारण अब विदेशीको संख्या घटाउन विशेष पाइलाहरु चाल्नुपर्ने जरुरी भएको छ । यस कारण अब सरकारले २०६२।०६३ मा जारी गरिएको सबै नागरिकता खारेज गरी कुन कुन व्यक्तिले जालझेल गरी नेपालीनागरिकता लिन सफल भए यो कुरा रहस्योद्घान हुनुपर्ने जरुरी भएको छ । नेपाली नागरिकता २०६२।०६३ मा किन वितरण गरियो यो कुरा बुझ्न विगतको इतिहास खोतल्न जरुरी छ । पहिचान र बराबरीको हक अधिकारको लागि २०६२।०६३ को जनआन्दोलनको सफलतापछि जारी गरिएको संविधानमा संघीयता र समावेशिता समावेश नभएको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा प्रथम मधेश आन्दोलनको शुरुवात भएको थियो । तत्कालीन प्रम गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले अन्तरिम संविधान घोषणा गरेको भोलिपल्टै फोरमले २ माघदेखि आन्दोलन शुरु गरेको थियो । २१ दिनसम्म चलेको उक्त आन्दोलन संविधान संशोधन गर्ने सहमतिपछि टुंगिएको थियो मधेश आन्दोलनको लेखाजोखा गर्दा त्यस आन्दोलनबाट मधेशी जनालाई खासै उपलब्धि मिलेन । मधेश आन्दोलनले संविधानमा उल्लेखदेखि मुलुकमा पहिचान दिलायो तर पहिचानको अधिकारमा अझै मधेशी जनताले अधिकार पाउन सकेका छैनन् । संविधान संशोधन गर्न विगत दिनदेखि नै माग उठ्दै आएको छ तर संविधान संशोधन अहिलेसम्म हुन सकेको छैन । मधेश आन्दोलनले गर्दा नै २०६२।०६३ मा नेपाली नागरिकतामा विद्यमान समस्याको अंत गर्न नेपाली नागरिकता वितरण कार्य भएको थियो यो नेपाली नागरिकता वितरणले वास्तविक मधेशी नागरिकलाई अझ समस्यामा पारी दिएको छ । २०६२।०६३ मा नयाँ नेपाली नागरिकता प्राप्त गरेका विदेशीहरु अब वास्तविक नेपाली नागरिकमाथि हावी हुन थालेका छन् । उनी विदेशीहरुबाट साम्प्रदायिक द्वन्द्व चर्काउने कार्य भएको छ त्यस्ताहरु यहाँ आतंकवाद फैलाउने कार्य गरी रहेका छन् । यस कारण २०६२।०६३ मा जारी गरिएको नपाली नागरिकता खारेज गरि नयाँ ढंगले नेपाली नागरिकता वितरण हुनुपर्ने जरुरी भई सकेको छ मधेश आन्दोलनले वास्तविक नेपाली नागरिकलाई राहत दिएको छैन अरु आहत नै बनाएको छ । नयाँ नेपाली नागरिकता वितरण कार्य त्यस्तो सर्प दंष हो जसको विष झनझनै फैलिँदै गई रहेको छ । यो समस्याको अंत गर्न २०६२।०६३ मा वितरण गरिएको सबै नेपाली नागरिकता खारेज हुनु पर्छ ।
२०६२।०६३ मा जारी गरिएको नेपाली नागरिकता खारेज गरियोस्।
Monday, June 30, 2025
0
Tags