– मनोज कुमार कौशल
नेपालगन्ज÷जनता समाजवादी पार्टी नेपाल बाँकेका कार्यकर्ताहरुले नै आफ्नो पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको बेवास्ता गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल बाँके जिल्लाको एकताको प्रथम अधिवेशन बुधवार दिन नेपालगन्ज वडा नं. १४ मा रहेको सिटी हलमा आयोजित गरिएको थियो । उक्त जिल्ला अधिवेशनलाई सम्बोधित गर्दै अध्यक्ष यादवले एकताको प्रमथ जिल्ला अधिवेशनमा नवनिर्वाचित हुने सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै भने, जुन संघर्षको साथमा यस गणतन्त्रको स्थापना गरियो त्यसलाई सहज रुपमा कसैले समाप्त गर्न सक्दैन । नेपाल सबै धर्म, भाषा, भेषभुषा र सबै जातजातिको बसोबास गर्ने साझा थलो हो यो सधैं यसै गरी साझा नै रहने छ । भ्रष्टाचार तथा लुटतन्त्रको राज्य यहाँ हावी रहेको पाइन्छ । आज बनेको सरकारले सुशासन दिइने घोषणा गरेको थियो तर सुशासन कहाँ छ ? आज सर्वत्र कुशासन नै कुशासन छ सुशासन छैन आरोप लगाउँदै भने । हाम्रो देशमाथि करीब २७ खर्ब ऋण छ देश आर्थिक रुपमा जर्जर भई सकेको छ । विकासको नाममा न्यूनतम बजेट रहेको पाइन्छ । भने प्रशासनिक खर्च बढी रहेको पाइन्छ । देश रेमिटेन्सबाट चलेको छ जुन दिन रेमिटेन्स बन्द हुन्छ देश नै धरासाई बन्ने अवस्था छ । वर्तमान सरकार संविधान संशोधन गर्न बनेको भएपनि हाल के के विषयमा संशोधन गर्नुछ उनका नेतृत्व गरेकालाई नै जानकारी नभएको अवस्था छ । यो सरकार अहिले पूर्ण रुपमा असफल भई सकेको छ भने ।
केन्द्रिय उपाध्यक्ष यादवको सम्बोधन चली रहेको बेला पूर्ण रुपले हल खाली भई सकेकोले यहाँ यादवको लोकप्रियता घटेको बौद्धिक वर्गको भनाई रहेको छ । विगतमा उपेन्द्र यादव मधेश क्षेत्रको लोकप्रिय नेताको रुपमा चिनिन्थे तर सत्ताको लोभमा उनीले भोटको राजनीति गर्दै तुष्टिकरण नीति अपनाएकोले सम्पूर्ण मधेश क्षेत्रमा अलोकप्रिय बन्दै गएका छन् । जसपा अहिले दुई खण्डमा विभाजित भएको अवस्था छ एउटा जसपाको नेतृत्व यादव गरी रहेका छन् अर्काे जसपाको नेतृत्व अशोक राई गरी रहेका छन् । यही स्थिति विद्यमान रही रह्यो भने बाँके जिल्ला लगायत सम्पूर्ण मधेश क्षेत्रबाट जसपाको मधेशी जनताले बहिष्कार गर्ने अवस्था बनिरहेकोले दुवै जसपाको अवस्था अति नै कमजोर बन्दै गएको छ । उक्त कार्यक्रममा जसपाका के. महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज राम कुमार शर्मा, के. सचिव तथा नेपालगन्ज उमनपाका उपमेयर कमरुद्दीन राई, के. सदस्य तथा लुम्बिनी प्रदेश सदस्य अम्बिका काफ्ले, के. सदस्य एवं नरैनापुर गा.पा. अध्यक्ष इस्तियाक अहमद शाह लगायले आ–आफ्नो मन्तव्यहरु राखेका थिए ।
कार्यक्रम जसपा नेपालका बाँके अध्यक्ष कौशल कुमार धोबीको सभाध्यक्षतामा सञ्चालन गरिएको थियो भने कार्यक्रम सञ्चालन सचिव सूर्यलाल यादवले गरेका थिए यस अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा कौशल कुमार धोबी निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा अकबर अली खाँ, सचिवमा सुर्यलाल यादव, सहसचिवमा श्याम श्रेष्ठ, सहसचिवमा राहिल किंगरिया र कोषाध्यक्षमा रचना गुभाजु लगायत ३१ समिती सदस्य गठन भएको छ ।
कार्यक्रममा विगतमा जसपामा नै रहेका अधिकाँश कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गरेको देखाउन अधिकाँश पुरानो कार्यकर्तालाई नै आफ्नो पार्टीमा पुनः प्रवेश गराई एक किसिमले नाटक प्रस्तुति गरिएकोप्रति बौद्धिक वर्गले आश्चर्य प्रकट गरेका छन् ।