लोकतन्त्र र गणतन्त्रमा देशका प्रमुख राजनीतिक दलका नेताहरुले देशको छिट्टै विकास हुने झुठो दावी विगत दिनदेखि नै गर्दै आएका छन् तर उनीबाट यस १७ वर्षको अवधिमा ५०औं वटा ठूला ठूला भ्रष्टाचार भएका छन् जसबाट देश कंगाल बनेको छ यसमा मात्र थोरै भ्रष्टाचारको छानबीन गरिए गएको रकम फिर्ता आए यो देशको कायापलट नै हुन सक्छ । बालुवाटार जग्गा प्रकरण, वाइडबडी, वायुसेवा, पतञ्जली जग्गा काण्ड, ललिता निवास जग्गा प्रकरण, प्रिन्टिंगप्रेस खरीदमा करोडौंको घुस प्रकरण, नेपाल ट्रष्टको जग्गा प्रकरण, विश्वमा कोभिड १९को संक्रमण फैलिँदा स्वास्थ्य सामाग्री खरीदमा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण, कैयन सुन काण्ड, भैरहवा विमानस्थल घोटाला, त्रिभुवन विमान स्थलमा अध्यागमन घुस काण्ड, यति, ओमनी, टेरामाक्स, एनसेल कर छली, सहकारी काण्ड, पोखरा विमानस्थल, गिरीबन्धु घोटाला जस्ता तमाम भ्रष्टाचारको घटना घटित भई सकेको छ यस्तो भ्रष्टाचारको छानबीन सम्म भएको छैन तर पनि सत्तासीन प्रमुख राजनीतिक दलका नेता आफू स्वच्छ र इमान्दार रहेको भन्दै देश छिट्टै नै विकास गर्ने खोक्रो भनाईहरु राख्दै आएका छन् । वास्तविक रुपमा यी नेता अति नै भ्रष्ट छन् यिनीबाट देशको विकास कहिले पनि हुन सक्दैन धमिराझैं यिनीहरु देशलाई खोक्रो पार्दै आएका छन् । यस कारण अब देशलाई बचाउनु छ भने घटित भएको भ्रष्टाचारको छानबीन हुनुपर्ने जरुरी भई सकेको छ । अहिले परिवर्तनको माग देशमा बढेको छ परिवर्तन होस् तर भ्रष्टाचारमाथि नियन्त्रण नहोस् यस्तो प्रकारको परिवर्तनको आवश्यकता अब छैन । अब भ्रष्टाचार गर्ने चाहे प्रधानमन्त्री होस् वा मन्त्री तल्लो तहको पियन नै किन नहोस् त्यसको भ्रष्टाचार साबित हुन्छ भने आजीवन कारावास गर्ने सम्मको कडा कानून बन्नु पर्छ । देशमा भ्रष्टाचार बढेकै कारण देशको अवस्था र व्यवस्था सुधार्न कडा प्रकारको अनिश्चितकालको लागि जनआन्दोलन चल्न शुरु भएको छ । यस आन्दोलनको कारण हो कुशासन । राजनीतिबाट कुशासन जब शुरु हुन्छ अनि जनतामा विद्रोहको मानसिकता पलाउँछ । नेताहरु आफूलाई चाहे जति शक्तिशाली मानुन् उनी जनता भन्दा शक्तिशाली कहिले पनि हुन सक्दैनन् किनकी सार्वभौमसत्ता सम्पन्न अन्तिम न्यायाधीश भनेको जनता नै हुन् । कुशासनको विरुद्धमा जनता जब सडकमा उत्रिन्छन् त्यस समय केही दिनसम्म उनीको दमन गर्न सकिन्छ तर धेरै दिनसम्म यसो गर्न सकिँदैन । अन्तिम निर्णय जनताले सुनाउँछन् त्यस समय शासकको या त पतन हुन्छ या त त्यसलाई देशबाट भाग्नुपर्छ वर्तमानमा यस्तै प्रकारको वातावरण बनि रहेको छ । देशको प्राचीन धर्म, संस्कृति, सभ्यता मासिएकोले देशको अभिभावकलाई हटाइएकोमा अहिले नेपाली जनता विद्रोहमा उत्री सकेका छन् । दिन दिनै यो विद्रोहको ज्वाला राजधानीदेखि विभिन्न अञ्चल, जिल्ला, शहर, नगर, गाउँ–गाउँसम्म फैली रहेको छ जनआन्दोलनको आँधी बेहरी प्रचण्ड गतिमा छ यसको अगाडि कुनै भ्रष्टतन्त्र रुक्न सक्दैन । नेपाली जनतामा एउटा बानी छ यसले लामो समयदेखि सबै प्रकारको भ्रष्टाचार सहन गर्दै रहन्छ सबै प्रकारको कुशासन, भेदभावलाई अनदेखा गर्दै रहन्छ तर जब त्यसको धैर्यता टुट्छ त्यस समय सबै प्रकारको भ्रष्टाचार अत्याचार, अनाचारको अंत गर्न त्यो अघि बढ्न थाल्छ । त्यसको पाइला लक्ष्यलाई प्राप्त गरेर नै रुक्छ अहिले त्यस्तै नै स्थिति छ । चरम बेरोजगारीको मारमा परी देशका युवा शक्ति रोजगार खोज्दै विदेशिएका छन् त्यहाँ उनी सस्तोमा आफ्नो श्रम बेच्न बाध्य छन् । यता डलरको प्रभावमा परी राजनीतिक दलका नेता विदेशी धर्म प्रचारक यहाँ ल्याई देशको प्राचीन धर्म, संस्कृति र सभ्यता मेटाउन तर्फ लागेका छन् । यस्तो कार्य देशका ८५ प्रतिशत नेपाली जनताको लागि अपाच्य भएको छ । २०६२।०६३ बाट विदेशीलाई नेपाली नागरिकता वितरण गर्दै वास्तविक नेपालीलाई अल्पसंख्यक बनाउने कार्य जारी छ । म्यान्मार, बाँग्लादेश लगायत जस्तो देशबाट हजारौं हजारको संख्यामा घुसपैठिया शरणार्थीको नाममा यहाँ बसी सकेका छन् । यसबाट देशलाई ठूलो खतरा भएको छ । यहाँ शरणार्थीको संख्या बढ्दै गए आतंकवादको मुख्य थलो यो देश बन्न सक्ने खतरा भएको छ । यस कारण अब देश बिग्रिन दिन हुँदैन । नयाँ परिवर्तन नयाँ सोच आजको आवश्यकता हो । २०६२।०६३ मा भएको जनआन्दोलन भाग–२ यही नेपाली जनताले नै त संघर्ष गरी लोकतन्त्र र गणतन्त्रको स्थापना गरेका थिए । अहिले १७ वर्षमा सो जनताको व्यवस्था प्रति आखिर मोह भंग किन भयो यसबारे आत्मचिन्तन नगरी जनताको संघर्ष दबाउन दमनको बाटो रोजिएको छ । भन्ने गरिन्छ जब कमिलाको मर्ने दिन नजीक आउँछ त्यस समय त्यसको प्वाँख उम्रिन्छ संघर्ष चर्की रहेको छ यसलाई जति जति दबाउने कार्य हुन्छ यो संघर्ष अझ नै चर्किैँदै जान्छ अझै पनि समय छ सरकार आफूलाई दीर्घजीवि बनाउन खोजेको छ भने जनताको रिसमा नउत्रोस् जनताको रिसलाई साम्य पार्न २०६२।०६३ देखि वर्तमान सम्म भएको सबै सानो ठूलो भ्रष्टाचारको फाइल खोली दोषीलाई कडा दण्ड सजायँ दिलाओस् र जनताको आखिर चाहना के हो ? देश धर्म निरपेक्ष रहोस् वा धर्म सापेक्ष, राष्ट्रपति पद रहोस् वा लोकतन्त्रिक राजसंस्था रहोस् यो सबै मुद्दामा जनमत संग्रहको घोषणा अविलम्ब गरियोस् यस्तो हुन्छ भने देशले राजनीतिक निकास पाउँछ र देश सदाको लागि खुशहाल बन्दै विकासतर्फ बढ्न
सक्छ ।