नेपालगन्जवासी अहिले चरम गर्मीको मार झेलिरहेका छन् । शनिवार दिन सबैभन्दा बढी गर्मी रह्यो त्यस दिन यहाँको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुगेको थियो । अहिले आइतवार दिनदेखि थोरै बादल लागेको छ यस कारण तापक्रम केही घटेको छर तर पनि गर्मीबाट सर्वसाधारणले राहत पाउन सकेका छैनन् । देशभरिमा नेपालगन्ज सबैभन्दा बढी गर्मी पर्ने ठाउँ हो । बाँके जिल्लाको राप्ती क्षेत्र कोहलपुर र खजुरा जस्तो ठाउँमा पर्याप्त रुख बिरुवा छन् त्यसकारण विशेषकर कोहलपुरमा थोरै थोरै पानी परेको छ तर नेपालगन्जमा श्रावण मास लाग्दा पनि पानी परेको छैन । यसकारण यहाँ भीषण गर्मी परेको छ । बादल र रुखबिरुवाको पारस्परिक सम्बन्ध छ । जहाँ बिरुवा धेरै हुन्छन् त्यहाँ पानी अधिक पर्छ जहाँ रोग बिरुवा हुँदैनन् त्यहाँ कम वर्षा हुन्छ यो कुरा वैज्ञानिकतामा आधारित छ । बाँके जिल्लामा अन्धाधुन्ध ढंगले वन जंगल कटान भएको छ जसको कारण प्रकृतिको सन्तुलन बिग्रेको छ । नेपालगन्ज पहिलेदेखि नै अधिक गर्मी रहेको स्थानको रूपमा दशकौंदेखि चिनिन्छ । यसकारण यहाँ भारी परिमाणमा रुख बिरुवा रोपिनुपथ्र्यो । तर यसो भएन यसकारण प्रकृतिको मार बाँकेवासीलाई अहिले झेल्नु परेको छ । अहिले पनि समयमा छ जल, जंगल र जमिनको सदुपयोग र संरक्षण संवद्र्धन हुनुप¥यो । नेपालगन्जमा अत्यन्त गर्मी छ यसकारण यहाँको वाटर लेभल घटेको छ । यस गर्मीमा ह्यान्ड पाइपबाट पानी आउन छाडेको छ । नगरमा अन्धाधुन्ध ढंगले बिना स्वीकृति अवैधानिक ढंगले जथाभावी मनपरि ढंगले सब–मर्सिबल बोरिङ गरिएको छ । जथाभावी ढंगले भू–तलबाट पानी झिक्ने कार्य चलेकोले यो नगर जमिनमा भासिने खतरा बढेको छ यही स्थिति रहिरह्यो भने प्राचीन नेपालगन्जको अस्तित्व नै खतरामा पर्नेछ । यहाँ अधिक गर्मी छ तर बटुवाहरूलाई चिसो पानी पिउनेसम्म व्यवस्था छैन यसकारण ड्रिंकिङ वाटर मिनरल वाटर बिक्री गर्नेको चाँदी भएको छ । पानी दानलाई सबै भन्दा ठूलो दान मानिएको छ तर यहाँ सबै पानी खरिद गरेर पिउन बाध्य छन् । दशकौं अघि नेपालगन्ज नगरमा सर्वसाधारण बटुवाको लागि चिसो पानी पिउन ठाउँ–ठाउँमा पेयजलको व्यवस्था गर्ने परम्परा थियो तर अब आधुनिकताले गर्दा यो परम्परा हराएको छ । अहिले मात्र सैनिक ब्यारेक, प्रहरी चौकी अगाडि मात्र पानी भरेको घैंटो राखिएको देख्न मिल्छ । अन्य समय प्लास्टिकको बोतलबाट पानी पिउने परम्परा बढिरहेको छ अन्य समयमा नगरलाई प्लास्टिक मुक्त बनाउने नारा लगाउने गरिन्छ तर पानी माफियाको कारण प्लास्टिक बोतलमा भरिएको पानी बिक्री गर्ने परम्परा बढेको छ यो प्लास्टिक बोतलको पानी स्वास्थ्यको लागि हानिकारक छ । प्लास्टिक बोतलमा भरिएको पानी बिक्री गर्नमा रोक लगाउनु जरुरी छ । तर कसले रोक लगाउने यहाँ गञ्जाको शहरमा काँइयो र अन्धोको शहरमा चस्मा बिक्री भइ रहेको छ । हानी नोक्सानीको कहिँ पनि अब चर्चा हुँदैन । केही महिनाअघि नगरलाई सुर्तीजन्य पदार्थले मुक्त गराउने भाषण गरिएको थियो । तर आजसम्म यो नगरमा सुर्तीजन्य पदार्थको बिक्रीमा रोग लागेन भाषण त धेरै हुन्छ तर काम हुँदैन यस कारण यो नगरको पर्याप्त विकास भएको छैन । चारैतर्फ समस्या नै समस्या छ । नगरमा सरसफाई दिखावटी रुपमा भएको छ । अहिले नगरवासी गर्मीले बेहाल छन् पछि थोरै पानी परे नगरमा फोहोर पानी सडकमा बग्न शुरु हुन्छ । त्यस पछि विभिन्न संक्रामक रोगहरु पनि फैलिन थाल्छ । तर यो समस्या पछिको हो अहिले हामी सबै भन्न बाध्य छौं उफ यो गर्मी !