केही वर्षदेखि तेस्रो विश्व युद्धको खतरा बढेको छ । पहिले इजरायल र फिलिस्तीनबीच युद्ध चल्यो अब युद्ध लेबनान, इरानसम्म बढ्न थालेको छ । यस अघि रुस र युक्रेनबीच युद्ध चल्यो यसमा युक्रेन एक किसिमले पूर्ण रुपले बर्बाद भएको छ युद्ध उतार चढावतर्फ छ । यसमा अब सिरियामा पनि सत्ता पलटभएपछि त्यहाँ गृहयुद्ध जस्तो स्थिति बनिरहेकोले भगवान जगन्नाथ (कृष्णका उपासक) स्वामी अच्यूतानन्दबाट लिखित भविष्यमल्लिकाको बारेमा सर्वत्र चर्चा परिचर्चा हुन थालेको छ । स्वामी अच्युतानन्दले आफ्नो ग्रन्थमा भविष्यवाणी गर्दै भनेका छन् मबाट लेखेको कुरा अवश्य नै सत्य हुनेछ ।
सूर्य पूर्वबाट नउदाइ पश्चिमबाट उदाउन सक्छ तर मेरो भविष्यवाणी अवश्य नै सत्य हुनेछ । स्वामी अच्युतानन्द ब्रम्हलीन भई सक्नु भएको छ तर उनको भविष्यमल्लिका ग्रन्थमा तेस्रो विश्वयुद्धबारे बडो स्पष्ट उल्लेख छ । सन् २०२४ देखि सम्पूर्ण विश्व अशान्त बन्न सक्छ र सन् २०३२ सम्ममा २ वटा धर्म क्रिश्चियन र इस्लाम एक अर्काेलाई समाप्त पार्ने छन् । यी दुईको बीचमा तमाम क्रिश्चियन राष्ट्र र इस्लाम धर्म राष्ट्र सखाप हुने छन् । पाकिस्तानको अस्तित्व समाप्त हुनेछ । चीन कैयन टुक्रामा विभाजित हुन्छ । यस्तो विश्वयुद्धको संकेत सन् २०२२ देखि नै मिल्न शुरु भएको हो । अहिले यसको संकेत स्पष्ट मिल्न थालेको छ । भविष्य मल्लिकामा लेखिएको छ जब भुवनेश्वरमा रहेको भगवान जगन्नाथको माथिल्लो भ¥यांग जलले डुब्छ त्यस समय कलियुगको समाप्ति हुनेछ । भारतको भुवनेश्वरमा रहेको भगवान जगन्नाथको मन्दिरमाथि लागेको झण्डा हावा चलेको विपरीत दिशामा फहराउँछ । त्यस्तै यो मन्दिरको माथि वायुयान के एउटा चरा पनि उड्न सक्दैन । तर केही महिना अघि मन्दिरमाथि लागेको झण्डामा एक्कासी आगो लागेको देखियो । मन्दिरको गजुरमाथि गिद्ध बसेको समेत देखियो । केही महिना अघि मन्दिरको माथिबाट १ टनको ढुंगा खस्यो यो ढुंगा कहाँबाट आयो यसबाट सबै नै आश्चर्यमा छन् । भविष्यमल्लिकामा सन् २०३२ भित्रै कलियुगको समाप्ति हुनेछ र सतयुगको शुरुआत हुने भविष्यमावाणी छ । यसबीच क्रिश्चियन राष्ट्र र इस्लामी राष्ट्रबीच घमासान युद्ध हुनेछ यसमा यी दुवै धर्मावलम्बी देश एक अर्कालाई सिध्याउँछन् । युद्ध चली रहँदा समयसम्म भारत १३ महिनासम्म तटस्थ भएर बस्छ आफू गुट निरपेक्ष भएको भन्दै युद्धमा नहोमिने भन्छ तर पछि १४ वटा इस्लामी राष्ट्र र चीनले भारतमाथि भिषण आक्रमण गर्नेछन् पछि भारत पूर्ण रुपले युद्धमा होमिनेछ । भगवान कल्कि युद्धको समयमा आउनु हुनेछ र भारतको पक्षबाट स्वयं युद्ध गर्नु हुनेछ । अन्ततः भारत विजयी बन्ने छ तर यस युद्धमा भारतको पनि ठूलो जनधनको क्षति हुनेछ । वर्तमान समय भारतको जनसंख्या १ सय ५० करोड छ तर युद्ध पछि यहाँ मात्र ३० करोड जति मात्र व्यक्ति जिउँदो बच्नेछन् । अहिले अवस्था त्यस्तै नै बनि रहेको छ । सम्पूर्ण विश्वमा अशान्तिको वातावरण छ अनेकौं देशमा युद्ध चली रहेको छ । रुससँग मात्र यस्तो न्युक्लियर बम छ जसको विष्फोटबाट सम्पूर्ण विश्व नष्ट हुन सक्छ । अमेरिका, रुस, चीन, इरानसँग घातक प्रकारको न्युक्लियर बम छ । यी बम भनेको एउटा शक्ति हो शक्ति धेरै दिनसम्म चुप लागेर बस्दैन । यो मौका पाउँदै एक दिन अवश्य फुट्नेछ । यो लेखनीबाट कोही आतंकित बन्नुपर्ने आवश्यकता छैन यो अवश्य छ कि यस्तो भविष्यवाणीबाट आ–आफूलाई सचेत र सजग अहिलेदेखि नै बन्नु जरुरी छ । भविष्यमल्लिकाको भविष्यवाणी अनुसार तमाम घटनाहरु घटित भई सकेको छ । अब तेस्रो विश्व युद्धलाई सबैले देख्नु बाँकी छ ।