केही वर्षदेखि जलवायु परिवर्तनको खतराबाट सम्पूर्ण विश्व त्रसित बनेको छ । वर्तमान समय वर्षाको मौसममा वर्षा हुँदैन जाडो महिनामा जाडो हुँदैन । पृथ्वीको तापक्रम निरन्तर बढ्दै गईरहेको छ । यस वर्ष जति गर्मी प¥यो यति गर्मी कहिल्यै पनि परेको थिएन । स्मरणीय छ यस वर्ष प्रचण्ड गर्मीको कारण यहाँ बाँके जिल्लामा कतिपय व्यक्तिको असमय मृत्यु भयो । अहिले पुस महिनाको शुरुआत भएको छ तर पनि चिसो बढेको देखिँदैन । यसबाट नेपालगञ्जमा न्यानो लुगा कपडा बिक्री गर्नेहरुको न्यानो लुगा बिक्री भएको छैन । व्यापारीहरुले लाखौं मूल्यको न्यानो कपडा दोकानमा बिक्रीको लागि ल्याई सकेका छन् तर त्यस्तो न्यानो लुगा किन्ने ग्राहक छैनन् अब केही दिन यस्तै मौसम रह्यो भने उनी न्यानो लुगा बिक्री गर्नेलाई ठूलो घाटा बेहोर्नुपर्ने अवस्था छ । पृथ्वीमा बढ्दो तापक्रमको दोषी हामी सबै नै छौं किनकी आफ्नो स्वार्थको कारण हामीले सबै वन जंगल सखाप पारी सकेका छौं । जति रुख बिरुवा कटान गरिएको छ त्यति रुख बिरुवा हामीले रोप्नु पर्ने थियो । अहिले सम्पूर्ण बाँके जिल्लामा रहेको वन जंगल विनास भई सकेको छ । पर्यावरण बचाउन अहिले मात्र नेपाल भारत सीमाको भारतीय भूभागमा रहेको जंगल सुरक्षित छ नेपाल तर्फको जंगल सखाप भई सकेको छ । रुख बिरुवाको विनाश भएकोले वर्षायाममा पनि पर्याप्त वर्षा भएको छैन । पानी परेतापनि कहिँ बाढी पहिरोबाट विनाश भएको छ रुख बिरुवा भए यसबाट पहिरो हुने खतरा हट्थ्यो । हामी पर्यावरण बचाउन उदासीन रहेकोले जलवायु परिवर्तनको खतरा बढेको छ । वैज्ञानिकहरुले आउँदो समयमा पृथ्वीको तापक्रम बढ्ने भविष्यवाणी गर्दै आएकोले हामी सबै अहिलेदेखि नै सचेत बन्नुपर्ने आवश्यक भएको छ । हामीले विगतमा कोभिड १९ को महामारी देख्यौं यस समयमा अक्सिजनको कमीको कारण व्यक्ति छटपटिइ रहेको समेत देखियो । रुख बिरुवाले हामीलाई पर्याप्त अक्सिजन दिन्छन् र कार्बन डाइअक्साइड सोस्छन् यसरी मानव पशुपंक्षीको संरक्षण हुन्छ । सबैले जिउने आधार हो अक्सिजन । पुर्खाहरुले भनेका छन्, पिपल, बरगद जस्तो रुखमा देउताको वास हुन्छ यसलाई काटे पाप लाग्छ जसले हामीलाई दिने कार्य गर्छन् उनी देउता हुन् । जलले हाम्रो प्यास मेटाउँछ । सुर्यले हाम्रो शरीरमा ताप दिन्छ यस सुर्यको प्रकाशबाट अन्नको उब्जनी हुने गर्छ । वायुले हामीलाई स्वाँस फेर्न मद्दत गर्छ यस कारण यिनीलाई देउता भनिएको हो । यी बिरुवाहरुमा देउताको वास हुन्छ यस्तो धार्मिक मान्यता हुन्थ्यो भने वर पिपल जस्तो रुख जथाभावी ढंगले काटिन्थ्यो जसबाट अक्सिजनको कमी हुन्थ्यो । वर पिपल त्यस्तो रुख हो जसले सबै भन्दा बढी कार्बन डाइअक्साइड सोस्छ र अक्सिजन फाल्छ । यस्तै प्रकारले प्राचीनकालमा गाईलाई माता भनि त्यसको पुजा गरिन्थ्यो गाईले हामीलाई दुध दिन्छ यसको सेवनले शरीर ह्रष्टपुष्ट र स्वस्थ रहन्छ । गाईको मूत्र गोबर सबै नै लाभदायक छ यस कारण गाई मानवको लागि वरदान हो । गाईको रौं रौंमा ८४ कोटी देउताको वास छ यस्तो धार्मिक मान्यता छ । गाई त्यस्तो जनावर हो जसले अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै फाल्छ । जुन दिन पृथ्वीबाट गाईको लोप हुन्छ त्यस दिन सम्पूर्ण पृथ्वीको नै नाश हुन्छ । यस कारण अहिले पनि समय छ सबै जना समयमा सचेत र सजग बनौं जलवायु परिवर्तनको खतरा दिनदिनै बढ्दै गएको छ । यस्तै अवस्था धेरै दिन रही रह्यो भने मौसम परिवर्तन अनुसार नयाँ तरिकाको क्यालेन्डर बनाउनु पर्नेछ । यसै प्रकारले जलवायु परिवर्तन हुँदै रहे गर्मीयाममा जाडो र जाडो महिनामा गर्मी पनि पर्न सक्नेछ । यो खतरा टार्न बढी भन्दा बढी रुख बिरुवा रोप्ने तर्फ लागौं सबैले आफ्नो घर नजीक ४ वटा रुख रोप्नुपर्ने आवयक छ पिपल, बड, अमला, अशोक, अर्जुन, निम, समी जस्ता रुखहरु अनिवार्य रुपमा रोप्नेतर्फ लागौं यस्तो गर्न सकिएन भने आगामि समय अत्यन्त भयावह छ । केही वर्षअघि हामीले कोभिड १९को त्रासदी भोग्यौं अब डिजिज एक्स नामको महामारी रोग फैलिने अवस्था रहेको छ । कोभिड१९ मा व्यक्ति कोरोनाबाट संक्रमित भएपछि भेन्टिलेटरमा रही हप्तौं दिनसम्म बाँचे अब डिजिजएक्स जस्तो महामारीको संक्रमण बढे १ मिनेटमा नै व्यक्तिको ज्यान जान सक्ने खतरा अघि बढि रहेको छ । किनकी यसको भ्याक्सिन र औषधि अहिलेसम्म खोज्न सकिएको छैन पर्याप्त अनुसन्धान नै भएको छैन हामी जलवायु र वातावण शुद्ध गर्न सके यस्तो महामारीबाट बच्न सक्छौं यस कारण अहिले पनि समय छ पर्यावरण बचाउन रुख बिरुवा लगाउनेको अतिरिक्त हरेक घरमा देशी गाई पाल्ने तर्फ लागौं गाई काट्नेको लागि अझै कडा कानून बनाऔं ।
जलवायु परिवर्तनको बढ्दो खतराबाट समयमा सावधान बनौं।
Monday, December 23, 2024
0
Tags