हिन्दु राष्ट्र, राजसंस्था र व्यवस्था परिवर्तनका लागि देशमा संघर्ष चल्न शुरु भएको छ । यस्तै स्थति रही रहने हो भने केही दिनमा नै देशको अवस्था र व्यवस्था सुधार्न संघर्ष अत्यन्त चरम स्थितिमा पुग्ने सम्भावना छ । अहिले सबै नेपाली जनताको प्रमुख माग भनेको हिन्दु राष्ट्र पुनस्र्थापनाको हो । देश हिन्दु राष्ट्र ‘हिन्दु अधिराज्य’ बने राजसंस्थाको पुनस्र्थापना आफै नै हुन्छ । यस कारण हिन्दु राष्ट्रको लागि संघर्ष अब निर्णायक स्थितिमा पुग्नुपर्छ तर हिन्दु राष्ट्रको पक्षमा सबै नेपाली एकमत रहेको देखिँदैनन् । किनकी देशमा वैदिक सनातन धर्मसँग सम्बन्धित कैयन शाखाहरु छन् जसमा नेपालको सबै भन्दा प्राचीन संस्कृति किराँत हो । किराँत धर्म पनि सनातनसँग सम्बन्धित छ । जसरी सनातन धर्मावलम्बी भगवान शिवको उपासना गर्छन् त्यस्तै किराँत समुदायमा भगवान शिवलाई किराँतेश्वर महादेव भनि उपासना गरिन्छ । त्यस्तै नै सनातनको अन्य शाखाहरु छन् लिंगायत धर्म, बौद्ध, जैन, सिख लगायत । यिनीहरुको पनि बसोबास अनेकौं स्थानमा छ तर वैदिक सनातनसँग सम्बन्धित यी सबै धर्म पनि ओम शब्दलाई महत्व दिन्छन् यस कारण वैदिक सनातन धर्मको सबै शाखा ओमकार परिवारलाई एक सुत्रमा बाँध्न सबैको सम्मान गर्न देशलाई अब सनातन राष्ट्रको रुपमा स्थापित गराउन सबैले नै लाग्नुपर्ने जरुरी भएको छ । विश्वमा कहिँ पनि हिन्दु धर्म छैन । हिन्दु भनेको एउटा संस्कृति र सभ्यता हो सनातन भनेको नै वास्तविक शास्वत धर्म हो । सनातनको अर्थ हो यसको स्थापना कुनै व्यक्तिले गरेको होइन न यसको आदि छ न त अन्त । सृष्टि हुँदादेखि नै सनातनको उत्पत्ति भएको हो । यस कारण यो सबैलाई मान्य छ । हिन्दु शब्दमा तमाम विवादहरु छन् तर सनातनको नाममा कुनै पनि विवाद छैन सबै ओमकार परिवार आफूलाई सनातन मान्दछन् । अन्यहरुको धार्मिक ग्रन्थ माथिबाट तल ल्याई फैलाइएको कुरा उद्धृत छ तर सनातन धर्मको मुख्य ग्रन्थ ४ वटा वेद माथिबाट वा तलबाट आएको उल्लेख कहिँ पाइँदैन ब्रहमाजीको स्वरबाट वेद ग्रन्थको श्लोकहरु निस्क्यो जसलाई सप्तऋषिहरुले धारण गरी सम्पूर्ण ठाउँमा फैलाइ दिए । यो वेद ग्रन्थ पनि सृष्टि रहेसम्म रही रहन्छ यस कारण सनातन यस्तो धर्म हो जो सदाकालसम्म रही रहन्छ । संसारमा अहिलेसम्म तिन सय भन्दा बढी धर्म आए तमामहरु समयको साथ विलिन पनि भए । उदाहरणको रुपमा जोकोवाइट र इंका लगायत लिन सकिन्छ । समय परिस्थिति अनुसार मानव सभ्यताको लागि विभिन्न धर्म बने त्यसमा अनुपयोगी धर्म आफै नै विलिन भए । अहिले केही सय वर्ष अघि पनि तमाम धर्महरु व्यक्तिगत निहित स्वार्थको लागि केहीहरुले स्थापना गरे त्यस्ता धर्ममा काटमारलाई बढी प्राथमिकता दिइएकोले उनीबाट सम्पूर्ण विश्व त्राहिमाम बन्न पुगेको छ विश्वमा सबै भन्दा बढी हिंसा धर्मको आडमा भएको देखिन्छ यसमा मात्र सनातन धर्म त्यस्तो धर्म हो जसले सत्य र अहिंसामा बढी जोड दिइएको छ । यस कारण अब सनातन धर्म तिव्र गतिमा सम्पूर्ण विश्वमा फैलिन थालेको छ । प्राचीन कालमा भारत देशको कुनै अस्तित्व थिएन । यस भूखण्डको प्राचीन नाम आर्यावर्त थियो जसमा अफगानिस्तान, म्यान्मार, भुटान, इरान, बाँग्लादेश, पाकिस्तान, मलेशिया, नेपाल लगायत सबै समाहित थिए । वेद ग्रन्थमा यसलाई जम्बुद्विप आर्यावर्तको नाम उल्लेख छ । आर्यावर्तको अर्थ हो आर्य बस्ने ठाउँ । शनै शनै यो जम्बुद्विप आर्यावर्त विखण्डित हुँदै तमाम देशको निर्माण भयो वेदको पवित्र ध्वनि र ओमकार शब्द नेपालमा सबै भन्दा पहिले गुन्जिएको थियो यस कारण यही देश असलको हिन्दुस्थाना हो । यहाँ न त मुगल न त अंग्रेजको पाइला प¥यो यस कारण यहाँको प्राचीन ग्रन्थ, धर्म, संस्कृति र सभ्यतामा विदेशीको मिश्रण छैन तर दुर्भाग्यको कुरा छ जनआन्दोलन भाग २ को सफलतापछि आएको व्यवस्थामा सबै भन्दा बढी विदेशीको यहाँ घुसपैठ भएको र उनी विदेशीको कारण यहाँको धर्म, संस्कृति र सभ्यतामा तमाम घुसपैठ भएको छ । अन्य तमाम देशमा वैदिक सनातन धर्मको प्रभाव बढी रहेको छ तर नेपालमा विदेशीहरु बढ्न थालेका छन् यस कारण नेपालको प्राचीन धर्म संस्कृति र सभ्यता नष्ट हुने संघारमा पुगेको छ । भन्ने गरिन्छ, यस माटोमा अचम्मको शक्ति छ विगतमा यहाँ आधिपत्य जमाउन गुर्गीन खान, नवाब शम्सुद्दीन इलियास र अंग्रेजको कैयन पटक आक्रमणहरु तर उनी विदेशीहरुले यसमाथि आधिपत्य जमाउन सकेनन् अहिले छद्म भेषमा केही घुसपैठिया यहाँ भित्रन थालेका छन् । उनीबाट देशलाई ठूलो खतरा छ । २०६२।०६३ मा वितरण भएको नेपाली नागरिकताबाट तमाम कालनेमि भित्रि सकेका छन् देशका प्रमुख राजनीतिक दलका तमाम नेता डलर कमाउने लोभमा धर्मान्तरित भइ सकेका छन् उनी नेताहरुबाट यहाँको संस्कृति मेटाउने तमाम प्रयासहरु भइ रहेको छ । यस कारण अब सम्पूर्ण ओमकार परिवार एकाकार भई देशको प्राचीन धर्म, संस्कृति र सभ्यता जोगाउन जरुरी भएको छ । यस कारण अब हिन्दु राष्ट्रको स्थापना होइन बरु किराँत सहित सबै ओमकार परिवारलाई एक सुत्रमा बाँध्दै देशलाई सनातन राष्ट्र घोषणा गराउने सोच बनाउनुपर्ने जरुरी भएको छ ।
हिन्दु राष्ट्र होइन सनातन राष्ट्र निर्माणको लागि सबै अघि बढौं।
Monday, May 19, 2025
0
Tags