– मनोज कुमार कौशल
नेपालगन्ज । भारतकी कर्नल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंहले पाकिस्तानको ९ वटा आतंकवादी कैम्पमा आक्रमण गरी ७२ वटा आतंकीलाई मारेर पहलगाममा शहीद बनाइएका नेपाली नागरिक सुदीप न्यौपानेलाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
केही हप्ताअघि पाक पोषित आतंकवादीहरुले पहलगामको वैसरन घाटीमा डुल्न गएका २७ जना हिन्दुको धर्म सोधेर उनीको हत्या गरिएको थियो । यस कायरतापूर्ण घटनाबाट आक्रोशित भारतले अहिले पाकिस्तानको मुजफ्फराबाद, बहावलपुर, मुरीदकोट लगायत कैयन स्थानमा अपरेशन सिन्दुर चलाई सैयौं आतंकवादीहरुको सफाया गरेको छ । ९ वटा स्थानमा रहेको दर्जनौं आतंकवादी केन्द्र समेत मिसाइल हानी तहस नहस पारिएको छ । अपरेशन सिन्दुरलाई सफल बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंहको नाम सिफारिस गरेको बताइन्छ ।
यस अपरेशनको उद्देश्य थियो जसरी आतंकवादीले धर्म सोधेर कैयन नारीको सिउँदो पुछे त्यसको प्रतिकार कडा ढंगले गर्ने र धार्मिक सौहार्द बनाइ राख्न यसबाट मद्दत मिल्ने प्रम मोदीको सोच रहेको थियो । अपरेशन सिन्दुरबाट कुख्यात पाक आतंकवादी मसुद अजहर, हफिज सइद, सैफुल्लाहको सैयौं आतंकवादी मारिएका छन् । यस आतंकवादी अड्डामा सय भन्दा बढी उग्रवादी थिए यस अपरेश सिन्दुरबाट मसुद अजहरका नै १४ जना व्यक्तिको मृत्यु भएको छ । १० जना उनीको परिवार सदस्य छन् । कर्नल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंहले हिजबुल मुजाहिद्दिनको ४ वटा अड्डा, लश्करे तोयबाको ३ वटा र जैस ए मोहम्मदको ४ वटा आतंकवादी अड्डा नष्ट पारेकी छिन् । कश्मीरको पहलगाममा आतंकवादीहरुले त्यहाँ डुल्न गएका पर्यटकसँग उनीको धर्म सोद्धा नेपाली युवा सुदीप न्यौपानेले आफ्नो धर्म नलुकाई आफू नेपाली हिन्दु हो भनेका थिए जसको कारण आतंकवादीले उनलाई गोली हानी हत्या गरेका थिए । अन्य हिन्दु पर्यटकको गुप्तांग देखेर आतंकवादीले हत्या गरेका थिए यस घटनाक्रममा जिउँदो बाँचेका हिन्दु महिलाले आफूलाई पनि मारी देऊ भन्दा आतंकवादीहरुले भनेका थिए यो कुरा नरेन्द्र मोदीलाई सुनाइ दिनु भनेका थिए । अहिले मोदीले सो कुरा सुनेपछि अपरेशन सिन्दुर चलाई घटित घटनाको बदला लिइएका छन् अपरेशन सिन्दुरको कारण भारत र नेपाल दुवै देशमा खुशी छाएको छ ।
यसबीच केही कट्टरपन्थीहरुले विशेषकर कर्नल सोफिया कुरैशी विरुद्धमा सोशल मिडियाबाट गलत प्रकारको टिका टिप्पणी गर्न थालेका छन् अहिले सोशल मिडियाबाट सोफिया कुरैशीमाथि गलत कमेन्ट गर्नेहरुमाथि कडा कारवाही गर्ने निर्देशन भारतीय गृह मन्त्री अमित शाहले दिइएका छन् । अब सोफिया कुरैशीमाथि गलत टिकाटिप्पणी गर्नेमाथि कडा कारवाही गर्न भारतको सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिइएको छ । अपरेशन सिन्दुरबाट भारत पाकिस्तानबीच युद्ध शुरु भएको थियो तर अहिले केही समयको लागि युद्ध विराम भएको छ । पाकिस्तानमाथि ५ तर्फबाट आक्रमण हुन शुरु भएको थियो पाकिस्तानमा अहिले स्वतन्त्र बलुचको आक्रमण हुन शुरु भएको छ जसको कारण लाहौर, रावलपिण्डी, इस्लामाबाद र कराची शहर समेत अशान्त भएको छ । यस्तै स्थिति अहिले पीओके, सिन्ध, खैबरपख्तुनिस्तान लगायत स्थानबाट आक्रमण हुन शुरु भएको छ । हताशाको स्थितिमा पाकिस्तानले अब सिमामा बसोबास गर्ने नागरिकहरुमाथि आक्रमण गर्न शुरु गरेको छ । यस्तो आक्रमण युद्ध विरामपछि पनि जारी छ । पाकिस्तानले पुंछमा रहेको एउटा सिख गुरुद्वारामा आक्रमण गर्दा यस घटनामा सिख समुदायको १० जना बालबालिकाको मृत्यु भएको छ । पाकिस्तान अहिले अत्यन्त कहालीपूर्ण अवस्थाबाट गुज्री रहेको छ त्यसको लाहौर लगायत शहरमा ठूलो विष्फोटन भएको छ । ५२ वर्षपछि भारतले यो सबै भन्दा ठूलो अपरेशन चलाएको छ यस अपरेशनमा जल, थल, आकाशको सेना सोझै अपरेशन गर्न संचालित छन् अपरेशन सिन्दुरबाट भारततर्फ कुनै ठूलो हानी नोक्सानी भएको छैन यस अपरेशनमा ८ वटा रफेल युद्धक विमान पाकिस्तानमा पसेको बताइन्छ सबै युद्धक विमान सुरक्षित फर्केको थियो तर पाकिस्तानले भने आफूले ५ भारतीय युद्धक विमान हानेर खसाएको दावी गरेको छ तर यसको प्रमाण भने दिन सकेको छैन । तर जे होस यस अपरेशन सिन्दुरबाट पहलगाममा शहीद भएका परिवारलाई सान्त्वना मिलेको छ ।