अपरेशन सिन्दुर २२ अप्रेलमा भएको पहलगाममा भएको विभत्स आतंकवादको आक्रमणमा परी दिवंगत भएका २७ जना शहीदहरुप्रति समर्पित छ । यस सिन्दुर अपरेशनबाट ९ वटा आतंकवादी अड्डालाई ध्वस्त पारी सैयौं आतंकवादीहरुलाई सदाको लागि यस जमिनबाट हटाइएको छ । २२ अप्रेलको दिन पहलगाममा हिन्दु पर्यटकसँग उनीको धर्म सोधी आतंकवादीहरुले उनीको कायरताले हत्या गरेका थिए अहिले ६ मई २०२५ को दिन भारतीय सेनामा रहेकी कर्नल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिता सिंह नामकी २ जना नारी शक्तिले सिन्दुरको महत्व प्रदर्शित गर्न ९ वटा आतंकवादी अड्डालाई नष्ट पार्दै सैयौंको संख्यामा रहेका आतंकवादीहरुको सफाया गरेकी छिन् । कुख्यात आतंकवादी मसुद अजहरको सबै परिवार सदस्य यस अपरेशनमा मारिएका छन् । यसरी अपरेशन सिन्दुरले ऐतिहासिक विजय हासिल गरेको छ । अपरेशन सिन्दुर पाकिस्तानको भित्र १०० किलोमिटर भित्रसम्म पसेर गरिएको थियो । कर्नल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंहले ९ वटा आतंकवादी अड्डामाथि २४ वटा आक्रमण गरिन् । उनको २४ वटै आक्रमण सफल रह्यो । यस अपरेशनमा जैस ए मोहम्मद र लश्कर ए तोयबाको मुख्यालय सबै नै सखाप भएको छ । यस अपरेशनको विशेषता यो छ कि यसले १ इन्च पनि न त हवाई क्षेत्रको उल्लंघन गरेको छ न त सर्वसाधारण नागरिकलाई आहत पा¥यो । यसको लक्ष्य थियो सबै आतंकवादीलाई सफाया गर्नु चर्चा अनुसार अपरेशन सिन्दुरबाट मसुद अजहर, हफिज सइद र सैफुल्लाह सहित करिब ८५ वटा मुख्य आतंकवादीको मृत्यु भई सकेको अनुमान छ तर पाकले यो कुरा लुकाई राखेको छ । अनुमान यसबाट लाग्न शुरु भएको छ कि अपरेशन पछि मृत्यु भएका आतंकवादीहरुको शव विभिन्न वाहनबाट बोकेर लगियो र पछि उनी सबैको अन्तिम संस्कार गरियो यसमा करीब १५ वटा ताबुतमाथि पाकको राष्ट्रिय झण्डा लागेको थियो । कुनै साधारण आतंकवादी हुन्थ्यो भने उनीको राजकीय सम्मानले अन्तिम संस्कार हुने थिएन । यो रहस्य केही समय पछि खुल्ने निश्चित छ । अपरेशन सिन्दुर अहिले सम्म रुकेको छैन बरु अहिले पनि चली रहेको छ भारतले रफेल जेटको सहयोगले पाकिस्तानमा रहेको आतंककारी अड्डामाथि आक्रमण गरी ति सबै अड्डालाई सफाया गरी दिइयो यस अपरेशनमा हैमर र स्कल्प मिसाइलले आक्रमण गरिएको थियो । यी दुवै मिसाइल २५० मिलोमिटरको रेन्ज सम्म फायर गर्ने क्षमता राख्छन् । यी दुवै मिसाइल रफेल जेटमाथि तैनाथ गरियो हैमर मिसाइलको विशेषता छ कि यसले पक्की भवनलाई समेत सखाप पार्न सक्छ । यसको अतिरिक्त सुसाइड ड्रोन आफ्नो टारगेटसम्म जान्छ केही बेरसम्म त्यहाँ निरीक्षण गर्छ अनि आफुमा विष्फोट गर्छ त्यसमा लागेका तमाम गोला, बारुदको कारण टारगेट गरेको स्थान पुर्ण रुपले सखाप हुन्छ । अपरेशन सिन्दुरले अहिले हिन्दु नारीको पूर्ण सम्मान गरेको छ । यो अपरेशन विशेषकर नारी शक्तिबाट चलेकोले अझ बढी महत्व राख्छ । अपरेशन सिन्दुरको सफलतापछि पाकिस्तानका नागरिकमा आफ्नो सरकारप्रति रिस छ तर यता भारत र नेपालमा तरंगहरु ल्याइएको छ । अहिले भारत पाकिस्तान दुवै देश एक किसिमले युद्धमा होमी सकेका छन् तर आइतवार दिनदेखि युद्ध विराम भएको छ । यसबीच पाकले युद्धविराम तोडी पुनः आक्रमण गर्न शुरु गरेकोले पुनः युद्ध शुरु हुने अनुमान छ । आफ्नो यहाँका नागरिकलाई युद्धबाट हानी नोक्सानी नहोस् यसको लागि भारतले युद्धको समयमा आफूलाई कसरी जोगाउने यसबारे प्रशिक्षण दिन शुरु गरेको थियो । अहिले सम्पूर्ण भारत हाई अलर्टमा रहेको छ । पाकिस्तानले यसको बदला लिने समेत धम्की दिइएकोले सचेतना राख्न भारतीय नागरिकको लागि आवश्यक भएको छ । यस्तै स्थिति रही रहने हो भने आगामि समयमा दुवै देशबीच अझ घमासान रुपमा युद्ध शुरु हुने अनुमान रहेको छ । पाकिस्तानको पक्षमा अहिले सम्म मात्र चीन, तुर्की जस्तो देशले सहानुभूति राखेको देखिन्छन् भते भारतको पक्षमा रुस, अमेरिका, ब्रिटेन, युएई, फ्रान्स, जापान लगायत दर्जनौं देशले समर्थन दिइएकोले कूटनीतिमा भारत अग्रणी रहेको देखिन्छ । ईजरायलले भारतलाई खुल्लारुपले सबै किसिमको सहयोग दिई रहेकोले अन्ततः युद्ध अत्यन्त खतरनाक स्थितिमा पुग्ने वातावरण बनी रहेको छ ।
सिन्दुर श्रृंगारको साधन मात्र होइन यो शक्तिको प्रतिक पनि हो।
Monday, May 12, 2025
0
Tags