वर्षाैंदेखि सेकुलरवादबाट हिन्दुजन पीडित छन् । अहिले सेकुलरवादी हिन्दुहरुबाट हिन्दु धर्मलाई बढी खतरा छ । सेकुलरवादी हिन्दुहरुको कारणले नै विगतमा भारतको विभाजन भएको तितो अनुभूतिहरु छ । भारत विभाजनपछि हिन्दुहरुले आफू शान्तिको वातावरणमा श्वास फेर्ने इच्छा राखेका थिए तर शान्ति आजसम्म स्थापित हुन सकेन कारण थियो कि विभाजन पछि सेकुलरवादीहरुले देश छाडेनन् आजसम्म यहीँ बसी हिन्दुहरुलाई समय समयमा प्रताडित गर्दै आएका छन् उनी यि सेकुलरवादीहरु पहिले संविधानलाई अगाडि राख्ने र मौका पाउन्दै नै आफ्नो घटिया सोच हिन्दुजनमाथि थुपार्दै आएकोले समस्या झन झनै थपिन्दै गएको छ । विगतमा हिन्दुजन पाकिस्तानमा प्रताडित गरिए, अफगानिस्तानबाट लखेटिए, बाँग्लादेशबाट लखेटिने क्रम जारी छ । अहिले यो सेकुलरवादबाट भारत मात्र प्रताडित छैन बरु हाम्रो देश नेपाल पनि सेकुलरवादको खुनी पन्जामा जकडिएको छ । अहिले यो स्थिति छ कि ८२ प्रतिशत हिन्दु रहेको नेपालमा हिन्दुजन सुरक्षित छैनन् । उनीले आफ्नो चाडपर्वमा शान्तिले शोभायात्रा निकाल्न पाएका छैनन् । शोभायात्रा निस्कँदा नै ढुंगामुढा हुन थाल्छ । यस कारण अब हिन्दुजनले आफ्नो लडाई आफै लड्न तयार रहनु जरुरी भएको छ । देशमा तमाम राजनीतिक दल छन् नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, तमाम मधेशी राजनीतिक दलहरु छन् तर यिनी राजनीतिक दलहरु बहुसंख्यक हिन्दुको हक हितमा कहिल्यै पनि बोलेको देखिँदैन । यस कारण अब हिन्दुजन कता जाने त ? हिन्दुहरुको लागि भारत जस्तो देश नै सुरक्षित छैन । भर्खरै गत मंगलवार दिन भारतको कश्मीर राज्य पहलगाममा धर्म सोधी सोधी हिन्दुजनको हत्या गरियो । यसबाट एउटा ज्वलन्त प्रश्न उठी रहेको छ कि अब हिन्दुजनको सुरक्षा कसले गर्ने त ? हिन्दु समुदायमा एउटा छुतको रोग छ त्यो रोग हो जातियताको । सबै आ– आफ्नो जातिलाई श्रेष्ठ मान्दछन् । जाति–जातिबीच फूट रहेको कारण हिन्दु अति नै कमजोर बन्न पुगेका छन् । यसमा अहिले सोच्नुपर्ने बेला आएको छ कि सामुन्ने शत्रु छन् उनीहरुले जब हिन्दुजनमाथि आक्रमण गर्छन् जाति सोध्दैनन्, राष्ट्रियता सोध्दैनन् हिन्दु भएकै कारण सबैको हत्या हुँदै आएको छ । कश्मीरको पहलगाममा एक जना नेपाली नागरिक रुपन्देहीका सुदीप न्यौपानेको पनि हत्या भएको छ त्यस्तै एक जना नेपाली चेली रेणु पाण्डे घाइते भएकी छिन् । यसबाट के देखिन्छ भने कट्टरपन्थीहरुको तारो मात्र भारतीय नागरिक थिएनन् बरु सबै हिन्दुजन थिए । त्यो हिन्दु चाहे कुनै पनि देशको होस् यसको परवाह कट्टरपन्थीलाई थिएन । अरु समयमा भारतको विरोध गर्ने सेकुलरवादी सोचका व्यक्तिहरु आज कट्टरपन्थीहरुको विरोध गर्नमा कन्जुस्याई किन गरेका छन् । कश्मीरको पहलगाममा हिन्दुजनको मात्र हत्या गरिएको छैन बरु सम्पूर्ण मानवतालाई नै कलंकित पार्ने खालको घृणित कार्य भएको छ । यस कारण सबै हिन्दुजन अब एकताबद्ध भई सम्पूर्ण प्रकारको आतंकवादको विरोध गर्नमा उत्रौं । अहिलेसम्म हिन्दुजनको समर्थनमा मात्र इजरायल, रुस, अमेरिका, युएई, साउदी अरब, जापान, इटली, ब्रिटेन जस्तो मात्र देश उभेको देखिन्छ अन्य सबै मौन छन् । यस मौनतालाई तोड्न सबै एकताबद्ध बनौं ।
सेकुलरवादी हिन्दुहरुबाट हिन्दु धर्मलाई खतरा।
Monday, April 28, 2025
0
Tags