– मनोज कुमार कौशल
नेपालगन्ज÷भारतको जम्मु कश्मीरस्थित पहलगामको वैसरन घाटीमा कट्टरपन्थीहरुद्वारा हिन्दु समुदायका पर्यटकहरुको सामुहिक हत्या गरिएको छ ।
गत मंगलवार दिन भएको यस घटनामा १ जना नेपाली नागरिक सहित २६ जनाको मृत्यु भएकोछ । यस घटनामा मारिनेहरुमा अधिकाँश हिन्दु समुदायका व्यक्तिहरु छन् भने १ जना क्रिश्चियन धर्मावलम्बी पनि रहेका छन् ।
रुपन्देही बुटवलका युवा सुदीप न्यौपानेको कट्टरपन्थीहरुले हत्या गरेका छन् भने रेणु पाण्डे घाइते भएकी छिन् । रेणुको ठेगाना अहिलेसम्म खुलेको छैन । मृत्यु हुनेहरुमा उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसाका पर्यटक छन् । युएईका एक पर्यटक र २ जना स्थानीयको पनि मृत्यु भएको छ । कश्मीरको पहलगाम नामक स्थानलाई मिनी स्वीटजरलैण्ड भनिन्छ यस कारण विश्वभरीका पर्यटक त्यहाँ डुल्न जाने गरेका छन् । अहिले गर्मीयामको शुरुआत हुँदा कश्मीरमा लाखौं लाख पर्यटक पुगेका थिए । पहलगाम डाँडामा थियो यस कारण त्यहाँ सुरक्षाकर्मी तैनाथ थिएनन् यही कमजोर फितलो सुरक्षाको फाइदा उठाउँदै घना जंगलमा बसेका कट्टरपन्थीहरु त्यहाँ एक्कासी पुगी पर्यटकहरुलाई आफ्नो नियन्त्रणमा लिए अनि सबैसँग कलमा सुनाउन भन्े । अधिकाँशलाई कलमाको ज्ञान थिएन यसरी कलमा नजान्नेको धर्म सोधी उनीको हत्या गरियो कट्टरपन्थीहरुले अनेकौं जनाको गुप्तांग देखेर गोली हानेर हत्या गरेको पाइन्छ । कश्मीर विगत दिनदेखि अशान्त छ । केही दिन अघि भारत सरकारले धारा ३७० हटाई त्यहाँ तिव्र गतिले विकास कार्य अघि बढाएको थियो । धारा ३७० हटेपछि त्यहाँ शान्ति छाएको थियो यो कुरा भारतको छिमेकी देश पाकिस्तानलाई पचेन अहिले पाकिस्तानको गुप्तचर संस्था आईएसआईको सहयोगमा कट्टरपन्थीहरुले निर्दाेष पर्यटकको हत्या गरी आफ्नो वास्तविक चरित्र देखाएका छन् यो घटना घटित भएपछि त्यहाँ सेनाले सर्च अपरेशन तिव्र पारेको छ सर्च अपरेशनको क्रममा २ जना उग्रवादीलाई सेनाले मार्ने सफलता प्राप्त गरेको छ । भारत सरकारले अहिले पाकिस्तानी सरकारलाई कडा नसीहत दिन सिन्धु नदी जल लगायत सम्बन्धमा भएको जल सन्धि रद्द गरेको छ । यसको अतिरिक्त सबै भिसा रद्द गरी ४८ घण्टाभित्र सबै पाकिस्तानी नागरिकलाई आफ्नो देश फिर्ता जान भनेको छ । भारत सरकार दिल्लीमा रहेको पाकिस्तानी राजदूतावास बन्द गर्दै इस्लामाबादमा रहेको आफ्नो दूतावास समेत बन्द गरेकोछ । पहलगाम उत्तर भारतीय राज्य जम्मु र कश्मीरमा रहेको एक पहाडी स्टेशन हो । यहाँको उत्तर पूर्वमा अमरनाथ गुफा मन्दिर छ । जम्मु कश्मीरस्थित पहलगामा भएको आतंकवादी हमलामा सुरक्षा एजेन्सीहरु सो आतंककारीहरुको फोटो जारी गरेको छ । उनी आतंककारीहरुको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको बताइएको छ । यस आक्रमणको मास्टर माइन्ड लश्कर ए तैयबाका उपप्रमुख सैफुल्लाह रहेको बताइन्छ । पहलगाममा भएको आतंककारी आक्रमणले भारत र नेपालमा आक्रोशको भावना ल्याएको छ । दुवै देशका हिन्दुजन अहिले शोकमा रहेका छन् । आतंककारी घटना घटाउन पहिले रेकी गरिएको खुलासा भएकोले यो घटनामा केही स्थानीय कश्मीरी नागरिकहरुको संलिप्तता रहेको अनुमान रहेको छ । पर्यटकहरु जुन रिसोर्टमा बास बसेका थिए त्यहाँबाट गोप्य सुचना आतंककारीहरुलाई प्राप्त भएको समेत अनुमान रहेकोले आगामी केही दिनभित्रै कश्मीरमा ठूलो धरपकड हुने सम्भावना रहेको छ । कश्मीर घटनामा मृत्यु भएका पर्यटकको नाम मनुज नाथ (कर्नाटक), शिवम मोंगा (कर्नाटक), लेफ्टिनेन्ट विजय नरवाल
(हरियाणा), शुभम द्विवेदी (युपी), दिलीप डेसेले (महाराष्ट्र), अतुल मोहने (महाराष्ट्र), सुदीप न्यौपाने (नेपाल), बिटन अधकरीउधवानी (युएई) संजय लेले, हिम्मत कलाथय, प्रशान्त कुमार, मनीस रंजन
(हैदराबाद), रामचन्द्रन शलिंहर कलपिया र छत्तिसगढका दिनेश मिरानिया रहेका छन् । त्यस्तै गुजरातका बिनो भट्ट, महाराष्ट्रका एस बालचन्दू, कर्नाटकका अभिजीवन राव, तमिलनाडुका सन्तरु, उडीसाका साहस्री कुमारी, डा. परमेश्वर, माणिक पाटिल र रिनो पाण्डे घाइते भएका छन् घाइतेहरुको उपचार भइ रहेको छ । पहलगाममा आक्रमण २०१९, १४ फरवरीमा जैस ए मोहम्मदले सीआरपीएफमाथि विष्फोटकले भरेको गाडी आक्रमण गरी ४० जना जवानलाई शहीद पारेपछि यो दोस्रो ठूलो घटना हो ।
नेपालगन्ज । भारतको जम्मु कश्मीरस्थित पहलगामको वैसरन घाटीमा कट्टरपन्थीहरुद्वारा हिन्दु समुदायका पर्यटकहरुको सामुहिक हत्या गरिएको छ ।
गत मंगलवार दिन भएको यस घटनामा १ जना नेपाली नागरिक सहित २६ जनाको मृत्यु भएकोछ । यस घटनामा मारिनेहरुमा अधिकाँश हिन्दु समुदायका व्यक्तिहरु छन् भने १ जना क्रिश्चियन धर्मावलम्बी पनि रहेका छन् ।
रुपन्देही बुटवलका युवा सुदीप न्यौपानेको कट्टरपन्थीहरुले हत्या गरेका छन् भने रेणु पाण्डे घाइते भएकी छिन् । रेणुको ठेगाना अहिलेसम्म खुलेको छैन । मृत्यु हुनेहरुमा उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसाका पर्यटक छन् । युएईका एक पर्यटक र २ जना स्थानीयको पनि मृत्यु भएको छ । कश्मीरको पहलगाम नामक स्थानलाई मिनी स्वीटजरलैण्ड भनिन्छ यस कारण विश्वभरीका पर्यटक त्यहाँ डुल्न जाने गरेका छन् । अहिले गर्मीयामको शुरुआत हुँदा कश्मीरमा लाखौं लाख पर्यटक पुगेका थिए । पहलगाम डाँडामा थियो यस कारण त्यहाँ सुरक्षाकर्मी तैनाथ थिएनन् यही कमजोर फितलो सुरक्षाको फाइदा उठाउँदै घना जंगलमा बसेका कट्टरपन्थीहरु त्यहाँ एक्कासी पुगी पर्यटकहरुलाई आफ्नो नियन्त्रणमा लिए अनि सबैसँग कलमा सुनाउन भन्े । अधिकाँशलाई कलमाको ज्ञान थिएन यसरी कलमा नजान्नेको धर्म सोधी उनीको हत्या गरियो कट्टरपन्थीहरुले अनेकौं जनाको गुप्तांग देखेर गोली हानेर हत्या गरेको पाइन्छ । कश्मीर विगत दिनदेखि अशान्त छ । केही दिन अघि भारत सरकारले धारा ३७० हटाई त्यहाँ तिव्र गतिले विकास कार्य अघि बढाएको थियो । धारा ३७० हटेपछि त्यहाँ शान्ति छाएको थियो यो कुरा भारतको छिमेकी देश पाकिस्तानलाई पचेन अहिले पाकिस्तानको गुप्तचर संस्था आईएसआईको सहयोगमा कट्टरपन्