देश आज विषम परिस्थितिबाट गुज्री रहेको छ देशमा अनगिनत भ्रष्टाचार भएकोले देशको आर्थिक व्यवस्था बिग्रेको छ । देशको पूँजी विदेशमा लगी थुपारिएको छ । यसबीच बेरोजगार नेपाली युवा रोजगार खोज्दै विदेशतर्फ पलायन गरी रहेका छन् यस्ता युवाको संख्या हजारौंमा छैन बरु १ करोड भन्दा बढी छ । भ्रष्टाचारको कारण सर्वसाधारणमा आक्रोश व्याप्त छ । यो आक्रोश खुलेआम अब सडकमा देखिन थालेको छ । २०६२।०६३ मा भएको जनआन्दोलन भाग–२ पछि बनेको विभिन्न सरकारले जनतासँग तमाम वाचाहरु गरेका थिए । त्यो वाचा उनले पूरा गरेनन् तर अहिले पनि लोकतन्त्रवादी गणतन्त्रवादी नेताहरुले देशको चहुमुखी विकास भइ रहेको छ यस्तो दावी गरी रहेका छन् लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्था नराम्रो होइन यो परिवेशमा तमाम देशले खुबै विकास गरेका छन् तर हाम्रो देशको लोकतान्त्रिक, गणतान्त्रिक परिवेशको व्यवस्थाले जनताको इच्छा आकाँक्षा अनुसार कार्य गरेर देखाउन सकेनन् जसको कारण मात्र १७–१८ वर्षमा यो व्यवस्था साह्रै नै बदनाम भएको छ । जसको कारण व्यवस्था परिवर्तनको लागि माग उठ्न थालेको छ । देशमा तमाम नेता प्रधानमन्त्री बने अहिले केपी शर्मा ओली नेतृत्वको सरकार छ । उनले अहिले भन्नु प¥यो कि कति दिन शासन गरे देशले विकास गर्ने हो ? यो चाहिँ भन्नु प¥यो अहिले फेरी प्रधानमन्त्री फेर्ने सुरसार चलेको छ । फेरी नयाँ प्रधानमन्त्री आउँछन् र पुरानो परिपाटीले कार्य गर्छन् यसबाट देशलाई कुनै फाइदा हुने वाला छैन । देशलाई विकास तर्फ लग्न इमान्दारिता चाहिन्छ र राम्रो नीति पनि चाहिन्छ । मात्र बेमानीपूर्ण कार्य गर्दै जाने र त्यसमा पनि आफूले देशको विकास गरी रहेको जस्तो कुरा गर्नु शोभनीय छैन । भर्खरै २०८१ चैत ३१ गते आइतवार दिन राजा ज्ञानेन्द्र शाहले जनतालाई सम्बोधन गर्दै जनता जनताबीच आपसी वैमनस्यता, युवाको पलायन, देश बिग्री रहेको बारे चिन्ता प्रकट गरेका छन् । उनीले यस्तो चिन्ता गर्नु स्वाभाविकै हो । देश अहिले संकटमा छ जब देश रहँदैन भने लोकतान्त्रिक, गणतान्त्रिक परिवेशको सरकारले कसको माथि शासन गर्ने त ? लोकतन्त्र र गणतन्त्रमा सबैलाई वाक स्वतन्त्राको अधिकार हुन्छ तर केही दिन अघि राजधानीको ३ कुनेमा सर्वसाधारणले राष्ट्रिय गान गर्दा जसरी उनीमाथि गोली बर्साइयो, अश्रु ग्यास चलाइयो यसबाट लोकतन्त्र, गणतन्त्र देशमा छैन यस्तो बुझ्न सकिन्छ । ३ कुने घटामा २ जनाको मृत्यु भएको छ । सरकारमा अलिकति पनि इमानदारिता छ भने यस घटनाको निष्पक्ष छानबीन गर्न सर्वाेच्च अदालतका अवकाशप्राप्त न्यायाधीशलाई राखी घटित घटनाको छानबीन गर्नु जरुरी छ । यस घटनामा चाहे राष्ट्रवादी शक्तिको संलग्नता होस् वा सशस्त्र प्रहरी वा जनपद प्रहरी होस् उनीको दोष देखा पर्छ भने त्यस्तोलाई दण्डित गर्नु जरुरी छ । अहिले मुलुकमा छाडातन्त्र हावी भएको छ । भर्खरै चैत ३० गते शनिवार दिन हनुमत महोत्सव मनाउन वीरगंजको छपकैयामा जुलुस निस्किन्दा जुलुसमाथि ढुंगामुढा भयो । यस घटनामा ५०औं जना व्यक्ति घाइते भएका छन् । घाइतेहरुमा सर्वसाधारण र प्रहरीहरु पनि छन् त्यहाँ यस्तो घटना किन घटित भयो यसबारे पनि गहन छानबीन गरी दोषीहरुलाई कडा सजाय दिलाउनु जरुरी छ । वीरगंज लगायत स्थानमा वर्षाैंदेखि २ समुदाय आपसी सौहार्दले बसोबास गर्दै आएका छन् । अहिले यस्तो के भयो अरुको जुलुसमाथि ढुंगा बर्सियो यसको कारण हो लोकतन्त्र, गणतन्त्रमा बनेको सरकारको पालामा २०६२।०६३ मा नेपाली नागरिकता जथाभावी ढंगले वितरण गरियो यसमा तमाम विदेशी नेपाली नागरिकता प्राप्त गर्न सफल भए उनीहरुले नै यहाँ विध्वंशक स्थिति बनाएका हुन् । व्यवस्था परिवर्तनपछि त्यस्तो नेपाली नागरिकता रद्द गर्नु पर्ने जरुरी भएको छ । त्यो वितरण भएको नेपाली नागरिकता ५ लाख भन्दा बढी विदेशीहरुले प्राप्त गर्न सफल भए उनीहरुबाट नै यस्तो गलत कार्य भई रहेको छ । देशमा अब विधिको शासन रहेन यस कारण तमाम समस्याहरु थपिँदै गई रहेको छ । अहिले त्यस्तै प्रकार समस्या समाधान गर्न परिवर्तनको आवश्यकता भएको छ । जब देशमा प्राचीन धर्म, संस्कृति, सभ्यताको संरक्षण हुन्छ त्यस समय देशले मौलिकता प्राप्त गर्नेछ यसको लागि एउटा अभियानको आवश्यकता छ अभिभावक विहीन देशले कहिल्यै पनि विकास गर्न सक्दैन । यो देश लोकतन्त्रवादी, गणतन्त्र– वादीहरुले निर्माण गरेका होइनन् बरु यस देशको निर्माण स्व. बडा महाराजाधिराज पृथ्वी नारायण शाहले बाइसे चौबिसे राज्यको एकिकरण गरी वृहत नेपाल राष्ट्रको निर्माण गरेका हुन् यस कारण शाहवंशीय राजाको हातमा मात्र यो देश सुरक्षित छ देशमा थोरै परिवर्तनको संकेत देखा पर्नसाथ भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाई सो सम्पत्ति विदेशमा लगी थुपारेकाहरु देशबाट भाग्न बेर लगाउने छैनन् यसैको कारण उनीमा न त नेपाली जनता न त देशसँग माया छ । यो लोकतन्त्र, गणतन्त्र विदेशीले यहाँ स्थापित गरी दिइएको हो यस कारण देश अहिले विदेशीको ईशारामा चली रहेको छ । विधिपूर्वक स्थापित भएको शासन लामो समय सम्म देशको सुहाउँदो माटो अनुसार काम गर्छ । विदेशीबाट यस अनुसार कार्य हुन सक्दैन यस कारण नयाँ वर्ष २०८२ शुभ समाचार लिएर आओस् जसबाट देशको तिव्र गतिले विकास होस् ।
देश चाहियो कि भ्रष्टाचारीहरुको समूह ?
Monday, April 21, 2025
0
Tags