केही समयदेखि मुलुकमा व्यवस्था परिवर्तनका लागि संघर्ष चल्न शुरु भएको छ । सत्तापक्ष र विपक्ष दुवै नै आ–आफ्नो वर्चस्व कायम राख्न महाभारत युद्धको जस्तै नै रणनीति तयार पार्नेतर्फ लागेको देखिन्छन् । संघर्षको लागि दुवै पक्षले आ–आफ्नो हतियार सजाउने तर्फ लागेका छन् । विगत महिना राजा ज्ञानेन्द्र शाह सरकार पोखराबाट महाभारत युद्धको शंख फुकेको अनुमान रहेको छ । उहाँले पोखराबाट व्यवस्था परिवर्तनका लागि संघर्ष चलाएको बुझिन्छ । पोखराबाट राजा ज्ञानेन्द्र शाह राजधानी काठमाडौं आउँदा लाखौं–लाख प्रजाले उहाँको भव्य स्वागत गरेकोले राष्ट्रवादी शक्तिले परिवर्तनको लागि यो समय उपयुक्त रहेको देखी संघर्ष चलाएका हुन् तर मुलुकमा हुन गइरहेको परिवर्तनको संघर्ष बुझ्न सबैले द्वापर युगमा कौरव–पाण्डवबीच भएको महाभारत युद्धको आँकलन गर्न जरुरी छ । महाभारत युद्ध १८ दिनसम्म चलेको थियो । जसमा कौरव पक्ष तर्फबाट पहिलो प्रधान सेनापति भिष्म पितामहलाई नियुक्त गरेको उल्लेख पाइन्छ । उहाँले कौरव पक्ष तर्फबाट १० दिनसम्म युद्धको नेतृत्व गर्नु भएको थियो । पाण्डव पक्षलाई उहाँले नै सबै भन्दा बढी हानी नोक्सानी पु¥याएको वृत्तान्त पाइन्छ भिष्म पितामह पछि सेनापति नियुक्त भए आचार्य द्रोणाचार्य । उहाँले ११ दिनदेखि १५ दिनसम्म युद्धको नेतृत्व गर्नुभयो । त्यस्तै कौरवपक्ष तर्फबाट तेस्रो सेनापति भए कर्ण । उहाँले १ देखि १७ दिनसम्म युद्धको नेतृत्व गर्नु भयो । अन्तिम सेनापतिको रुपमा भए मद्र नरेश शल्य । उहाँले १८औं दिनसम्म सेनापति भई युद्ध गर्नुभयो । कौरव पक्ष तर्फबाट यति सेनापति भए । पांचाल नरेश द्रुपदको छोरा र द्रोपदीको दाई ध्रष्टधुम्न उहाँले महाभारत युद्धमा पाण्डवको पक्षबाट आफ्नो नेतृत्व दिनु भयो । उहाँले युद्धको १५आँैं दिनमा द्रोणाचार्यको वद्य गर्नुभयो । उहाँको वद्य पछि जब पाण्डव विजयी भए त्यस समय १८औं दिनमा अश्वत्थामा कृपाचार्य र कृतवर्माको सहयगोले उनीको वद्य गराउनु भयो सो समय उहाँ आफ्नो शिविरमा सुती रहनु भएको थियो । दुर्याेधनको वद्य अर्जुनले गरी सकेका थिए । पाण्डव विजयी भइ सकेका थिए यसै समय अश्वत्थामा, कृपाचार्य र द्रुपद, द्रोपदीको ५ जना छोरा र शिखण्डीको वद्य भयो । सारांशमा यो हो महाभारतको कथा । अहिले नेपालमा त्यस्तै प्रकारको महाभारत युद्धको रचना भएको छ । यसमा कौरव पक्ष कुन हो र पाण्डव पक्ष कुन हो यो भन्न चाहिँ गाह्रो छ तर महाभारत युद्ध धर्म र अधर्मको बीचमा भएको थियो धर्मको स्थापनाको लागि भगवान श्रीकृष्णले सो महाभारत युद्ध गराएका थिए । त्यस्तै प्रकारको धर्म अधर्मबीच यहाँ पनि संघर्ष चल्न शुरु भएको छ । २०६२।०६३ मा जब जनआन्दोलन भाग–२ सफल भयो त्यस समय बनेको विभिन्न सरकारले देशको हितमा कार्य गर्ने वाचा गर्दै लोकतान्त्रिक गणतान्त्रिक परिवेशको व्यवस्थामा मुलुकको चहुमुखी विकास हुने, जनतालाई बराबरीको हक अधिकार दिइने, विधिको शासन व्यवस्था स्थापित गर्ने जस्ता अनगिनत वाचाहरु गरेका थिए तर जब लोकान्त्रिक गणतान्त्रिक परिवेशको व्यवस्था आयो यस समयमा व्यवस्थाले वाचा गरेको जस्तो कार्य नगरी विपरीत रुपमा कार्य ग¥यो । विदेशी डलर कमाउन यहाँको प्राचीन धर्म संस्कृति सभ्यता मेटाउने, गरीब पिछडिएका नेपाली जनताको गरिबीको आडमा उनीको धर्मान्तरण गराउने कार्य भयो एक किसिमले अगाडि अगाडि गणतन्त्र लोकतन्त्र आयो पछि पछि विदेशी धर्म प्रचारकहरु भित्रिए । सत्तासीनहरुले यहीँसम्म चुकेनन् उनीले वैदिक सनातनीहरुको पवित्र ओम शब्द मेटाउने, नेपालको चन्द्र सुर्य अंकित झण्डा सम्म फेर्ने असफल प्रयास गरे । हिन्दु आस्थाको जनावर गाई माताको जताततै वद्य गर्न थालियो । चोरैतर्फबाट पिल्सिएको ८५ प्रतिशत हिन्दुजन बाध्यतावश अहिले संघर्षको बाटो रोजेका हुन् । अहिले महाभारत युद्धको रचना भई सकेको छ । शकुनीहरुले यो संघर्ष तुहाउन आफ्नो पासो फैलाउन शुरु गरेका छन् । धर्मको पक्षमा रहेको यस महाभारत युद्धको पहिलो सेनापति नवराज सुवेदीलाई नियुक्त गरियो तर यस पहिलो संघर्षको नेतृत्व दुर्गा प्रसाईले गरेका छन् । उनीको नेतृत्वमा चलेको पहिलो संघर्षले निर्दाेष निरपराध पत्रकार सुरेश रजक र एक जना सर्वसाधारण व्यक्ति सबिन महर्जनको असमयमा ज्यान गएको छ । कुटील नीतिका शकुनीले संघर्षलाई तुहाउन उनीहरुको हत्या गराएको देखिन्छ । यस महाभारत युद्धमा एक तर्फ नवराज सुवेदी, दुर्गा प्रसाई, डा. धवल शम्शेर राणा, डा. प्रकाश चन्द लोहनी, कमल थापा, राजेन्द्र लिंगदेन, रविन्द्र मिश्र, अस्मिता भण्डारी, पशुपति शम्शेर जबरा, हरि बहादुर बस्नेत, केशर बहादुर बिष्ट, रमा सिंह, डा. शास्त्रत्व पन्त, डा. अहिराज, खेमराज सेढाई जस्ता अनगिनत योद्धा मोर्चा सम्हाली सकेका छन् । अर्काेतर्फ सत्ता पक्ष तर्फबाट स्वयं प्रधानमन्त्री केपी शर्मा ओली, पुष्प कमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, गगन थापा, शेर बहादुर देउवा लगायत अनगिनत योद्धाहरु गणतन्त्रलाई बचाउन कस्सेर लागेका छन् । जसरी द्वापरयुगमा लाखौं लाख योद्धाहरुले शहादत प्राप्त गरेका थिए सोही प्रकारको संघर्ष अहिले चल्ने आशंकाहरु विद्यमान छ । युद्धमा एउटा नीति हुन्छ २ पाइला अघि बढाउने र १० पाइला पछि हट्ने त्यही रणनीति अनुसार यस महाभारतका योद्धाहरु अघि बढी रहेको देखिन्छन । यसरी महाभारत जस्तो संघर्ष चल्ने अब अवश्यम्भावी रहेको देखिन्छ । अहिले सम्पूर्ण विश्वमा परिवर्तनकोआँधी बेहरी नै आएको छ । भनिन्छ, जब आँधी बेहरी आउँछ त्यस समय जुन रुख झुकी हाल्छ त्यो सुरक्षित उभी राख्छ जुन रुख नझुकी सिधा खडा रहन्छ त्यो धरासाई बन्छ । यो आँधी बेहरीमा कुन रुख ढल्ने छ यो हेर्न केही समय अझ कुर्नुपर्ने अवस्था रहेको छ ।
नेपालको नयाँ राजनीतिक संघर्ष र महाभारत युद्ध।
Monday, April 14, 2025
0
Tags