– मनोज कुमार कौशल
नेपालगन्ज । ‘गुणस्तरीय जडीबुटीको उत्पादन गर्न सक्यौं भने देशको अर्थतन्त्र अझ मजबूत बन्नेछ’, उक्त कुरा नेपाल जडीबुटी व्यवसायी संघ (जबान)का अध्यक्ष टंक प्रसाद शर्माले भनेका हुन् ।
शनिवार दिन नेपाल जडीबुटी व्यवसायी संघले नेपाली जडीबुटीलाई विश्वमा चिनाऔं राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाऔं स्लोगन सहित २६औं साधारण सभाको आयोजन गरेको थियो । सो साधारणसभामा समापन भाषण गर्दै अध्यक्ष शर्माले भने, हिमाल, पहाड र तराईको वातावरण हाम्रो यहाँ छ हामीले गुणस्तरीय जडीबुटीको उत्पादन गर्न सक्यौं भने देशको अर्थतन्त्र अझ मजबूत बन्नेछ, हाम्रो एकतर्फ छिमेकी देश भारतको डेढ अर्ब जनसंख्या छ अर्काे छिमेकी देश चीनको पनि डेढ अर्ब जतिको जनसंख्या छ । यो दुवै देशको बीचमा हाम्रो देश नेपाल छ । जडीबुटी उत्पादनतर्फ नै हामीले ध्यान दिए धेरै फाईदा लिन सकिन्छ हामीले जडीबुटी कहिँ अन्यत्रबाट किन्नुपर्दैन कहिँ डलर खर्च पनि गर्नु पर्दैन जडीबुटी आफै नै उत्पादन हुन्छ थोरै ठोस नीति बनाए अझ उत्पादन बढ्छ जसबाट धेरै फाइदा लिन सकिन्छ भन्दै उनले जडीबुटीमा धेरै समस्याहरु छ केही जडीबुटी सूचीकृत नभएकोले छिमेकी देशतर्फ सो जडीबुटी निकासी गर्न अप्ठेरो परेको हुन्छ । यसका लागि सरकारले सहजीकरण गरे निकासीको समस्या हट्छ यसको लागि सरकारले ठोस नीति बनाउनु पर्छ । जटामासी जडीबुटीको सबै भन्दा ठूलो उत्पादक देश नेपाल हो यही कारण हो नेपाल, हिमालय जडीबुटीबाट प्रख्यात रहेको
छ । संघले जडीबुटीको मूल्य जानकारी गराउन हप्तामा एक पटक मूल्य सूची जारी गर्दै आएको छ यसबाट जडीबुटी कारोबारीहरुलाई धेरै नै फाइदा मिलेको छ । अब जडीबुटीमा व्याप्त सबै समस्या हट्नुपर्ने हाम्रो माग रहेको छ यसको लागि लुम्बिनी प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने जरुरी छ । केही समस्याहरु हटेको छ केही समस्या अहिले पनि छन् लुम्बिनी प्रदेश सरकारले हाम्रो विभिन्न समस्याको अन्त गर्ने कुरामा हामी विश्वस्त छौं उनले भने ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि र लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव प्रमोद भट्टराईले भने, नेपाल प्राकृतिक वन सम्पदाले भरिपूर्ण देश हो हाम्रो यहाँ दश हजार भन्दा बढी प्रकारको वनस्पतिहरु छन् । हाम्रो यहाँ उत्पादन भएका जडीबुटी अमेरिका, जर्मनी र भारतमा निकासी हुने गर्छ । कर्णाली प्रदेश बढी जडीबुटी उत्पादन गर्ने ठाउँ हो यस कारण सरकार जडीबुटीको विकास गर्ने सोच बनाउँदै तमाम स्थानमा प्रशिक्षण कार्यक्रम र जनसचेतना फैलाउँदै आएको छ । हिमाल पहाड र तराईको जडीबुटी छुट्टा छुट्टै प्रकारको छ त्यहि अनुसार सरकारले जडीबुटी उत्पादन गराउने कार्य गर्दै आएको छ । जडीबुटीमा केही समस्याहरु अवश्य पनि छन् यस्तो समस्याको अन्तको लागि आपसी परामर्शको आवश्यकता छ कानून परिवर्तनशील छ आवश्यकता अनुसारको नीति नियम बनाई सबै समस्याको अन्त गर्ने उनले बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका माननीय मीना बोहरा सिद्दीकीले भनिन्, अब हिमाल पहाड र तराईको जडीबुटीको विकास गर्ने विशेष सोच बन्नुपर्छ किनकी देशको यो आर्थिक मेरुदण्ड हो हामीले कोभिड १९ को संक्रमण फैलिँदा जडीबुटीको महत्व बुझेका थियौं अहिले पनि जडीबुटीको आवश्यकता सबैलाई छ जसरी धान, गहुँ, मकैको खेतीलाई प्राथमिकता दिइएको छ सोही अनुसार जडीबुटीको खेतीलाई पनि प्राथमिकता मिल्नुपर्छ । विगतमा आफूले नेपाल जडीबुटी व्यवसायी संघलाई २० लाख बजेट निकासा गराई सहयोग गरेको बताइन् ।
सो कार्यक्रममा नेपाल किसान संघ प्रदेश अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, त्यस्तै नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य र संघका वर्तमान अध्यक्ष टंक प्रसाद धामी, जबानका पूर्व अध्यक्ष मो. याकूब अन्सारी र शकील अहमद जसगढ लगायत वक्ताहरुले २६औं साधारणसभा सफलताको लागि शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य मेराज अन्सारीले गरेका थिए भने ब्याच वितरण सुलोचना तामांग र मन्जु शाहबाट भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त भट्टराईले गरेका थिए ।
कार्यक्रमबीच २ जना जडीबुटी कृषकलाई दोसल्ला र कदर प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको समापन क्षणमा संघका विशिष्ट अतिथि लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव प्रमोद भट्टराईलाई र अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक प्रसाद धामीलाई माता बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै लुम्बिनी प्रदेशका माननीय मीना बोहरा सिद्दीकीलाई भारतको आगरास्थित ताजमहलको फोटो अंकित मायाको चिनो प्रदान गरिएको थियो ।