चरम भ्रष्टाचार, अनाचार, अत्याचार, कुशासनको कारण अन्ततः नेपाली जनताले व्यवस्था नै परिवर्तन गर्ने सोच बनाएकोले अब कुनै पनि समय मुलुकबाट संघीयता, लोकतन्त्र र गणतन्त्रको असमयमा अन्त हुने झझल्को देखिन थालेको छ ।
यही चैत्र १५ गते दिनदेखि नै व्यवस्था परिवर्तनको लागि राष्ट्रवादी शक्तिहरु सडक संघर्षमा उत्रिने भएका छन् । अहिले स्थिति यस्तो छ कि लोकतन्त्र र गणतन्त्ररुपी पानी जहाज जोड–जोडले कराउन थालेको छ । जब पानी जहाज बिग्रेर डुब्ने अवस्थामा पुग्छ त्यो जोड जोडले कराउन थाल्छ यस्तै स्थिति छ अहिले । राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार स्वयं संघर्षमा उत्रने भएपछि यसबाट लोकतन्त्र, गणतन्त्रवादी नेता आत्तिएका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आत्तिएर दिवंगत भएका शाहवंशीय राजाहरुको चरित्र हत्या गर्नेतर्फ लागेको देखिन्छन् केही गणतन्त्रवादी नेताहरुले पूर्व स्व. राजा वीरेन्द्र सरकारमाथि पनि भारतको कोलकातामा पुगी नेपालको बेइज्जत गरेको जस्तो अनर्गल तथ्यहीन कुरा भनेकोले उनी मानसिक रुपले विक्षिप्त भएको स्पष्ट रुपमा देखिएका छन् ।
सबैले जाने बुझेको कुरा हो शाहवंशीय राजा स्व. बडामहाराजाधिराज पृथ्वी नारायण शाहदेखि पछि राजा भएका सबै राजाहरुको साफ स्वच्छ छवि थियो उनीहरु प्रजाप्रति अति नै दयालु थिए । नेता प्रचण्डले शाहवंशीय पूर्व राजाहरुको माथि भारतीय स्व. प्रधानमन्त्री जवाहर लाल नेहरुको हवाला दिँदै लाञ्छना लगाएका हुन् । जवाहर लाल नेहरुको विगतको चरित्र सम्पूर्ण विश्वलाई थाह छ । उनीको चरित्र कति सफा स्वच्छ थियो यो कुराबारे तमाम लेखहरु प्रकाशित भइ सकेका छन् । यस कारण उनीको माथि फोहोर छ्याप्दा पहिले आफ्नो शरीरमा लागेको फोहोर देख्न जरुरी हुन्छ । माओवादी नेता प्रचण्डले त्यागी दयालु राजा ज्ञानेन्द्रमाथि सुन तस्करी, मूर्ति चोरी, भाइमारा लगायत तमाम आरोपहरु लगाएका छन् । यसबाट उनीको चारैतर्फ आलोचना हुन थालेको छ । माओवादी नेताले १० वर्षमा चलाएको जनयुद्धमा १७ हजार भन्दा बढी निर्दाेष नेपाली जनताको हत्या भएको थियो तमाम पुल, प्रहरी चौकी, सरकारी भवन, हिन्दु पुजारीको हत्या, गाईको हत्या जस्ता तमाम उदाहरणहरु छन् । केही हप्ताअघि राजा ज्ञानन्द्र पोखराबाट काठमाडौं आउँदा उहाँलाई लाखौं –लाख जनताले स्वागत गरेका थिए यस समय सडकमा थोरथोरै फोहार हुँदा काठमाडौं महानगरपालिकाले राप्रपामाथि १ लाख रु. जरिबाना लगाएको थियो । यसमा प्रश्न उठ्छ राजाको स्वागत गर्दा फोहोर हुँदा १ लाखसम्मको जरिबाना तिराइयो तर जनयुद्धको क्रममा करोडौं धनजनको क्षति भयो त्यसको जरिबाना कसले तिर्ने त ?
जनयुद्धको समय माओवादीले प्रख्यात हिन्दु कथावाचक जसले आफ्नो कथावाचनबाट तमाम विद्यालय, अस्पताल निर्माण गराएका थिए उनीलाई गोली हानी हत्या गरियो । जनयुद्धमा १७ हजार भन्दा बढी निर्दाेष मारिए । बाँगेमुढामा बसबाट जाँदै गरेका सर्वसाधारणको बम पड्काई हत्या गरियो । त्यसमा माओवादी नेताले जनयुद्धमा मारिएका १७ हजारको जिम्मेवारी लिँदैनन् मारिएका ५ हजारको जिम्मेवारी म लिन्छु भनि नेता प्रचण्डले आफै स्वीकारेका थिए । जेहोस्, अहिले गणतन्त्रवादी नेताहरु अब अनर्गल प्रलापहरु गर्दै कुनै प्रकार आफ्नो सत्ता जोगाई राख्ने जुक्तिमा लागेका छन् ।
यसमा भ्रष्टाचारीहरुले सोच्ने बेला आएको छ कि यो नेपालको माटोमा केही विशेषता छ जस माटोमा विदेशीले आफ्नो प्रभुत्व जमाउन सकेनन् यो देश वैदिक सनातन धर्मावलम्बीहरु पहिले पनि थियो आज पनि छ आगामि समय सम्म पनि रहन्छ । केही समयको लागि यो देशमा ग्रहण लागेको थियो जसको कारण विदेशीको इशारामा यहाँ २०६२।०६३ को जनआन्दोलन भाग २ सफल भई लोकतन्त्र र गणतन्त्रको स्थापना भयो सो समय राजा ज्ञानेन्द्र शाह भारतको दासत्व स्वीकार गर्थे भने राजतन्त्र जाने थिएन । राजा ज्ञानेन्द्र शाहले नेपाललाई स्वतन्त्र राख्न भारतको अगाडि झुकेनन् जसको कारण उनी अहिले १८ वर्ष सम्मको लागि वनवास झेले अब उहाँको वनवास अवधि समाप्त हुने जस्तो छ । अब वनवास पछि जब सत्तामा आउनेछन् ५०औं भ्रष्टाचार घटनाको पर्दाफास अवश्य नै हुनेछ ।
अब परिवर्तन भयो भने सबै भन्दा पहिले कुन नेताको सम्पत्ति कति छ उनीहरु विदेशमा लगी कति सम्पत्ति लुकाएर राखेका छन् यसको छानबीन गरी सो सम्पत्तिहरु राष्ट्रियकरण गरि देशको विकास कार्यमा लाग्नु पर्छ । साथै निर्मला पन्तको
हत्याराहरुलाई दण्डित गर्ने र अपराधीहरुलाई संरक्षण गर्नेहरुमाथि पनि कारवाही चलाउने बेला आएको छ । भर्खरै २५ करोड रकम चीनतर्फ पठाउने क्रममा सो रकम पक्राउ परेको छ यो रकम कसको थियो यसको मालिकको पनि अब खोजी हुनुपर्छ । यो देश कुशासनको कारण बर्बाद भएको छ अब यसको अवस्था र व्यवस्था सुध्रिनु पर्छ ।