– मनोज कुमार कौशल
नेपालगन्ज । हाल नेपालमा भारतबाट २० घण्टा विद्युत आयात भई रहेको थियो यस कारण विद्युत लोडसेडिंगको समस्या भने थिएन तर अब भारतले नेपाललाई १२ घण्टा मात्र विद्युत दिने भएपछि फेरी लोडसेडिंगको समस्या आउने भएको छ ।
भारतले नेपाललाई अब आइतवारदेखि बिहान ६ बजेसम्म मात्रै विद्युत दिइने भएको छ ।
भारतले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै लोसार आवरमा विद्युत बिक्री गर्दा यस समयमा नेपालमा औद्योगिक क्षेत्रमा ठूलो समस्या पर्ने बताइएको छ ।
विद्युत लोडसेडिंगका कारण केही समस्या आउने भएपनि प्राधिकरणले त्यति ठूलो समस्या नआओस् यसका लागि मिलाएर विद्युत वितरण गर्ने तयारी राखेको छ ।
भारतले २०२५ मार्च १५ तारेखदेखि जुन ३० सम्म लोसार आवरमा मात्रै नेपाललाई विद्युत दिइने भनेको छ । हाल पिक आवरमा दैनिक करीब १८० मेगावाट विद्युत आयात भईरहेको छ । अब भने आइतवारबाट पिक आवरमा भारतबाट विद्युत आयात हुने छैन ।
अहिले करीब १ हजार ९०० मेगावाट विद्युतको माग रहेको छ । नेपालमा करीब १ हजार ७०० मेगावाट विद्युत उत्पादन भई रहेको प्राधिकरणले जनाएको छ ।