यतिखेर सम्पूर्ण देशमा हिन्दु राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको माग बढ्दै गएकोले अब केही दिनभित्रै व्यवस्था परिवर्तन हुने घडी नजिकिँदै गएको छ । अमेरिकाले देशको आर्थिक विकासको लागि अर्बाैं रकम सहयोग पठाएको थियो तर त्यो रकम यहाँ नास्तिकता र धर्म परिवर्तनमा खर्च गरियो यति ठूलो रकम देशका प्रमुख राजनीतिक दलका नेताले खाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका नेतालाई फ्राड र करप्टसम्म भनेकोले देशको ठूलो बेइज्जती भयो । नेपाली जनता भ्रष्टाचारको विरोध गर्दै अब नयाँ परिवर्तनको लागि सडक आन्दोलनमा उत्रि सकेका छन् । भर्खरै राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंमा फर्किँदा लाखौं लाख जनताले उनको स्वागत र अभिनन्दन गर्दा गणतन्त्रवादी नेताको सातो उडेको छ । राष्ट्रवादी नेपाली जनताले राजा ज्ञानेन्द्र शाहको स्वागत मात्र गरेनन् बरु राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ नारा लगाउँदै नारायणहिटी खाली गर हाम्रो राजा आउँदै छन् भनी परिवर्तनका लागि माग गरे । यस्तो प्रदर्शन राजधानीमा मात्र भएको छैन बरु देशभरी नै भइ रहेको छ । परिवर्तनको माग उठ्न सर्वत्र शुरु भएको छ धनगढी, नेपालगन्ज, पोखरा, बर्दिया लगायत थुप्रै स्थानमा हिन्दु राष्ट्र र राजतन्त्रको स्थापनाको लागि वृहत मोटरसाइकल ¥यालीको आयोजन भएको छ काठमाडौंमा राजा ज्ञानेन्द्र शाहको स्वागत ¥यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको फोटो लिई प्रदर्शन गरियो यसको गणतन्त्रवादी पक्षधर नेताहरुले विरोध जनाउँदै राजावादीको प्रदर्शन विदेशी शक्तिले चलाएको पुष्टि भएको भनेका छन् । तर देशका ८५ प्रतिशत नेपाली जनताले प्रदर्शनमा आदित्यनाथ योगीको फोटो लिई प्रदर्शन गर्नु गलत होइन आध्यात्मिक योगीको कुनै निश्चित देश वा परिधि हुँदैन आध्यात्ममा विश्वास गर्नेहरुको आस्था छ योगीमा । २ अर्ब हिन्दुको आस्था छ उनीप्रति यहाँसम्म उनले भन्दै नेपालका कम्युनिष्टहरु कार्ल माक्र्स, लेनिन, स्टालिन, माओत्सेतुंगको फोटो आ–आफ्नो कार्यालयमा राखी उनीको सिद्धान्तमा चल्छन् । यी सबैहरु पनि आखिर विदेशी थिए यिनीको सिद्धान्तमा यहाँका कम्युनिष्टहरु किन चलेको भनि प्रतिप्रश्न गरेका छन् । यस्तो प्रतिउत्तरको स्वरको कारण गणतन्त्र वादीहरुको निद्रा हराएको छ । माओवादी केन्द्रले यही १५ गतेदेखि काउन्टर आन्दोलन चलाउने तयारी गरेको छ भने अन्य राजनीतिक दलहरुले मौनता अपनाएका छन् । काँग्रेस, नेकपा एमाले जस्तो दलले मौनता अपनाएको देखिन्छ । यस्तो मौनताले अनुमान गर्न सकिन्छ कि हिन्दु राष्ट्र र राजतन्त्रको पुनस्र्थापना निश्चित छ । व्यवस्था परिवर्तनमा थोरै ढिलो चाँडो हुन सक्छ तर अब परिवर्तन अवश्य नै हुनेछ । देशमा निरंकुशताको अन्तको लागि गणतन्त्रवादी राजनीतिक दलले क्रिश्चियन राष्ट्रहरुको निर्देशन र सहयोगमा २०६२।०६३ मा जन आन्दोलन भाग–२ चलाएका थिए । यो आन्दोलनको परिचालन भारतको कम्युनिष्ट नेता सिताराम येचुरी जस्ताले गरी रहेका थिए । कम्युनिष्टको उद्देश्य थियो कि नेपालमा गणतन्त्रको आडमा यहाँ नास्तिकता र धर्म परिवर्तन चलाई यहाँको प्राचीन धर्म, संस्कृति, सभ्यता र इतिहास मेटाइ यसलाई क्रिश्चियन देश बनाउन सकिन्छ । त्यसै अनुरुप जनआन्दोलन भाग–२ को सफलतापछि यहाँ क्रिश्चियनिटी तिव्र गतिले फैलाइयो अमेरिकी संस्था युएसआईडीको सहयोगमा देश भरी नै चर्चहरुको स्थापना भयो हिन्दुहरुको पशुपति क्षेत्रमा पनि क्रिश्चियन चर्च र चिहान बन्यो यस्तो अधार्मिक कार्यको कारण देशका ८५ प्रतिशत नेपाली जनता आहत बन्दै उनीको मनमा आक्रोशको ज्वाला दन्की रहेको थियो । यो आक्रोशको ज्वाला अब बाहिर आउन थालेको छ हिन्दुहरुको महान पर्व फागु पूर्णिमा होलीमा राजधानीको बसन्तपुरमा होली महोत्सवको आयोजना गरियो यस कार्यक्रममा पनि हिन्दु राष्ट्र र राजतन्त्रको समर्थनमा नारा घन्कियो । यस्तो अवस्था बनेको छ देशमा । परिवर्तनको माग अब देशभरी नै उठ्न थालेको छ । देशको तराई क्षेत्रका जनताको हिन्दु धर्ममा आस्था छ यस कारण आगामि केही दिनभित्रै नै सम्पूर्ण तराई क्षेत्रम हिन्दु राष्ट्र र राजतन्त्र फर्काउनको लागि संघर्ष छेडिने तयारी भई रहेको छ । यस्तो संघर्षमा नेपाल सेना र नेपाल प्रहरीको भूमिका के रहन्छ यसबारेमा पनि चर्चा परिचर्चा हुन थालेको छ । यो चर्चा चली रहेको समय नेपाल सेना प्रमुखले नेपाल सेना जनताको पक्षमा रहने भनाई सार्वजनिक गरेकोले शाही सेना पनि परिवर्तनको पक्षमा खडा रहने सम्भावना छ । यसको कारण हो देशका जनताले दिइएको रकमबाट नै सेना र प्रहरीले तलब पाउँछन् अब संकटको घडीमा जुन जनता देशलाई बचाउन सडकमा उत्री रहेका छन् त्यस्ता निहत्था जनतामाथि सुरक्षा निकायले गोली कसरी चलाउन सक्छ ? यस्तो पनि चर्चा भई रहेको छ । जे होस् सम्पूर्ण देश अब परिर्वतनतर्फ बढ्न थालेको छ यस कारण यो परिवर्तनको पाइलालाई कसैले पनि रोक्न सक्दैन । आदोलनमा उत्रेका नेपाली जनतामाथि बल वा गोली प्रहार गरी हानी नोक्सानी गणतन्त्रवादी नेताहरुले गर्छन् भने २०६२।०६३ मा ज्ञानेन्द्र सरकारले देश छाडेर नजाने बरु यहीं बस्ने भनेका
थिए । यस्तो कुरा गणतन्त्रवादी नेताले शायद भन्न नसक्लान् । जय हिन्दु राष्ट्र ।