चरम भ्रष्टाचारको कारण अन्ततः देश अर्काे परिवर्तनतर्फ बढेको छ । २०६२।०६३ को जनआन्दोलन भाग २ को सफलतापछि आएको लोकतन्त्र, गणतन्त्रले जनताको इच्छा र आकाँक्षा अनुरुप न त कार्य गर्न सक्यो न वाचा गरे अनुसार सबैलाई बराबरीको हक अधिकार दिन सक्यो २०७२ असोज १ मा बनेको नयाँ संविधानले यो कुरा सम्बोधन गर्न सकेन जसको कारण बनेको संविधानको आजसम्म बहिष्कार हुँदै आएको छ । यसरी लोकतन्त्र गणतन्त्र एक किसिमले पूर्ण रुपले असफल भएको अधिकाँशहरुको भनाई रहेको छ । रोजगार खोज्दै १ करोड भन्दा बढी युवा शक्ति रोजगार खोज्दै विदेशिएका छन् । उनी त्यहाँ सस्तोमा श्रम बेच्न बाध्य छन् । देशमा भने यस्तो स्थिति छ कि यहाँका उद्योग व्यवसाय धरासाई बनी सकेको छ । व्यापार व्यवसाय चौपट बनेको समय उल्टै उद्योगी व्यापारी बैंकको चर्काे ब्याज दरले आत्महत्या गरी रहेका छन् देशमा रहेका व्यापारिक प्रतिष्ठानको शटरमा धमाधम ताल्चा लागी सो शटर बन्द भई रहेका छन् । चारैतर्फ अहिले डर त्रासको अवस्था बनेको छ । यस्तो छैन कि देशमा गरीबी छ यो अवश्य छ कि धनी अझ धनी, गरीब अझ गरीब बन्दै गएका छन् । विशेषकर देशका प्रमुख राजनीतिक दलका नेता लोकतन्त्र गणतन्त्रको फाइदा उठाई करोडौं करोड रकम कमाएका छन् । भर्खरै यस कुराको पर्दाफास भएको छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि नेपालमा खर्बाै रकम युएसआईडी मार्फत नेपालमा नास्तिकता फैलाउन गएको छ । उनले आफ्नो अभिव्यक्ति मार्फत नेपाली नेताको औकात समेत देखाएका छन् । राष्ट्रपति ट्रम्पको भनाईले पुष्टि हुन्छ कि नेपालको प्राचीन धर्म संस्कृति र सभ्यता मेटाउन यिनी तमाम एनजीओ आइएनजीओलाई यहाँ तिव्र रुपमा धर्मान्तरण अभियान चलाउने छुट दिइए जसबाट देशको विभिन्न भागमा करीब ७० हजार भन्दा बढी ठूलो सानो चर्चहरुको स्थापना भएको छ । अमेरिका, दक्षिण कोरियाबाट पठाइएको त्यति ठूलो रकमको सदुपयोग हुन्थ्यो भने केही वर्ष भित्रै देशको कायापलट हुने थियो । थोरै रकम नास्तिकता फैलाउन खर्च गरियो अधिकाँश रकम बाँडीचुडी खाइयो । यस कारण प्रमुख राजनीतिक दलका नेतालाई अहिले सम्पूर्ण विश्वमा अपमानित बन्नु परेको छ । प्रमुख राजनीतिक दलका नेताहरुबाट ठूला ठूला भ्रष्टाचार भएको छ । यो भ्रष्टाचार घटनाको उल्लेख गर्न अप्ठ्यारो छ तर भ्रष्टाचार मध्येका केही प्रमुख घटनाको नाम अवश्य लिन सकिन्छ त्यो भ्रष्टाचारको नाम हो ललिता निवास जग्गा काण्ड त्यस्तै सगरमाथा जग्गा प्रकरण, पशुतिनाथ मन्दिरमा सुनको जलपमा प्रयोग हुने ११ किलो सुनमा मिसावट, साइकल काण्ड, बुढी गण्डकी काण्ड, राष्ट्रिय परिचयपत्र लागु गरी नेपालीको डाटा विदेशमा पठाउने, सेक्योरिटी प्रेस काण्ड, धरानको पानी काण्ड, भृकुटी कागज कारखाना काण्ड ओमनी काण्ड कोभिडको समयमा औषधिमा अनियमिततापूर्ण कार्य, महाकाली सन्धि काण्ड, २५ मेगावाटको सोलार काण्ड, एनसेल कर छली प्रकरण, झापामा चिया विकास काण्ड, सीसी टीभी क्यामेरा कमिसन काण्ड, वाइडबडी काण्ड, ३३ कुन्टल सुन, सर्प पालन काण्ड, ओमनी काण्ड, बाँसबारी जग्गा काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी काण्ड र झापाको बिर्तामोडमा रहेको गिरिधर टि स्टेट जग्गा प्रकरण जस्ता भ्रष्टाचारहरु छन् यस्तो प्रकारको अन्य सैयौं भ्रष्टाचारका घटनाले देशको आर्थिक स्थिति बिग्रेको हो । प्रायः सबै राष्ट्रमा यस्तो भ्रष्टाचारका घटनाहरु अवश्य नै घटेका छन् तर भ्रष्टाचार नियन्त्रणका लागि त्यहाँ छानबीन पनि हुन्छ र दोषीलाई सजायँ पनि मिल्छ । उदाहरणको रुपमा लिऊँ भने छिमेकी देश चीनमा रेलमन्त्रीको भ्रष्टाचार साबित हुँदा उनीलाई फाँसीको सजायँ सुनाइएको थियो उनी रेलमन्त्रीले लामो समयम्म देशको सेवा गरेको मनन गरी पछि फाँसीको सजायँलाई जन्मकैदमा परिणत गरिएको थियो । अर्काे छिमेकी देश भारतको कुरा गरौं भने वित्तमन्त्री पी चिदम्बरम, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायत आप पार्टीका तमाम नेतामाथि कारवाही गरियो । काँग्रेसको शिर्ष स्तरका नेता सोनिया गाँधी, राहुल गाँधीमाथि कारवाही चल्दा उनीहरु बेलमा रिहा हुनु भारतमा यस्तो भ्रष्टाचारका घटना अनगिनत छन् तर सबै घटनमा कारवाही भएको देखिन्छ तर हाम्रो देशमा भ्रष्टाचार तलदेखि माथिसम्म छ । भ्रष्टाचार गरी तमाम नेताले अर्बाैं रकम विदेशमा लगी थुपारेका छन् तर यस्ता भ्रष्टाचारको घटना कोही उठाउँछ भने त्यस्ता भ्रष्ट नेताहरु बच्नको लागि आरोप लाग्दैमा देशको लोकतन्त्र र गणतन्त्र खतरामा परेको दुहाई दिँदै उल्टै भ्रष्टाचार विरुद्ध लड्नेलाई जेल पठाउँछन् । यस्ता भ्रष्टाचार घटनाको कारण देशको व्यवस्था लरबराएको छ र अब मुलुकमा अर्काे परिवर्तनको आँधी बेहेरी आउने संकेत देखा पर्न थालेको छ । यो आँधी बेहेरी भर्खरे पोखराबाट उठेको छ । त्यहाँ हिन्दु राष्ट्रको पुनस्र्थापना, राजतन्त्रको स्थापना, भ्रष्टाचारको अन्त, संघीयता र लोकतन्त्र गणतन्त्रको समाप्ति र २०४७ को संविधान पुनः लागु गर्नका लागि बिगुल बजी सकेको छ । यो विद्रोहको बिगुल अब देशभरी नै बच्ने अवस्था बनेको देखिन्छ । शाहवंशका लोकप्रिय र अति दयालु राजा अहिले स्वयं नै मैदानमा उत्री सकेकोले अब परिवर्तन अवश्य नै हुने सहजै अनुमान लगाउन सकिन्छ । यसको कारण हो जब २०६२।०६३ मा निरंकुशता र राजतन्त्रको अन्त विदेशी युरोपियन देशको इशारामा छद्मभेषधारीबाट बढ्न थाल्यो त्यस समय राजा ज्ञानेन्द्र स्वयं आफ्नो हातबाट श्रीपेच फुकाली राजगद्दीको त्याग गरी नागार्जुन जस्तो जंगलमा बस्न रुचाए । उनीको यस्तो त्यागको अनुभूति दबे कुचलेका, शोषित पीडित नेपाली जनतालाई अहिले ज्ञात भएकोले अब विस्तारै जनता परिवर्तनको लागि सडकमा ओर्लिन थालेका छन् । यसबीच फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा राजा ज्ञानेन्द्रबाट बक्स भएको सम्बोधनले देशको तापक्रम एक्कासी नै बढाई दिएको छ । उहाँले नेताहरुलाई चुनौति दिँदै आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न सम्मको चुनौति दिनु भएको छ ।
चरम भ्रष्टाचारको कारण अन्ततः देश अर्काे परिवर्तनतर्फ बढ्दै।
Monday, March 03, 2025
0
Tags