– मनोज कुमार कौशल
नेपालगन्ज । संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको खारेजी र राजसंस्थाको पुनस्र्थापनाका लागि नेपाली जनता सडकमा ओर्लिन थालेका छन् ।
फागुन ७ गते दिन प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट जनतामा सम्बोधन भएपछि हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि देशभरी नै माग बढेको छ । पोखराबाट राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रवादी शक्तिहरुले अभियान चलाएका छन् उनी राष्ट्रवादीहरुको अभियान अब संघर्षतर्फ बढ्न थालेको छ राजधानीको अतिरिक्त जनकपुर, धनगढी लगायत स्थानमा राजसंस्थाको पक्षमा मोटरसाइकल ¥याली निस्कन थालेको छ । फागुन १९ का दिन नेगउमनपा वडा नं. १३ बाँकीबगियास्थित ऐतिहासिक रामलीला मैदानबाट आज दिउँसो १२ बजेबाट बाँके जिल्लाका राष्ट्रवादी शक्तिहरुले राजसंस्थाको समर्थनमा वृहत मोटरसाकल ¥यालीको आयोजना गरेका छन् । यही चैत्र महिनादेखि हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको लागि देशभरी नै ठूलो संघर्ष चलाउने
कुरा राष्ट्रवादी शक्तिहरुले घोषणा गरेकोले लोकतन्त्र र गणतन्त्रका हिमायती माथि ठूलो संकट आउने सम्भावना बढेको छ । २०६२।०६३ को जनआन्दोलन भाग२ हुँदा त्यस समय हिन्दु राष्ट्र र राजसंथाको अंत गर्न केही पनि भनिएको थिएन तर जनआन्दोलन भाग २ को सफलतापछि नेपाली जनताको अभिमत नबुझी विदेशीको दबावमा यसको अंत गरिएको थियो हिन्दु राष्ट्रको अंतबाट देशका ८५ प्रतिशत नेपाली जनता आहत बनेका थिए । अहिले यो असन्तुष्टि उनीको बाहिर आएको देखिन्छ । अमेरिका लगायत केही राष्ट्रले नास्तिकता फैलाउन युएसआईडी मार्फत अर्बाैं रकम नेपालमा धर्मान्तरणका लागि र क्रिश्चियनिटी बढाउन भित्र्याएका थिए यस कुराको पर्दाफास अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य केही ठूला राजनेताले गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेतालाई फ्राड र भ्रष्टाचारीसम्म भने यसबाट देशका राष्ट्रवादी शक्तिहरु नेपाली स्वाभिमानको रक्षाको लागि हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि संघर्ष छेड्ने भएका छन् । संघर्षको कार्यक्रम चैत्रदेखि चल्ने भएपनि हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापना २०८२ अषाढसम्म हुने अधिकाँश हरुले अनुमान गरी रहेका छन् । देशमा ५०औं वटा ठूला ठूला भ्रष्टाचारहरुको घटना घटित भएको छ यस भ्रष्टाचारबारे आवाज उठाउँदा लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताउँदै आवाज उठाउनेहरुमाथि कारवाही गरी जेल पठाउने कार्यले देशमा चरम असन्तोष बढेको छ । वर्तमान समय देशमा रहेको उद्योग व्यवसाय बन्द भई यहाँको अर्थ व्यवस्था बिग्रिएको छ । बेरोजगारीको कारण १ करोड भन्दा बढी युवा शक्ति विदेश पलायन गरेका छन् । देशको मूल निवासी विदेशिँदै छन् तर लोकतन्त्र र गणतन्त्रको कमी कमजोरीको फाईदा उठाई विदेशी शरणार्थीको अवैध घुसपैठको कारण देशको स्थिति झन झनै खराब भएको छ यसर्थ देशको अवस्था र व्यवस्था सुधार्न राजसंस्थाको पुनस्र्थापना आवश्यक रहेको देखी राजा ज्ञानेन्द्र शाहले आफूलाई सहयोग पु¥याउन नेपाली जनतालाई प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आव्हान गरेका छन् कि अहिले नेपालको छिमेकी देश चीन र भारत दुवैसँग सम्बन्ध बिग्रेको छ । अमेरिकामा आएकोे नयाँ सरकार नेपालसँग सशंकित रहेकोले त्यसले एमसीसी स्थगन गरेको छ यसरी सबै तर्फबाट असहयोग हुन थालेपछि नेपाली राजनीतिमाथि ठूलो संकट आउने भएको छ । यस्तै स्थिति अझ केही दिन रही रह्यो भने लोकतन्त्र र गणतन्त्रको आयु सिद्धिने अवस्थामा रहेको सर्वत्र नै बुझ्न थालिएको छ ।