भगवान शिवको महान रात्रि यही फागुन १४ गते बुधवार दिन भव्यताले मनाउने तयारी शुरु भएको छ । महाशिवरात्रि नेपाल र भारत दुवैको प्रमुख उत्सवको सूचीमा रहेकोले यो पर्व धेरै नै महत्वपूर्ण छ । फागुन मासको कृष्ण पक्षको चतुर्दशी तिथिमा भगवान शिवको ज्योतिर्लिंग प्रकट भएकोले यसलाई महाशिवरात्रिको रुपमा मनाइँदै आइएको छ । प्रलयको बेलामा यसै दिनको समय भगवान शिव ताण्डव गर्दै ब्रम्हाण्डलाई आफ्नो तेस्रो ज्वालाले भष्म पारी दिने गर्छन् । यस कारण यसलाई भगवान शिवको जलरात्रि पनि भन्ने गरिन्छ । यस दिन भगवान शिवको बिहे माता पार्वतीसँग भएको थियो यस कारण महाशिवरात्रि पर्वको दिन रात्रिमा उहाँको बरियात पनि निकाल्ने परम्परा रहेको छ । वैदिक सनातन धर्मको अनुयायी यस पर्वलाई बडो भव्यताले मनाउँछन् । महाशिवरात्रिलाई विशेष महत्व यस कारण दिने गरिन्छ कि सनातनीहरु विश्वको कुनै भागमा बसोबास गरुन् उनी यो पर्व श्रद्धाभक्तिपूर्वक अवश्य नै मनाउँछन् । भगवान शिवको प्रमुख स्थान काशी नगरी हो भने यस्तै अमरनाथ गुफा, हिमालय पर्वत, पशुपतिनाथ सहित कैयन स्थान छन् धार्मिक मान्यता छ कि महाशिवरात्रिको दिन भगवान शिवलाई गंगाजल अर्पित गर्नुपर्छ यो वस्तु उहाँलाई अर्पित गरे भगवान चाँडै नै खुशी हुन्छन् र आफ्नो भक्तहरुलाई मनोवाञ्छित फल दिने गर्छन् । नेपालीहरुमा यो मान्यता छ कि शिवमा सृजन र संहारको क्षमता छ । उनीहरुको यो पनि मान्यता छ कि शिव आशुतोष हुनुहुन्छ । यसको अर्थ हो छिट्टै र सहज रुपले खुशी हुने यसै भावनालाई लिएर उहाँलाई गंगाजल अर्पित गरिन्छ । शिवरात्रि पर्व १ वर्षमा १२ वटा पर्छन् र महाशिवरात्रि १ वर्षमा १ पटक पर्छ श्रावण मासको मासिक शिवरात्रि शिवको अंश भएकोले श्रावण महिनाको यो शिवरात्रिले बडो महत्व राख्छ । भगवान शिवलाई अनेकौं नामले चिनिन्छ उहाँको नाम महादेव, अर्थात देवहरुको पनि देव त्यस्तै शंकर कल्याणकारी, महाकाल कालहरुको पनि काल, ४ वटा नटराज नृत्यका देउता, भोलेनाथ, सरल अर्थात भोले स्वभाव भएका त्रिनेत्रधारी ३ वटा आँखा भएका रुद्र प्रचण्ड, नीलकण्ठ कण्ठमा कालकूट विष धारण गरेका, यसरी उहाँको १०८ वटा नाम छ । त्यो नाम हो महेश्वर, शम्भु, पिनाकी, शशिशेखर, वामदेव, शम्भु, कपर्दी, विरुपाक्ष, नील लोहित, शूलपाणी, खटयोगी, विष्णुवल्लभ, शिपिविष्ट, अम्बिकानाथ, श्रीकण्ठ, भक्तवत्सल, भव, शर्व, त्रिलोकेश, शिविकण्ठ, शिवाप्रिय, कपाली, कायारी, सुरसूदन, गंगाधर, ललाटाक्ष, कृपानिधि, भीम, परसुहस्त मृगपाणी, जटाधर, कैलाशवासी, कवची, कठोर, त्रिपुरान्तक, वृषांक, वृषममारुढ, भस्मोधुलितविग्रह, सामप्रिय, स्वरमयी, त्रयीमूर्ति, अनीश्वर, सर्वज्ञ, परमात्मा, सोमसूर्याग्निलोचन, हवि, यज्ञमय, सोम, पंचवक्त्र, सदाशिव, विश्वेश्वर, वीरभद्र, गणनाथ, प्रजापति, हिरण्यरेता, दुर्घुर्ष, गिरिश, गिरिश्वर, अनद्य, भुजंगभूषण, भर्ग, गिरिधन्वा, गिरिप्रिय, कृतिवासा, पुराराति, भगवान, प्रेमथाद्यिप, मृत्युञ्जय, सूक्ष्मतनु, जगद्यापी, जगदगुरु, व्योमकेश, महासेनजनक, चारु विक्रम, भूतपति, स्थाणु, अहिव्र्रुध्न्य, दिगम्बर, अष्टमूर्ति, अनेकात्मा, सात्विक, शुद्रविग्रह, शास्वत, खण्डपरसु, अजा, पाशविमोचन, मृड, पशुपति, देव, महादेव, अव्यय, हरि, पूषदन्तभित, अव्यग्र, दक्षाध्वरहर, भगनेत्रभिद, अव्यक्त, सहस्रपाद, अपवर्गप्रद, अनन्त, तारक, परमेश्वर लगायत यो सबै नामको छुट्टा छुट्टै नै विशेषता छ । भगवान शिवको एक छोरीको नाम उषा अशोक सुन्दरी थियो त्यसो त उहाँको कैयन छोरीहरु छन् जसलाई नागकन्या भनिएको छ । जया, विषहर, ज्योति र मनसादेवी शामिलवारी देव र दोतलि त्यस्तै उहाँको छोराहरु गणनन्दी, कार्तिकेय, अयपा र गणेश, मुरुगन, सुकेश लगायत छोराहरुको नाम धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ । शिवलिंग एउटा प्रतिकको रुपमा छ यसको अर्थ हो उर्जाको भण्डार । हामी परमाणु भट्टीको आकार देख्यौं भने ठिक शिवलिंग जस्तै छ यही कारण हो शिवलिंगलाई वैदिक सनातन धर्मावलम्बीहरु यसलाई उर्जा जस्तो मान्दछन् । आणविक भट्टी परमाणु भट्टी पनि धेरै नै तातो हुन्छ यस्तै प्रकार शिवलिंगमा भारी उर्जा रहन्छ यस कारण त्यसलाई शितल पार्न शिवलिंगको माथि तामाको वा माटोको घैंटो झुण्ड्याइन्छ जसबाट थोरथोरै जल एक एक थोपा खस्दै रहन्छ । यसरी शिवलिंगको वैदिक सनातन धर्ममा ठूलो महत्व छ । कैलाश पर्वतलाई भगवान शिवको निवास मानिन्छ । कैलाश पर्वत्रको उचाई ६,६३८ मीटर (२१,७७८ फिट) छ । यस पर्वतको उचाई माउन्ट एभरेष्ट भन्दा कम छ तर आजसम्म कोही व्यक्ति भने कैलाश पर्वतमा चढ्न सकेन । माउन्टएभरेष्टमाथि अहिले सम्म ७ हजार भन्दा बढी पर्वतारोही चढी सकेका छन् । तर आजसम्म कोही पर्वतारोही कैलाशपर्वतमाथि चढ्न सकेको छैन यसको कारण हो कैलाश पर्वत मानव निर्मित पिरामिड जस्तो छ । अधिकांशहरु यहाँ भगवान शिवको पुरा परिवार निवास गर्छ यस्तो मान्यता छ । भगवान शिव मात्र यस्ता देउता हुन् जो कि पूर्ण शास्वत र सत्य छन् । छिट्टै खुशी हुने कारण अधिकाँशहरु उहाँको उपासना गरी मनोवाञ्छित फल प्राप्त गर्छन् । महाशिवरात्रि पर्व नेपालको एक महान पर्व हो यस पर्वमा टाढा टाढाबाट अनकण्टार गुफामा बसी तपस्या गरी रहेका ऋषि महर्षि साधुसन्तहरु भगवान पशुपतिनाथको दर्शन गर्न राजधानीमा पुगी भगवान शिवको आराधना गर्छन् त्यस्तै भारी मात्रामा शिवभक्त विभिन्न देशबाट महाशिवरात्रि पर्वको दिन अनेकौंहरु भाँग, गाँजा लगायतको सेवन गर्छन् यस्तो कार्य गलत हो । भगवान शिवलाई खुशी पार्न नशालु पदार्थको सेवन कहिल्यै गर्नु हुँदैन उहाँको उपासना गर्दैमा सबै प्रकारको सुख शान्ति र समृद्धि प्राप्त हुन्छ । जब देउता र राक्षसहरु मिलेर समुन्द्र मन्थन गरे त्यस समय अमृत कलशको साथ कालकुट विष पनि निस्क्यो कालकुट विषको असरले वातावरण विषाक्त बन्न थाल्यो यसबाट जगतका प्राणीहरुको जनजीवन अति नै कष्टकर बन्यो सबै प्राणीको रक्षाको लागि भगवान शिवले जगत कल्याणको लागि सो कालकुट विष आफ्नो कण्ठमा धारण गरी नीलकण्ठ बन्नु भयो । यस कारण शिवको कण्ठ नीलो प्रकारको छ । यसरी भगवान स्वयं विष धारण गरी सबैको कल्याण गर्