– मनोज कुमार कौशल
नेपालगन्ज । महिला उद्यमी संघ बाँकेको आयोजनामा फागुन १० गते शनिवारसम्मका लागि नेपालगन्जको बागेश्वरी मन्दिर पार्कमा ९औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१ को आयोजन भएको छ ।
फागुन ६ गते मंगलवार दिन नेपालन्जमा उद्घाटन कार्यक्रम आयोजित भएको थियो । यस प्रदर्शनीका मुख्य आयोजक के.एल. दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले उद्योगी व्यवसायीले राज्यका नीति नियम कानुनको पालना गर्छन् उद्योग व्यवसाय सञ्चालन गनुपर्ने बताउँदै उनले कानुन परिवर्तन भइ रहन्छन् त्यसको जानकारी दिइने जिम्मेवारी सरकारको हो । महिलाहरुको उत्पादनलाई गुणस्तरीय बनाउन यो प्रदर्शनी महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
त्यस्तै नेपालगन्ज उमनपाका प्रमुख प्रशान्त विष्टले महिलाहरुलाई उद्यमी बनाउन सहकार्यका लागि उमनपा तयार रहेको धारणा व्यक्त गरे । महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले भनिन्, विन बाँकेले सधैं नमूना काम गर्ने गरेको छ, विनको इतिहासमा बाँकेको छुट्टै योगदान छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा लग्ने काम शुरु गरेका छौं जानकारी दिँदै महिला उद्यममा सक्षम हुनु भनेको देशको आर्थिक विकास बलियो हुनु हो । देशको विकासमा स–साना उद्योगको महत्वपूर्ण योगदान छ भनिन् ।
उक्त कार्यक्रममा विन लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले भनिन्, ‘हामीले थोरै बजेटबाट यो प्रदर्शनीको शुरुवात गरेका थियौं । शुरुवातमा ७ वटा स्टलबाट शुरु गरियो । अहिले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा पुगेका छौं । यसलाई अझ सशक्त बनाउन हामी सबैले नै मिहिनेत गर्नुपर्ने जरुरी छ भनिन् ।
नेपाल महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेलले, ‘यो प्रदर्शनीले घरमा बसेका दिदीबैनीहरुलाई उद्यमशीलतामा जोड्ने काम गरी रहेको छ । गाउँ तथा शहरमा भएका महिलाहरुलाई आफ्नो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित यो प्रदर्शनीको आयोजना गरिएको बताइन् ।
उद्घाटन समारोहमा कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदी, खजुरा गापा उपाध्यक्ष मन्जु मल्ल, बैजनाथ गापा उपाध्यक्ष निर्मला रोकाय, नेपालन्ज उमनपा नि. उपप्रमुख उमा थापामगर, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लायनका पूर्व गभर्नर मधुसदन शर्मा रिजाल लगायतले महिलाको आर्थिक समृद्धि सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए । विन बाँकेकी अध्यक्ष सावित्री पोखरेल बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा बाँके, बर्दिया, सुर्खेत, दांगका जिल्लाबाट आएका महिला उद्यमीहरुले आफ्नो उत्पादन प्रदर्शनीमा राखेकी थिइन् । प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफुबाट उत्पादित वस्तु प्रदर्शनीको लागि राखेकी थिइन् । प्रदर्शनी स्टलमा मस्यौरा, खुकुरी, स्थानीय उत्पादनको बेसार अचार, ह्याण्ड मेड जुत्ता, ढाकाको कपडा, कोसका सामान, हस्तकलाका सामान, तोरीको तेल लगायत बिक्री वितरणका लागि राखिएको थियो । महिला उद्यमशीलताको प्रवद्र्धनका ला िराज्यको ध्यान जानुपर्ने कुरामा सहभागी वक्ताहरुले जोड दिएका थिए ।