यतिखेर सम्पूर्ण नेपालगन्ज उपमहानगर पालिकामा लागु औषधको कारोबार निकै नै बढेको छ यस नगरको कुनै स्थान यस्तो छैन जहाँ लागु औषधको कारोबार नभई रहेको होस् यस्तो छैन कि लागु औषध बेचबिखन गर्नेहरुलाई पक्राउ गरिएको छैन । विभिन्न समयमा यस्को कारोबारी पक्राउ पनि परेका छन् तर यस्तो कारवाही अपुग नै छ पक्राउ परेकाहरुमा अधिकांशहरु लागु औषध सेवन गर्नेहरु छन् । उनीहरुलाई पक्राउ गरिन्छ र केही समयमा मुक्त गरिन्छ यसरी लागु औषध नियन्त्रण गर्ने कारवाही दिखावटी मात्र साबित भएको छ । हुनु त यो पथ्र्याे कि नगरको कुन कुन भागमा लागु औषध बेचबिखन गर्ने समूह सक्रिय छन् यो जानकारी लिई त्यस्ताहरुलाई पक्राउ गरी कडा सजाएँ दिलाउनु जरुरी छ । वर्तमान समय नेपालगन्जमा गाँजा, चरेस, हेरोइन, कोकेन, स्मैक, ब्राउनसुगर र अन्य विभिन्न लागु पदार्थको बेचबिखन ह्वात्तै बढेको देखिन्छ नेपालमा गाँजा, ब्राउन सुगर र अन्य लागु पदार्थ सस्तो भएकोले त्यस्को ‘ट्रेन्ड’ देखिएको हो । तर जति लागु पदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यस अनुसार नियन्त्रणका लागि जनशक्तिको अभाव रहेको देखिन्छ । नेपालमा लागु पदार्थ भित्रिने प्रमुख ४ वटा नाकाहरु रहेका छन् । त्यस्ता नाकाहरुमा त्रिभुवन अन्तरर्राष्ट्रिय विमान स्थल, नेपालगन्ज, भैरहवा तथा काँकडभिट्टा रहेको छ । विभिन्न मुलुकबाट नेपालमा लागु पदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको छ । नेपाल भारतको खुल्ला सीमाको फाइदा उठाउँदै दुवै देशमा लागु औषध ल्याउने लैजाने कार्य चल्दै आएको छ । नेपालबाट भारततर्फ चरेस, गाँजा, हेरोइन, ब्राउनसुगर जस्तो पदार्थ त्यतातर्फ जाने गरेको छ त्यस्तै भारतबाट नेपालमा स्मैक र अन्य नशालु औषध भित्रिने गरिएको छ । अहिले भारतको बहराइच जिल्लास्थित कारागारमा भारी संख्यामा नेपालीहरु त्यहाँ लागु पदार्थको ओसार पसार गर्दा पक्राउ परी जेल जीवन व्यतीत गरी रहेका छन् बहराइचको कारागारमा नेपाली महिला पनि भारी संख्यामा पक्राउ परी जेलमा बसेकी छिन् । नेपाल भारत सीमामा तैनाथ सुरक्षा बल एसएसबीले चेक जाँच गर्ने क्रममा धेरै जना नेपालीहरुलाई पक्राउ गरेको हो । लागु पदार्थ दुव्यर्सन र कारोबारको स्थिति अति नै भयावह छ । सरकारले लागु पदार्थ नियन्त्रण गर्ने खासै नीति नल्याएकोले यसको कारोबारमा भारी वृद्धि भएको छ । वर्षेनी लागु पदार्थ दुव्र्यसनमा संलग्न हुनेहरुको संख्या बढ्दै गएपनि सरकारको आँखा विशेष रुपले त्यस क्षेत्रमा पर्न सकेको छैन नेपालगन्ज उमनपामा लागु औषध नियन्त्रण गर्नुको साटो सुधार केन्द्रलाई मात्र प्राथमिकता दिइएको छ । लागु औषध सेवन गर्ने यस्ता सुधार केन्द्रमा कमै व्यक्तिको सुधार भएको देखिन्छ । आफ्नो व्यक्तिलाई सुधारका लागि त्यस्तो सुधार केन्द्रमा पु¥याउँदा ठूलो रकम उनीको अभिभावकले तिर्नु पर्छ तर त्यस्तो सुधार केन्द्रबाट सकारात्मक परिणाम नमिल्दा अभिभावकहरुको पकेट मात्र कट्ने गरेको छ । अहिले आवश्यकता यो छ कि सम्बन्धितले यहाँ लागु औषधको बेचबिखन गर्ने कति जना ठूला ठूला व्यापारीहरु छन् यसबारेमा अनुसन्धान हुनुपर्ने जरुरी भएको छ । जुन दिन यसका कारोबारी पक्राउ पर्नेछन् त्यो दिन यहाँबाट यसको कारोबार समूल रुपले समाप्त हुन्छ । यस कारण लागु औषधको कारोबार सम्बन्धमा नागरिकको सामुहिक रुपमा आवाज उठ्नुपर्ने जरुरी भएको छ लागु पदार्थले एक व्यक्तिको जीवन बर्बाद पार्दैन बरु सम्पूर्ण समाजलाई नराम्रो ढंगले प्रभावित पार्छ । अब लागु औषध नियन्त्रणको लागि संघर्ष छेड्नुपर्ने समय आएको छ । लागु औषध नियन्त्रणको लागि नागरिकले प्रशासनलाई दबाव दिए मात्र प्रशासनिक निकाय बिउँझिन्छ । तसर्थ यस नगरलाई अब धेरै बर्बाद हुन नदिउँ । लागु औषधको विरुद्धमा सबै उत्रौं र आफ्नो भावी सन्ततिको भविष्य उज्जवल बनाउनेतर्फ
लागौं ।