– मनोज कुमार कौशल
नेपालगन्ज । गुलियन बेरी सिन्ड्रोम एउटा ओटोइम्युन रोग हो । यो रोगबाट व्यक्ति ग्रसित भएपछि शरीरको रोग प्रतिरोधी क्षमता घट्छ र शरीरको नसामाथि यसले आक्रमण गर्छ जसबाट व्यक्ति पेरालाइसिस हुन सक्छ । यसले गम्भीर स्थितिमा शरीरको. कमजोर सिस्टममाथि आक्रमण गर्छ । यो समस्या प्रायजसो कुनै भाइरल वा बैक्टीरियल इन्फेक्सनको पछि हुन्छ । गुलियन बेरी सिन्ड्रोमको प्रारम्भिक लक्षणहरुमा शरीरमा कमजोरी, शरीर झम्झमाउनु, मांसपेशीहरु दुख्नु जुनकि शरीरको तलको भागबाट फैलिन शुरु हुन्छ विस्तारै विस्तारै माथिको भागसम्म फैलिन थाल्छ यो स्थितिबाट व्यक्तिको दैनिक गतिविधि समेत प्रभावित पार्छ र कहिले कहिले स्वाँस फेर्नमा कठिनाई हुन थाल्छ । समयमा यसको उपचार गराए यसको असर कम गर्न सकिन्छ । यो रोग तिव्र गतिले बढ्छ यसको समयमा उपचार नभए गम्भीर रुप लिन थाल्छ । कोही व्यक्तिलाई कमजोर शरीर झम्झमाउने हिँड्डुल गर्न कठिनाई हुन्छ भने तुरुन्तै उपचार गराउनेतर्फ लाग्नुपर्छ शुरुआतको लक्षणलाई अनदेखा गरे यो रोग तिव्र गतिमा बढदै जान्छ र व्यक्ति सधैंको लागि अपांग समेत बन्न सक्छ । यो रोग बच्चा र वृद्धलाई अधिकांश लाग्ने गर्छ अहिले यो रोग तिव्र गतिले बढ्न थालेको छ । हालसम्म यसको कुनै सफल उपचार निस्केको छैन । यसको लागि केही कुरामा सावधानी राख्नु जरुरी छ । सबै भन्दा पहिले सन्तुलित आहार सेवन गर्ने । छिमेकी देश भारतमा यसको २४ जना रोगी भेटिएका छन् गुलियन बेरी सिन्ड्रोम रोग लाग्दा ब्लड प्रेशर बढ्ने, भ¥यांगमा चढ्न असजिलो हुने, पिठ्यु दुख्ने, अनुहारको मांसपेशी कमजोर बन्दै जानु, बोल्नमा समस्या हुनु रहेको छ अमेरिको नेशनल डिसअर्डर एण्ड स्ट्रोकको अनुसार गुलियन बेरी सिन्ड्रोम एउटा रेयर न्यूरो लोजिकल रोग हो यस रोगमा इम्युन सिस्टम जुन कि हामीलाई विभिन्न रोगबाट बचाउँछ हाम्रो पेरीफेरल नब्र्स सिस्टममा रहेको हेल्दी नर्व सेल्समाथि आक्रमण गर्छ । यसबाट पेरीफेरल नब्र्स डैमेज हुन्छ र नब्र्स सिस्टम सुनिन्छ । यस कारण हातखुट्टा कमजोर हुन थाल्छ । समयमा यसको उपचार भए रोगी निको हुन्छ प्रायजसो कुनै संक्रामक रोग जस्तो कि गैस्ट्रोएन्टिराइटिस (पेट वा आन्द्रा पोल्न थाल्छ) फोक्सोमा संक्रमण हुन थाल्छ छिमेकी देश भारतको कैयन राज्यमा यो रोग फैली सकेको छ । नेपालबाट तमाम व्यक्ति त्यहाँ काम विशेषले जाने गरेकोले आगामी समय यो रोग कुनै पनि समयमा यहाँ पनि भित्रिन सक्ने खतरा छ । यो रोग धेरैजसो कैम्पिलोबैक्टर जेजुनी,साइटोमेगालोवायरस, स्पस्टीन बार भाइरस, इन्फ्लुएन्जा र कोभिड–१९ जस्तो संक्रमणबाट शुरु हुन्छ।
गुलियन बेरी सिन्ड्रोम रोकथामको लागि संक्रमणबाट बच्नको लागि केही सावधानी आवश्यक छ यसको लागि पनि कोभिड–१९ जस्तै नै पटक पटक हात धुने, केम्पिलोबैक्टर जेजुनी जस्तो जीवाणु संक्रमणलाई रोक्न सफा स्वच्छ पोषिलो खाना खाने र स्वच्छ सफा पानीको सेवन गर्नु आवश्यक छ । डाक्टरको सल्लाह अनुसार फ्लुमाथि अन्य भाइरसको विरुद्धको भ्याक्सीन लगाउनु जरुरी हुन्छ यसमा फास्टफुड, जंकफुड, चाउचाउ, चाउमिन मःमः, पिज्जा, बर्गर लगायत खानु खतरनाक हुन्छ ।