समय परिवर्तनशील हुन्छ, बिहानदेखि दिउँसो, बेलुकी, साँझ र रात्रि र फेरी बिहान हुन्छ । एक वटा दिन पहिलो जस्तोको बिहान जस्तो भिन्न प्रकारको हुन्छ । युग परिवर्तन एउटा यस्तो परिवर्तन हो जुनकि केही दशक भन्दा बदलिँदो अवस्थाको हुन्छ । पृथ्वीको प्रारम्भमा सतयुग आयो फेरी त्रेता, द्वापर र फेरी कलियुगको शुरुवात भयो । यो कलियुग पनि केही समय पछि समाप्त हुन्छ र फेरी हामी सतयुगमा प्रवेश गर्छाैं । अहिले यस्तै प्रकारको समय छ । सम्पूर्ण विश्व फेरी युग परिवर्तनको संघारमा पुगी रहेको छ । यस समय कहिं आगलागीको घटना बढ्छ, कहिं ठूलो भुइँचालो आउँछ, कहिं विभिन्न संक्रामक रोग र विभिन्न नयाँ रोगहरु फैलिन्छ । हामी कोभिड १९ जस्तो संक्रमण भोगी सक्यौं अब नयाँ संक्रामक रोग पानीबाट फैलिने खतरा छ । सतयुग, त्रेता र द्वापर युगसम्म सुक्ष्म विज्ञान थियो । त्यस समय पाशुपतास्त्र, नागस्त्र, ब्रहमास्त जस्तो खतरनाक हतियार बन्यो कलियुगमा प्रत्यक्ष विज्ञानको प्रादुर्भाव बढ्यो यसमा परमाणु बम, हाइड्रोजन बम र विभिन्न किसिमको मिसाइल, ड्रोन आदि उत्पादन गरिए । भावी समयमा जल बम बनाउने तयारी छ यो जल बमको आक्रमणले नै सम्पूर्ण पृथ्वी जलमा डुब्ने अवस्थामा पुग्छ । भर्खरै केही दिन अघि अमेरिकामा आगलागीको घटना घट्दा केही शहरहरु जलेर खरानी भयो ठूलो जनधनको क्षति त्यहाँ भयो । अहिले केही ठाउँमा छिटपुट रुपमा भुइँचालो जान थालेको छ । हाम्रो देशमा ठूलो भुइँचालो जाने भूगर्भविद्हरुको भविष्यवाणी छ । अब ८.४ भन्दा बढी गतिको भुइँचालो जाने खतरा छ यसमा ठूलो जनधनको क्षति हुने अनुमान रहेको छ । युग परिवर्तनको समयमा केही देशबीच ठूलो युद्ध हुने जस्तो अवस्था छ । यस युद्धको प्रारम्भिक कालमा रसिया–युक्रेनबीचको युद्ध भयो त्यसको लगत्तै इजरायल–फिलिस्तीन–लेबनानसम्म युद्ध चल्दा लाखौं–लाख व्यक्ति मारिए । अब चीन–ताइवानबीच समय समयमा तनाव बढ्न थालेको छ । युग परिवर्तनमा भारतमाथि कैयन इस्लामी देश र चीनले आक्रमण गर्ने समेत भविष्यवाणी छ यस समय तेस्रो विश्व युद्धमा विश्वको ७५ प्रतिशत जनसंख्या नष्ट हुने भविष्यवाणी छ । भारतको जनसंख्या वर्तमान समय १ अर्ब ४० करोड जति छ । भारतमा हुने युद्धबाट त्यहाँ मात्र ३० करोड व्यक्ति जीवित रहने छन् बाँकी असमय कालको गाँस बन्ने भविष्यवाणी चिन्ताजनक छ । यस कारण अब सम्पूर्ण मानव आफ्नो आहार बिहार शुद्ध सात्विक बनाउनुपर्ने जरुरी भएको छ । शुद्ध सात्विक आहार विहार ग्रहण गर्ने कुरामा जोड मात्र वैदिक सनातन धर्मले दिन्छ । अन्यहरुले भने मांसाहारमाथि बढी जोड दिन्छन् । परमाणु युद्ध भए यसको विकिरणले बढी प्रभाव तामसी आहारमाथि पार्छ । यस कारण सधैं शुद्ध सात्विक भोजन ग्रहण गर्ने बानी बसाल्नु जरुरी छ । भन्ने गरिन्छ जस्तो खाए अन्न त्यस्तै हुन्छ मन । तामसी भोज्य पदार्थले मानिसमा रिस राग द्वेषको भावना बढाउँछ । शुद्ध भोजन नअपनाएकोले कैयन देशबीच आपसी युद्ध भई उनी बर्बाद भएका छन् । पुराणको अनुसार हरेक युग ४ चक्रको हुन्छ युगहरु लम्बाई दिव्यमा खगोलीय वर्षहरुमा लिने गरिन्छ । जहाँ एउटा दिव्य वर्ष ३७० सौर (मानव) सम्म रहन्छ । सतयुग शुरुआत ३.८९१.१०२ ई.पू. १,७२८.००० मानव वर्ष लम्बाई, त्रेतायुग शुरुआत २.१६३.१०२ ई.पू., १२९६००० मानव वर्ष लम्बाई, द्वापर युग शुरुआत ८९७.१०२ ई.पू. ८६४.००० मानव वर्ष लम्बाई र कलियुग शुरुआत ३,१०२ ई.पू. ४३२००० मानव वर्ष लम्बाई अर्थात कलियुगलाई मानौं भने यसमा ४३२.००० वर्षको छ । यस अर्थमा सतयुगको आयु १७ लाख २८ हजार वर्षको थियो त्रेतायुग १२ लाख ९६ हनार वर्षको, द्वापर युग ८ लाख ६४ हजार वर्षको र कलियुग ४ लाख ३२ हजार वर्ष जम्मा जोड ४३२००० वर्ष हुन्छ । कलियुगको समाप्ति कहिले भई रहेको छ यो भन्न गाह्रो छ तर जुन प्रकारले अहिले सम्पूर्ण विश्व अशान्त बन्न थालेको छ यसबाट अनुमान लगाउन सकिन्छ कि अब यसको अंत अति नै नजीक छ जसले भूत, वर्तमान र भविष्यको गणना गर्ने क्षमता राख्छ अन्य मत मतान्तर सम्प्रदाय आदि हजार–१४ वर्षको इतिहास छ यस कारण उनीसँग यस्तो गणना गर्ने क्षमता छैन । कलियुगको अहिले समाप्ति होस् वा नहोस् तर एउटा कुरा निश्चित छ अब युग परिवर्तनको समय अति नै नजीक छ । यस समय विभिन्न समस्याहरु अवश्य नै आउँछ । यस समय धार्मिक मतमा परिवर्तन, सामाजिक परिवर्तन, आर्थिक परिवर्तन र राजनीतिक परिवर्तन अवश्य हुन्छ । केही समय अघि अफगानिस्तानमा, श्रीलंकामा त्यसपछि बाँग्लादेशमा यसको अन्तरालमा धेरै देशहरुमा सत्ता पलट भई राजनीतिक परिवर्तन भई सकेको छ अब परिवर्तन हुने समय नेपालको छ । आगामि समयमा यहाँ ठूलो भुइँचालो जाने, आर्थिक समस्या उत्पन्न हुने, बेरोजगारी बढ्ने, भोक रोग र शोक बढ्ने केही समय पछि राजनीतिक परिवर्तनको लहर चल्दा ठूलो जनधनको क्षति हुने अवस्था बन्न थालेको छ । यस कारण यस्तो समस्याबाट निजात पाउन अहिले देखि नै सचेत र सजग बनौं । जस्तो पनि परिवर्तन होस् परिवर्तनको चक्र चली रहन्छ यस नयाँ युगको स्वागत गर्न समेत सबै नै तयार रहौं ।
नयाँ युगको स्वागत गर्न तयार रहौं।
Monday, February 10, 2025
0
Tags