– रमेश चन्द्र कुमाल
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी सदरलाईन उपशाखाको अध्यक्ष पदमा श्याम बिहारी गुप्ता (लखेर) निर्वाचित भएका छन् ।
शनिवार दिन भएको निर्वाचनमा श्याम बिहारी गुप्ता (लखेर) ७५ मत प्राप्त गरी विजयी भए । अध्यक्ष पदमा प्रतिस्पर्धा गरी रहेका ओम प्रकाश मात्र ४२ मत प्राप्त गरी पराजित बनेका थिए । यसै प्रकार सदस्य पदमा अनुराग पाठक, पंकज दास श्रेष्ठ, विजय कुमार वैश्य र पियुष कुमार वैश्य निर्वाचित भएका छन् ।
सदरलाईन उपशाखामा कुल जम्मा १९५ मतदाता रहेका थिए जसमा निर्वाचन हुँदा १२४ मत परेको थियो । ४ वटा मत बदर भएको कुरा जानकारीमा आएको छ ।