पौराणिक कालको समय देउता र राक्षसहरु मिलेर समुन्द्र मन्थन गरे सो समुन्द्र मन्थनबाट विभिन्न वस्तुका साथै अमृत कलश पनि निस्कियो । समुन्द्र मन्थनबाट कालकूट विष पनि निस्कियो जसलाई भगवान शिवले आफ्नो कण्ठमा धारण गर्नु भयो । समुन्द्र मन्थनबाट निस्केको अमृत पिउन देउता र राक्षस दुवै नै आतुर भए अमृत रसपान गर्न एक आपसमा घम्साघम्सी मची युद्ध जस्तो स्थिति बन्यो यस समयमा भगवान श्रीहरि विष्णु माहिनी रुप धारण गरी प्रकट भए । उहाँले देउता र राक्षसहरुलाई सम्बोधन गर्दै भने, तिमीहरु एक आपसमा झगडा नगर यो अमृत बराबर बराबर सबैमा म बाँडी दिनेछु । श्रीहरि विष्णुको मोहनी रुपले सबैलाई नै मन्त्रमुग्ध पा¥यो र अमृत बाँड्न दुवै पक्षले नै उहाँसँग आग्रह गरे । राक्षस एकलाईनमा बसे र अर्काे लाईनमा देउता बसे । मोहनी रुप राखेका भगवान विष्णुले देउताहरुलाई अमृत दिन थाले र राक्षसहरुलाई सोमरस अर्थात मदिरा दिन थाले आफूहरुसँग छलकपट भई रहेको छ यो कुरा राहुलाई आशंका भयो र राहु लुकेर देउताको लाईनमा उभी हाल्यो त्यसले अमृत पाउन पनि सफल भयो अमृत राहुको मुखमा पर्न साथ भगवान विष्णुले सुदर्शन चक्र चलाई त्यसको घाँटी काटी दिए । यसरी टाउको भाग राहु र शरीरको भागलाई केतु भनिएको छ । अमृत बाँड्ने क्रममा ४ थोपा अमृत प्रयागराजको गंगा, जमुना र सरस्वती नदीको संगममा खस्यो यस्तै उज्जैन, नासिक, हरिद्वारको गंगा नदीमा अमृत खसेको वृतान्त छ । कुम्भ मेला हरेक ६ वर्षमा आयोजित हुन्छ । यस वर्ष महाकुम्भ मेला १४४ वर्षमा परेको छ । ज्योतिषशास्त्रका अनुसार हरेक १२औं वर्षको अतिरिक्त प्रयागमा २ वटा कुम्भ वर्षहरुको बीचमा ६ वर्षको अन्तरालमा अर्धकुम्भ पनि हुन्छ । ज्योतिष गणना अनुसार यो कुम्भ पौष पूर्णिमाको दिनदेखि शुरु हुन्छ र मकर संक्रान्ति (माघे संक्रान्ति) यसको विशेष ज्योतिषीय पर्व हुन्छ । जब सुर्य र चन्द्रमा वृश्चिक राशिमा र वृहस्पति मेष राशिमा प्रवेश गर्छन् मकर संक्रान्तिमा हुने यस योगलाई कुम्भ स्नान योग भनिन्छ । कुम्भको शाब्दिक अर्थ हो माटोको घैंटो । यस घैंटोको बारेमा वैदिक ग्रन्थमा उल्लेख पाइन्छ । यसको अर्थ अमृत जस्तो बताइएको छ । मेला शब्दको अर्थ हो कुनै एक स्थानमा भेला हुनु यसरी यो कुम्भ अमरताको मेला हो धार्मिक ग्रन्थमा अमृत पाउन देव र दानवबीच १२ दिनसम्म निरन्तर युद्ध भएको समेत उल्लेख पाइन्छ । कुम्भ देउताहरुको १२ वटा मानवको १२ वर्ष जस्तो हुन्छ । यस कारण कुम्भ पनि १२ वटा हुन्छन् यसमा ४ वटा कुम्भ पृथ्वीमा हुन्छन् भने बाँकी ८ वटा कुम्भ देवलोकमा हुन्छन् जसमा देवगण मात्र सम्मिलत हुन पाउँछन् महाकुम्भ नागा साधुको लागि विशेष पर्व हो यस पर्वमा नागा साधु हिमालको गुफा र कन्दराबाट निस्की यसमा सहभागी हुन आउँछन् प्रयागराजमा २०२५ को महाकुम्भ मेला समापन भएपछि आगामी समय सन् २०२७ मा नासिकमा रहेको गोदावरी नदीको किनारमा कुम्भ मेलाको आयोजन हुनेछ । अर्थात ३ वर्षसम्म हिमालको गुफाहरुमा कठोर तप गरेपछि ति नागा सन्यासीहरु २०२७ मा नासिकमा देखा पर्नेछन् । कुम्भको शुरुआत मकर संक्रान्तिदेखि हुन्छ र महाशिवरात्रिको दिन समाप्ति हुन्छ । केही विद्वानको अनुसार कुम्भ मेलाको आयोजन १८५० वर्ष भन्दा अघिदेखि भई रहेको छ । आदि शंकराचार्यले महाकुम्भको शुरुवात गर्नु भएको थियो । केही कथाको अनुसार समुन्द्र मन्थनको दिनदेखि नै महाकुम्भको आयोजन हुन शुरु भएको हो । केही विद्वान अनुसार गुप्तकालदेखि महाकुम्भको शुरुवात भएको हो तर सम्राट हर्ष वर्धनको शासनबाट यसको प्रमाण मिल्छ । यसपछि शंकराचार्यले र उनीको शिष्यहरुले सन्यासी अखाडाहरुको लागि संगम तटमा शाही स्नानको व्यवस्था गरेका थिए महाकुम्भको स्नानलाई वैदिक सनातनीहरुले धेरै नै महत्वपूर्ण मान्छन् यसै कारण महाकुम्भमा विश्वमा छरिएर बसेका करोडौं सनातन धर्मावलम्बी यसमा सहभागी भई संगम तटमा स्नान गरी पुण्य प्राप्त गर्न चाहन्छन् यस वर्ष १४४ वर्ष पछिको महाकुम्भ प्रयागराजमा आयोजन भएकोले सम्पूर्ण विश्वका सनातनीहरु त्यहाँ पुगी रहेका छन् । नेपालबाट नै करीब ५० लाख वैदिक सनातन धर्मावलम्बीहरु त्यहाँ पुगी पुण्य प्राप्त गर्ने अवसर पाएका छन् । यस वर्षको प्रयागराजको महाकुम्भ मेलामा ५० करोड श्रद्धालु त्यहाँ पुगी स्नान गर्ने अनुमान रहेको छ महाकुम्भलाई भव्य ढंगले सम्पन्न गराउन उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी आफै नै खटेका थिए । यस महाकुम्भ मेलाको सुरक्षा गर्न नै ७५ हजार प्रहरीका जवान खटाइएको थियो भारी संख्यामा सीसीटिभी जडान लाखौं लाख टेन्ट कल्पवासको लागि स्थापित गरिएको थियो यस्तो व्यवस्था केही विपक्षी पार्टीहरुलाई सहन भएन मेला शुरु हुँदै नै पहिले विपक्षी पार्टीको इशारामा आगजानी गराइयो मौनी अमावस्याको दिन राती भएको भगदडमा परी ३० जनाको मृत्यु र ५०औं जना घाइते बनेका छन् । यो भगदौड कसरी भयो यसबारेमा स्पष्ट जानकारी नआए पनि यो भगदौड घटना घटाउनुमा विपक्षी पार्टीहरुको हात रहेको सबैको अनुमान रहेको छ । तर सौभाग्यको कुरा हो जुन ठाउँ करीब ८–१० करोडको भिड थियो त्यहाँ भगदड हुँदा मात्र ३० जनाको मृत्यु भएको छ । यस्तो घटना नहुनु पथ्र्याे घटना नघटेको भए यो महाकुम्भ ऐतिहासिक बन्थ्यो मृत्यु निश्चित पनि भयावह हुन्छ कुनै १ जनाको यस्तो घटनामा मृत्यु नहुनु पथ्र्याे तर यो घटना सुनियोजित हो भने यसको गहिरिएर जाँच हुनु पर्छ कोही यस घटनामा संलिप्त भएको मिल्छ भने अपराधी र घटना घटाउन प्रोत्साहित गर्नेहरुलाई दण्डित गर्न सक्नुपर्छ यसरी मात्र जनधनको पूर्ण भरपाई हुन सक्छ ।