हाम्रो मुलुक विगतदेखि नै छिमेकी देशहरुमाथि निर्भर छ मुलुकलाई आत्मनिर्भर बनाई दिने दावी प्रायःसबै प्रमुख राजनीतिक दलहरु वर्षाैंदेखि गर्दै आई रहेका छन् अहिलेसम्म पालैपालो गरी प्रमुख राजनीतिक दलहरु सरकार बनाई देश चलाउँदै आएका छन् तर उनीले दावी गरे अनुसार देश आत्मनिर्भर बन्न सकेको छैन । हामी आफ्नो आवश्यकता पूरा गर्न सधैं छिमेकी देशहरुतर्फ हेर्दै आएका छौं । साधारण घरायसी दैनिक प्रयोजनमा आउने सरसामान छिमेकी देशबाट किनमेल गर्न जाने बाध्यता छ । यहाँसम्म कि २ छाक टार्न निमित्त पनि रोजगार खोज्न त्यतातर्फ युवा शक्ति जाने गरेका छन् । २०६२।०६३ मा भएको जनआन्दोलन भाग–२ को सफलतापछि ति प्रमुख राजनीतिक दलहरु छिट्टै यस मुलुकलाई सिंगापुर जस्तो बनाउने वाचा नेपाली जनतासँग गरेका थिए । वर्तमान समय नेकपा एमालेबाट केपी शर्मा ओली ६ पटक प्रधानमन्त्री बयस । यसअघि नेपाली काँग्रेसबाट शेर बहादुर देउवा ५ औं पटक प्रधानमन्त्री बने त्यस्तै नेकपा माओवादी केन्द्र पनि सत्तामा आयो तर पनि यिनीहरुले देशको अवस्था सुधार्न सकेनन् । यसबाट प्रश्न उठी रहेको छ यिनीहरुलाई कति दिनसम्म देश चलाउन दिए आत्मनिर्भर बन्ने हो ? यस कारण देशको अवस्था सुधार्न हुनुपर्ने माग उठ्न शुरु भएको छ । यो कटु सत्य हो मुलुकमा लोकतन्त्र गणतन्त्रको स्थापना भएपनि यो देशको अवस्था सुधार्न सकिएन । यो देशको अवस्था त्यस्तै बिग्रिएको होइन यसको अवस्था स्वार्थवश बिग्रिएको हो । मुलुक चरम भ्रष्टाचारमा फँसेको छ । चारैतर्फ भ्रष्टाचार नै भ्रष्टाचार छ । भ्रष्टाचारीलाई कडा दण्ड सजायँ दिनुको सट्टा त्यस्ता भ्रष्टाचारीलाई पोसिएको छ । जस जसले भ्रष्टाचारको विरुद्धमा आवाज उठाएको छ त्यस्तामाथि झुठा आरोप लगाई पक्राउ गर्ने कार्य चली रहेको छ । पहिले मुलुकमा एक राजा थिए अहिले चारैतर्फ राजै राजाहरु छन् । पहिले एउटा केन्द्र सरकार थियो अब केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार छ । संघीय सरकारले गर्दा मुलुकको खर्च बढेको छ यसबाट जनतालाई कुनै फाइदा मिलेको देखिँदैन यस कारण संघीय सरकारको खारेजी हुनुपर्ने माग समेत बढेको छ तर मिलीजुली खाऊँ भन्ने मानसिकता राखी सबै देशलाई लुट्न व्यस्त छन् । केही वर्षदेखि मुलुक आर्थिक मन्दीको चपेटामा परेको छ यसबाट विशेषकर उद्योगी व्यापारी वर्ग पीडित बनेका छन् । जसको कारण देशको व्यापारिक प्रतिष्ठानको शटर उद्योगी व्यापारी आफ्नो व्यवसाय बन्द गरी अन्यत्र पलायन गरी रहेका छन् तर वर्तमान सरकार चिर निद्रामा छ । जब रोम जली रहेको थियो त्यहाँका शासक निरो बाँसुरी बजाई रहेका थिए । ठिक त्यस्तै कार्य अहिले यहाँ भई रहेको छ । देश अहिले कंगाल बनि सकेको छ तर सरकार देशको अवस्था सुधार्ने कार्य नगरी देशमा राम्रो विकास भइ रहेको छ यस्तो खोक्रो दावी गरी रहेको छ देशको अवस्था बिग्रिएकोले जनतामा रोष बढ्दै गएको छ यसकारण अब संघर्ष चल्न शुरु भएको छ । अहिलेसम्म यो संघर्ष मद्धिम गतिले चलेको छ तर आगामि केही समयपछि यस्तो संघर्ष कडा खालको चल्ने अनुमान रहेको छ । तसर्थ अहिले पनि समय छ सरकारको छिट्टै चेत खुलोस् । विकासको खोक्रो दावी गर्न बन्द होस् किनकी मुलुकको सबै भन्दा ठूलो सरकार प्रमुख नै जनता हुन् जुन दिन जनता सुधारको माग राख्दै सडकमा ओर्लिन्छन् त्यस दिन राजनीतिक दल पनि सुध्रिन्छन् र देशको अवस्था पनि अवश्य नै सुधार हुन्छ । यसको उदाहरण श्रीलंका हो यो देश पनि सरकारको भ्रष्टाचार नीतिले कंगाल बनेको थियो यसको विरुद्धमा जनताले मन्त्री लगायतमाथि धावा बोले अन्ततः अहिले देशको अवस्थामा धेरै नै सुधार आएको छ । यस कारण सुधारको लागि यस देशमा पनि जनताले आवाज उठाउँदैनन् यस्तो भन्न सकिँदैन । अहिले सुधारको लागि आवाज उठ्न शुरु भएको छ यो आवाज अझ बुलन्द स्वरमा उठ्न अवश्य नै शुरु हुन्छ । अहिले सम्म चारैतर्फ शान्तिको वातावरण रहेको देखिन्छ तर यो शान्ति बाहिरी हो भित्र भित्रै विद्रोहको ज्वाला दन्किन थालेको छ । यसमा विष्फोट भए मुलुकमा अशान्तिको वातावरण बन्ने छ । यस कारण अब सुधारको दावी होइन बरु देशको अवस्था सुधार्न परनिर्भरता हटाउन सरकारले कार्य गर्नु जरुरी भएको छ । कुनै पनि छिमेकी देशले यो देशको अवस्था सुधार्न त्यसले आफ्नो स्वार्ध खोज्छ यस कारण स्वार्थी छिमेकी देशमाथि धेरै विश्वास नगरौं आफै आत्मनिर्भर बन्ने प्रयासमा लागौं यही बाटो नै श्रेयस्कर छ ।
आत्मनिर्भर कहिले बन्ने यो मुलुक ?
Monday, November 25, 2024
0
Tags