अमेरिकामा जसले हिन्दु हितको कुरा गर्छ त्यसले नै देशमा राज गर्नेछ यो कथन चरितार्थ भएको छ यसअघि यस्तै नै कुरा छिमेकी देश भारतमा पनि सत्य साबित भएको थियो । वर्तमान समय कैयन देशमा तुष्टिकरणको नीति अघि सारिएकोले हिन्दु समुदाय अति नै प्रताडित हुँदै आएका छन् । अहिले सम्पूर्ण विश्वमा हिन्दु समुदायमा जागृति आएको छ जसको कारण सम्पूर्ण विश्वमा नै हिन्दु धर्म फैलिन थालेको छ । अमेरिका होस् वा रुस जर्मनी इटली लगायत देश सबै ठाउँमा हिन्दु धर्म फैली सकेको छ । भर्खरै अमेरिकामा भएको निर्वाचनको क्षणमा राष्ट्रपति पदका उम्मेदवार आफ्नो प्रतिद्वन्द्वी कमला हैरिसबाट धेरै नै पछाडि रहेका थिए विभिन्न समय भएको एग्जिट पोलमा ट्रम्प धेरै नै पछाडि रहेको देखिन्थे यसबीच डोनाल्ड ट्रम्पले हिन्दु समुदायलाई महान पर्व दीपावलीमा शुभकामना दिँदै भने, बाँग्लादेशमा भएको अप्रिय घटनामा अमेरिकी प्रधानमन्त्री र कमला हैरिस हिन्दुहरुमाथि भई रहेको दमन टुलुटुलु देखेर बसे म राष्ट्रपति भएको भए हिन्दु समुदायमाथि दमन हुने थिएन म राष्ट्रपति पदमा विजयी भए अमेरिका लगायतका हिन्दुहरुको संरक्षण संवद्र्धन गर्नेछु र रुस र युक्रेनबीच भई रहेको युद्ध रोक्न लगाउनेछु उनीको यस्तो अभिव्यक्ति आएपछि अमेरिकामा बसेका ५६ लाख हिन्दु समुदायको सबै भोट डोनाल्ड ट्रम्पलाई प्राप्त भयो जसको कारण यस निर्वाचनमा उनी विजयी भएका हुन् । हिन्दु एकताको कारण ट्रम्प विजयी भएकोले सम्पूर्ण विश्वको हिन्दुको शिर उच्च भएको छ अहिले हिन्दु एकताको सर्वत्र नै प्रशंसा भई रहेको छ । हिन्दु समुदाय त्यस्तो हो जुन देशमा बसोबास गरेपनि उनी सो देशमा शान्ति सद्भावले बसी सो देशलाई आर्थिक रुपले विकास गर्ने कुरामा अहम भूमिका निर्वाह गर्छन् अन्य समुदाय त्यस्तो कार्य गर्दैनन् । त्यस्ताहरु जहाँ पनि बस्छन् आतंकवादलाई बढावा दिन्छन् आर्थिक व्यवस्था चौपट पार्छन् र लुकीछिपी सो देशमा अवैध रुपले घुसपैठ गर्छन् यस्तो समस्याबाट अमेरिका पनि गुज्री रहेको छ । अमेरिकामा विगतमा भएको पेन्टागन र ट्वीन टावरमाथि भएको आतंकवादी आक्रमणले गर्दा अमेरिकाको चेत खुलेको छ । अवैध घुसपैठ माथि नियन्त्रण लगाउने मुद्दा राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले यस निर्वाचनमा उठाउँदै आफू निर्वाचित भए घुसपैठियाहरुमाथि कडा नियन्त्रण लगाउने कुरा भने । यस अमेरिकी निर्वाचनमा हिन्दु समुदायले एउटा सन्देश दिएका छन् कि हामी पनि एकमत हुन सक्छौं र आफूले चाहे जसलाई पनि विजयी बनाउन सक्छौं । यस्तो हिन्दु एकताको कुरा सबै ठाउँमा उठ्नु पर्छ किनकी अहिलेसम्म देखिए अनुसार हिन्दु भोट विभाजित भई पर्ने गथ्र्याे जसको कारण यो समुदाय सधैं नै पछाडि पर्दै रह्यो । उदाहरणको रुपमा लिउँ भने छिमेकी देश भारतमा विशेषकर भारतीय काँग्रेसले फुट डाल राज गर नीति अघि सार्दै हिन्दु समुदायलाई जाति जातिमा बाँड्यो र ७० वर्ष भन्दा बढी शासन गर्यो । जब हिन्दु समुदायमाथि अत्याचार बढ्दै गयो उनी सचेत भए र अहिले एकताबद्ध भई हिन्दुवादी भारतीय जनता पार्टीलाई भोट दिई विजयी गराउँदै आएका छन् यसबाट हिन्दु स्वाभिमानमा वृद्धि भएको छ सम्पूर्ण विश्वमा हिन्दु एकताबद्ध भई रहेको समय हाम्रो देशमा हिन्दु समुदायमा त्यति जागृति आएको देखिँदैन हाम्रो देशमा रहेको हिन्दुवादी राजनीतिक दलमा जोश जाँगरको कमी रहेकोले सो दल हिन्दु समुदायमा जागृति ल्याउन सकेका छैनन् । दिशाहीन अवस्थामा रहेका हिन्दु समुदाय विभिन्न पार्टीलाई छरेर निर्वाचनमा भोट हाल्छन् जसको कारण हिन्दु समुदाय धेरै नै पछाडि पर्दै आएका छन् । हाम्रो देशमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता प्रमुख राजनीतिक दल छन् निर्वाचनको समयमा हिन्दु समुदाय राजनीतिक आस्था राखी फरक फरक पार्टीलाई छरेर भोट हाल्छन् यस कारण राजनीतिमा हिन्दु समुदायको पकड बन्न सकेको छैन । अब यस्तो कार्य हिन्दु समुदायले गर्नु हुँदैन । अब मनसाय बनाउँ एकमत भई एउटै पार्टीलाई भोट दिउँ । जुन दल एकमुष्ट भोट हिन्दु समुदायको पाउँछ त्यसले अनि मात्र हिन्दु हितको कुरा गर्छ । यो देश अहिले अति नै कहालीपूर्ण अवस्थाबाट गुज्री रहेको छ विदेशी घुसपैठिया भनि रहेका छन् यो देशमा हामी शान्तिले बस्न पाएका छौं । नेपालीहरु धेरै सोझो रहेका छन् यस कारण यहाँ हामी बसी रहेका छौं अन्य आफ्नो दाजुभाई र आफन्तलाई पनि यहाँ ल्याएर बसाउँछौं भनि रहेका छन् । उनीको यस्तो कुराले नेपालीहरु उनीको यस्तो गुलियो कुराप्रति मक्ख परेका छन् । वास्तवमा उनीको यस्तो भनाई स्याल हुइँया जस्तो मात्र हो । विदेशी घुसपैठिया केही वर्षसम्म यहाँ शान्तिले बस्छन् तर जब उनीको जनसंख्या बढ्छ अनि यहाँ अशान्तिको वातावरण बनाई उनी यहाँको जनजीवनलाई प्रभावित पार्नेछन् । क्रिश्चियन समुदाय जबसम्म अल्पसंख्यक छन् त्यस समयसम्म शान्ति छ जुन दिन उनीको संख्या बढ्छ त्यस समय अवश्य नै क्रिश्चियनलैण्ड बनाउने माग उठाउँछन् यो चाहिँ अवश्यम्भावी हो । देशमा हिन्दु समुदायको दुर्दशा धर्मनिरपेक्षताको कारण भएको हो यस कारण अब यहाँ धर्मनिरपेक्षता हटाई देशलाई हिन्दु राष्ट्र बनाउने संघर्ष चल्नु जरुरी भएको छ यस्तो कुरा त्यस समय हुन्छ जब हिन्दु समुदाय एकताबद्ध हुन्छन् अहिलेसम्म हिन्दु समुदाय नेपाली काँग्रेस बने, नेकपा एमाले बने, नेकपा माओवादी केन्द्र बने तर जब देशको प्राचीन धर्म संस्कृति र सभ्यता सबै लोप हुने संघारमा छ अब त हिन्दु
बनौं । अमेरिकामा हिन्दु एकताबाट बनेको ट्रम्प सरकारले एउटा सन्देश यो देशहलाई दिएको छ । हिन्दु समुदाय एकताबद्ध भए कुनै पनि अप्रत्याशित कार्य गर्न सक्छन् । हिन्दु एकताबद्ध भए नेपालबाट हिन्दुमाथि दमन अवश्य नै रुक्छ तर त्यसको लागि एकताबद्ध हुने प्रयास त गरौं । ओम शान्तिः शान्तिः शान्तिः ।