निर्मला कुर्मीलाई न्याय दिलाउन नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खान लगायतहरुले यहाँ बसी लामो लडाई लडे । उनीहरु प्रचण्ड गर्मीयाममा बाँके जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना, प्रदर्शन गरे । यहाँ न्याय पाउने नदेखी उनीहरु नेपालगञ्जदेखि राजधानीतर्फ पैदल यात्रा गरी राजधानीमा पुगी विरोध प्रदर्शन गरे । करिब ८०–८२ दिनसम्म उनी राजधानीमा संघर्ष कार्यक्रम चलाए । गत हप्ता राष्ट्रपति भवन शितलनिवास अगाडिको निषेधित क्षेत्रमा धर्ना प्रदर्शन गर्दा पक्राउ परे । त्यसपछि प्रदर्शनकारीहरुलाई रिहा गरियो । यस समय उनी प्रदर्शनकारीलाई डेंगी रोग लाग्यो, नाक मुखबाट रगत झर्न शुरु भयो तर पनि उनीमा हताशा आएन ।
निर्मला कुर्मीलाई जसरी भए पनि न्याय दिलाउँछौं यस्तो लक्ष्य राखी संघर्ष चलाउँदै रहे अहिले कुर्मीलाई न्याय मिल्ने आशा बढेको छ । किनकी प्रदर्शनकारी र सरकारबीच भर्खरै ३ बुँदे सहमति भएको छ । गत मंगलवार दिन ३ बुँदे सहमतिमा पनि मुद्दा अदालतमा लैजाने उल्लेख छैन । यसअघि पनि ४ पटक प्रदर्शनकारी र सरकार पक्षबीच सम्झौता भएको थियो । अहिले पाँचौं पटक पुनः सहमति भएकोछ ।
सरकार पक्षले प्रदर्शनकारी पक्षलाई आश्वासन मात्र दिँदै बाँके प्रहरीलाई थप निर्देशन पठाउने मात्र भनेकोले यो आन्दोलन सफल नभएको देखिन्छ । तर सहमति अनुसार एक किसिमले सत्यमेव जयतेको मन्त्र साकार भई रहेको अनुमान मात्र लगाउन सकिन्छ ।
भन्ने गरिन्छ सत्य कहिल्यै पनि पराजित हुँदैन सत्यको बाटो हिँड्नमा धेरै नै कठिनाई छ तर संघर्ष गर्दै रहे एक दिन सत्यको निश्चित नै विजय हुन्छ राजनीतिक संघर्षको बाटोमा हिँड्न धेरै नै कठिनाई छ तर संघर्ष गर्दै रहे एक दिन सत्यको अवश्य नै विजय हुन्छ ।
निर्मला कुर्मीको घटना अति नै विभत्स थियो । एक जना राजनीतिक व्यक्तिले आफ्नो सोर्स फोर्स लगाई त्यस्तो विभत्र्स घटना घटाई कुर्मीको जमीन हत्याउन सफल भए विरोधको स्वर उठ्दा पनि राजनीतिमा अगाडि उनी नेता बढ्दै गए । भर्खरै विगत महिना उनीले मन्त्री पदसम्म पाए विरोधपछि उनीले आफ्नो पदबाट राजीनामा दिए । २०६२।०६३ मा जनआन्दोलन भाग–२ को सफलतापछि बनेको विभिन्न सरकारमा धेरैजसो आपराधिक प्रवृत्तिकाहरुले प्रवेश लिए जसको कारण राजनीतिको क्षेत्र साह्रै नै बदनाम भएको छ हुनु त यो पथ्र्याे देशको कानुनमा अपराधी प्रवृत्तिका व्यक्तिले प्रवेश नपाउनु पथ्र्याे तर वर्तमान समयको राजनीतिमा आपराधिक छविका व्यक्तिको वर्चस्व रहेको छ । यस्तै प्रवृत्तिको कारण लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्था असफल भएको छ । निर्मला कुर्मीलाई न्याय दिलाउन चलेको संघर्ष १–२ महिना चलेन बरु यो संघर्ष वर्षौं दिनसम्म चलिरह्यो यस व्यवस्थामा सडकमा टायर बाली आन्दोलन गर्ने, ढुंगामुढा गर्ने हिंसात्मक घटना घटाई संघर्ष गर्नेको सुनुवाई छिट्टै हुन्छ तर शान्तिपूर्ण ढंगबाट चल्ने आन्दोलनलाई सधैं अनदेखा गरिन्छ न्याय पाउन ढिलो हुन्छ जसको कारण अब अहिंसापूर्ण ढंगले आन्दोलन कमै चल्छ अधिकांश संघर्षहरु हिंसात्मक नै हुने गर्छन् हुनु त यो पथ्र्याे कि सरकारले अहिंसात्मक आन्दोलनतर्फ छिट्टै हेर्नु पथ्र्याे र छिटो छरितो ढंगले उनीको जायज माग पूरा गर्नु पथ्र्याे । यस्तै प्रकारको परिपाटी रहन्छ भने हिंसात्मक आन्दोलन बढ्ने अझ बढी सम्भावना छ । रुबी खानलगायतले न्यायको लागि त्यत्ति कडा माग पनि राखेका थिएनन् उनीको माग मात्र यति थियो कि कुर्मीको मुद्दा अदालतमा पु¥याई न्याय मिल्नु प¥यो यति सानो मागलाई सरकारले नदेखे जस्तो ग¥यो जसको कारण आन्दोलनकारीलाई लामो समयसम्म संघर्ष चलाउनु प¥यो संघर्षको क्रममा प्रदर्शन कारीले नेपालगञ्जबाट राजधानीतर्फ पैदल निस्किन्छन् उनीको खुट्टामा फोकासम्म उठ्यो । जाडो याममा कठ्यांग्रिए । भोकभोकै बसे । विगत हप्ता उनीलाई डेंगी रोगसम्म लाग्यो तर पनि उनीमा हताशा भने आएन । न्याय नमिले अब पनि लामो समय सम्मको लागि आन्दोलन चलाउने उनीमा अठोट छ । यस्तो संघर्षको सम्पूर्ण देशले नै सम्मान गर्नु जरुरी छ ।
भर्खरै प्रदर्शनकारी र सरकारबीच ३ बुँदे सहमति भएपछि उनीको आन्दोलनमा भने विराम लागेको छ । अब सरकारले इमान्दारी गरे अदालतमा मुद्दा चल्नेछ जसमा दोषीहरुलाई दण्ढ सजायँ मिल्ने आशा रहेको छ । जसरी सडकबाट प्रदर्शनकारीको विजय भएको छ । त्यसरी नै अदालतमा पनि विजयी हुने निश्चित छ संघर्ष चल्दा सरकारले सहमति गर्छ तर पछि सहमतिलाई लत्याउँछ यस्तो कार्य विगत दिनदेखि हुँदै आएको छ । ३ बुँदे सहमति ललीपप मात्र हुन सक्छ यस्तो सहमतिमाथि विश्वास गर्न सकिँदैन ।