वैदिक सनातन धर्मावलम्बीहरुले यस वर्ष पनि महान दीपावली पर्व मनाउने अवसर पाएका छन् । दीपावली पर्वलाई अन्धकारमाथि प्रकाशले विजय प्राप्त गरेको मानी मनाइने गरिन्छ । झिलीमिली बत्ती बाली मनाइने यो पर्वमा सानो माटोको दियोमा दीप बाली प्रज्वलन गर्ने गरिन्छ सानो दियोको प्रकाशले बुराईको प्रतिक रहेको हजारौं हजार किरा फट्यांग्रालाई नष्ट पारी वातावरण शुद्ध पारी दिने गर्छ यो पर्व सफाई र स्वच्छताको प्रतिक छ दीपावली पर्व नजिकिँदै नै सनातन धर्मावलम्बीहरु आ–आफ्नो घरमा रंग रोगन गर्दै घरको कुना कुनासम्मको सफाई गरी स्वच्छताले बस्ने सन्देश सम्पूर्ण विश्वलाई परापूर्वकालदेखि नै दिँदै आएका छन् । सनातन धर्मको मूल मन्त्र हो बसुधैव कुटुम्बक अर्थात सम्पूर्ण विश्व नै आफ्नो परिवार हो । हामी कसैसँग रिसराग र वैमनस्यता राख्दैनौं हामी मानव हौं सबै मानवबीच आपसी सौहार्दपन कायम रहोस् यस्तो चाहना राख्छौं हामी आफ्नो विचार अरुमाथि जबरजस्ती थोपार्दैनौं आफू ठिक्क अरु बेठिक यस्तो पनि विचार राख्दैनौं । सर्वे भवन्ति सुखिनः सर्व धर्म समभाव हामी सबै जना सुखी रहुन् सबै धर्म बराबरीका हुन् यस्तो सोच शताब्दीयौंदेखि राख्दै आएकोले अहिले वैदिक सनातन धर्म सम्पूर्ण विश्वमा नै फैली रहेको छ । यस्तो सोच अन्यहरु भने राख्दैनन् । कतिपय यस्ता मत छन् जुन आफ्नो कलुषित मानसिकता अरुमाथि थोपार्छन् अरुको धर्म परित्याग गरी आफ्नो धर्म मान्न बाध्य गर्छन् जसले उनीको विचार स्वीकार्दैन त्यस्ताको घाँटी रेटी हत्या गरी दिने सम्मको परम्परा छ । भर्खरै बाँग्लादेशमा घटेको घटना यसको ज्वलन्त उदाहरण हो । बाँग्लादेशलाई आर्थिक रुपले समृद्ध बनाउन सनातन धर्मावलम्बीहरुले कडा परिश्रम गरे तर भर्खरै त्यहाँका कट्टरपन्थीहरुले आरक्षण विरुद्धको आन्दोलनलाई सनातनीहरुतर्फ मोडे यस क्रममा तमामहरुको हत्या, सनातन धर्मावलम्बीहरुको मठ मन्दिर तोडफोड गर्ने जलाउने आईमाईहरुसँग बलात्कार गरेको घटना हामी समक्ष छ । यस्तो घृणित घटना घटेपनि सनातनी धैर्यले बसेका छन् । जसरी हामी माथि उल्लेख गरेका छौं एउटा माटोको दियोबाट बलेको प्रकाशले हजारौं हजार किरा फट्यांग्रालाई नष्ट पारी दिने गर्छ सोही प्रकार सनातनी संयमता अपनाई बुराईको अन्त गरी रहेका छन् । यस्तै प्रकारको घटना विगतमा पाकिस्तान, अफगानिस्तानमा घटेको थियो यहुदी धर्म जस्तै नै वैदिक सनातन धर्म पनि छ सनातन धर्ममा अरुले प्रवेश गर्न पाउँदैन यसले कसैको धर्मान्तरण गराउँदैन । यो अवश्य छ जसले वैदिक सनातन धर्म परित्याग गरी कुनै समय अर्काे धर्ममा प्रवेश गरेको थियो त्यस्तालाई पुनः घरमा फर्काउने प्रयास गरी रहेको छ । यसको कारण छ हाम्रो डिएनए एउटै हो । यहुदी धर्म पनि वैदिक सनातन धर्म जस्तै नै छ सो धर्ममा अरुले प्रवेश गर्ने अनुमति छैन । यही रगतको स्वच्छताको कारण सफलतातर्फ त्यो लम्की रहेको छ । तमाम अत्याचार भई रहेपनि वैदिक सनातनी धर्मावलम्बीहरुले हताश र निराश भावना आफूभित्र राख्नु हुँदैन । आउँदो समय सनातनीहरुको लागि अति नै शुभ छ कुनै समय सनातनीहरुको धार्मिक जुलुस निस्किँदा त्यसमाथि आक्रमण गरी बाधा व्यवधान पैदा गरी ढुंगामुढा समेत गरिन्थ्यो तर केही समयदेखि यस्तो घटनामा कमी आएको छ । किन्चित मात्र यस्तो घटना आज पनि घटी रहेको छ तर यस्तो घटना अब अवश्य नै रुक्छ । वैदिक सनातन धर्ममा एउटा पुरानो रोग छ त्यो छुवाछुत ऊँचनीच र जातीयताको भावना जुन दिन यस्तो भावनाको अन्त हुन्छ सम्पूर्ण विश्वमा फैलिन्छ । किनकी हाम्रो प्रमुख चाडपर्व आकर्षक र वैज्ञानिकतापूर्ण छ सनातनीहरुको चाडपर्वले आपसी भाइचारा र शान्ति दिने गरेकोले अन्यहरु यसमा प्रवेश गर्न शुरु गरेका छन् । यस कारण हामीले चाडपर्वमा उच्छृंखलता हैन भव्य र सभ्य ढंगले मनाउनु पर्छ । हामी दिखावटीमा भव्य र सभ्य ढंगले नमनाई रहेकोले विकृति विसंगतिले घुसपैठ गरेको छ । फागु पूर्णिमा होली पर्वमा नशालु पदार्थ सेवन गरी कोलाहल मच्चाउँदै लठ्ठिने, बडादशैं पर्वमा निर्दाेष पशुको बलि दिई त्यसको मासु सेवन गरी रक्सीमा लठ्ठिने जस्तो घटनाले धेरै नै बदनामी भई रहेको छ । दीपावली पर्व प्रकाशको पर्व हो तर दीपावली पर्व नजिकिँदै नै जुवातास खेल्न शुरु हुन्छ यस्तो जुवाबाट तमाम घर बर्बाद भएका हुन्छन् । चाडपर्वले हामीलाई सभ्य बन्न सन्देश दिन्छ तर उच्छृंखलताको कारण हामी असभ्य बन्छौं यस्तो कार्य चाहिँ गलत हो वैदिक सनातन धर्मको उत्पत्ति भएको ८ लाख ५३ हजार १ सय २५ वर्ष भई सकेको छ यो पृथ्वीमा सबै भन्दा पहिले वैदिक सनातन आएको थियो यस भन्दा अघि कुनै धर्म र मत थिएन । सनातनको अर्थ हो जो पहिले पनि थियो आज पनि छ र सदाकालसम्म रहन्छ । यसको अन्त कहिल्यै पनि हुँदैन । पृथ्वीमा यस अघि पचासौं सैयौं धर्म संस्कृति र सभ्यता आयो तर त्यसमा कतिपयहरु समयको साथ लोप भए तर सनातन आजसम्म छ । यस कारण यस्तो शान्तिको धर्ममा सबैले नै गर्व गर्नु पर्छ । भन्ने गरिन्छ धर्म भनेको धारण गर्नु हो धर्मले सत्य, अहिंसा, करुणा, दया, माया, सेवाको भावना धारण गर्न भन्छ । यस्तो भावना जीव, वनस्पति लगायतप्रति पनि राख्नुपर्छ । यो अवश्य छ यस्तो भावना हामीमा विगतदेखि आजसम्म छ । वैदिक सनातनीको चाडपर्व नजिकिँदै नै हवन यज्ञ गर्न शुरु हुन्छ अन्यहरुमा यस्तो प्रावधान छैन । हामीले आफ्ना ऋषि, महर्षि र पुर्वजले देखाएको बाटोमा हिँडी मानव कल्याणको सोच राख्नुपर्छ अनि मात्र आफूलाई सनातनी भनाउन सक्नुपर्छ । अरुको अहित गर्ने सोच राख्नेहरु वैदिक सनातनी हुँदै होइनन् । यस कारण प्रकाश पर्व दीपावली सभ्य र भव्य ढंगले मनाऔं । दीपावलीमा जुवातासको विरोध गरौं कसैले यस्तो कार्य गर्छ भने सम्झाउने बुझाउने सम्मको प्रयास गरौं । महान पर्व दीपावली सबै नेपालीको लागि मंगलकारी होस् आजको सामना साप्ताहिक आफ्नो सम्पूर्ण पाठकवर्गको सुवास्थ्य, समृद्धि, समुन्नति र उत्तरोत्तर प्रगतिको लागि कामना गर्दै ॐ असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय। मृत्योर्मामृतं गमय। ॐ शान्तिः शान्तिः शान्तिःको मन्त्र अघि सार्दै सबैमा हार्दिक मंगलमय शुभकामना टक्र्याउँदछ ।
ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मामृतं गमय ।।
Monday, October 28, 2024
0

Tags