डीजे साउण्डमाथि प्रतिबन्ध आवश्यक
केही वर्षदेखि विभिन्न चाडपर्वमा डीजे साउण्ड सिस्टम बजाउने परम्परा चलेकोले यो साउण्ड सिस्टमले विभिन्न प्रकारको विकृति विसंगतिहरु फैलाउन थालेको छ । दशकौंअघि सम्म नेपालगञ्जको ब्रासबैण्ड धेरै नै लोकप्रिय थियो । नेपालगञ्जको र कैलाली टीकापुरका बाजा बजाउनेहरु विभिन्न धार्मिक चाड पर्व र विवाह आदिमा बाजा बजाउने गर्थे । सो ब्रासबैण्ड कर्णप्रिय र मनमोहक थियो । केही समयदेखि ब्रासबैण्डहरुले बैण्ड बाजा बजाउने सिस्टम हटाई त्यसको सट्टामा डीजे साउण्ड सिस्टमलाई धेरै नै बढावा दिइएकोले यसबाट तमाम प्रकारको विकृति फैलिँदै ध्वनि प्रदूषण समेत बढेको छ । डीजे साउण्डबाट अब भोजपुरी भाषाका गायकले गाएको अश्लील गीतले उच्छृंखलता ल्याएको छ । २ दशक अघि हिप्पी संस्कृतिले बढावा पाएको थियो सो समय रक र पप संगीतले बढावा पाएको थियो तर केही वर्षदेखि गीतहरुमा पुनः रक र पप संगीतले घुसपैठ गरेको छ । साउण्ड रिमिक्सि गरेर पुरानो गीतलाई नयाँ धुनमा गाउन थालिएको छ जसको कारण पुराना कर्णप्रिय गीतहरु पनि अब उच्छृंखल बनेका छन् । दशकौं अघि ब्रासबैण्ड बजाउने कलाकारहरु सभ्य ढंगले रियाज गरेपछि उनी आफ्नो कलाको प्रस्तृति गर्थे वर्तमान समयमा ब्रास बैण्डहरुलाई त्यति ठूलो रियाज गर्नु पर्दैन बैण्डको स्थान ओगटेको छ डीजे साउण्ड सिस्टमले । पेन ड्राइभमा राखिएको गीत डीजे साउण्डमा कनेक्ट गर्दै नै ठूलो स्वरमा गीत बज्न शुरु हुन्छ जुन स्वरले ध्वनि प्रदूषण समेत गरी रहेको छ । विगत समयमा आयोजित हुने धार्मिक कार्यक्रममा धार्मिक भजन कीर्तन जसमा रामधुन लगायत थियो त्यसको प्रस्तुति गरी धार्मिक कार्यक्रममा आकर्षकता ल्याइन्थ्यो अब त चाहे जुन धार्मिक चाड पर्व होस् विवाह उत्सव होस वा जुलुस आदि होस् ती सबै कार्यक्रममा जोडतोडले डीजे साउण्ड सिस्टम लगाई कोलाहल मच्चाउने जस्तो वातावरण बनाउने गरिएको छ । वर्तमान समय डीजे साउण्डको मूल्य रंगबिरंगी लाईट फाल्ने खालको करीब ८०–८५ हजारसम्म छ स्मरणीय छ, केही महिनाअघि नेपालगञ्जमा रामजन्मभूमि मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रमको अवसरमा यहाँ भारतबाट मगाइएको डीजे साउण्ड सिस्टमको मूल्य करीब ८५ हजार भन्दा बढीको थियो भारतको नानपाराबाट भाडामा सो डीजे साउण्ड सिस्टम कार्यक्रममा यहाँ ल्याइएको थियो यसको साउण्ड सिस्टम उच्च क्षमताको थियो अहिले डीजे साउण्ड सिस्टमले तमाम प्रकारको समस्याहरु पैदा गर्न शुरु गरेको छ । यसमाथि नियन्त्रण नलगाइए कुनै पनि समयमा ठूलो दुर्घटना निम्तिन सक्छ यसको कारण हो डीजे साउण्डबाट बजाइने भोजपुरी गीत अश्लील उत्तेजक र अराजकपूर्ण छ स्थानीय प्रशासनले यसको नकारात्मकतातर्फ नदेखेकोले समस्या अझ बढ्न थालेको छ । सनातन धर्मावलम्बीहरुको चाडपर्वमा निस्कने जुलुसमा डीजे साउण्ड सिस्टम अधिक प्रयोग भएको छ यसको देखादेखी अन्य धर्मावलम्बीहरुले पनि प्रतिस्पर्धा गर्दै बढीचढी ढंगले डीजे साउण्ड सिस्टमको प्रयोग गर्न थालेका छन् । डीजे साउण्ड सिस्टममा प्रतिबन्ध लगाउनुपर्ने कुरामा विभिन्न समुदायका सचेत सजगहरुको माग रहेको छ तर खुलेर यसको कोहीले विरोध नगरेकोले पनि यसको प्रचलन बढ्दै गएको छ । नेपालगञ्ज उपमहानगर– पालिका जति जति विस्तृत भई रहेको छ विभिन्न कार्यक्रमहरु पनि बढ्न थालेकोले नगरमा ध्वनि प्रदूषण बढेको छ । विभिन्न धार्मिक स्थानबाट जथाभावी ढंगले बजाइने साउण्डले ध्वनि प्रदूषण बढाएको छ । यस्तो चर्काे स्वरले बज्ने साउण्ड कम गर्नुपर्ने आवश्यक छ । यस्तै नै एउटा अर्काे समस्या बढेको छ धार्मिक कार्यक्रममा फहराउने झण्डामा लठ्ठी रहन्छ यो लठ्ठी सुकेको हुनुपर्छ तर कतिपय समय काँचो लठ्ठीलाई प्रयोगमा ल्याइन्छ धेरै अग्लो प्रकारको झण्डाले विद्युतीय जोखिम बढाउँछ यस कारण धार्मिक कार्यक्रमको जुलुसमा कम संख्यामा झण्डाको प्रयोग हुनु पर्छ । तर केही समयदेखि झण्डा प्रदर्शनमा प्रतिस्पर्धा हुन थालेको छ । भारतमा तयार पारिएको झण्डा यहाँ ल्याई बिक्री गरिन्छ । यस्तो धार्मिक झण्डाको सट्टामा केहीहरुले स्थानीय प्रशासनलाई चुनौति दिँदै विदेशी झण्डा फहराउनसम्म चुकी रहेका छैनन् । यस्तो विदेशी झण्डाले यहाँ अराजक स्थिति बनाउने जोखिम रहेकोले अब स्थानीय प्रशासन यस्तो जोखिमबाट शहरलाई बचाउन अब सबै भन्दा पहिले डीजे साउण्ड सिस्टम माथि रोक लगाएपछि विदेशी झण्डा प्रदर्शनमा रोक र अश्लील र अन्य धर्मावलम्बीहरुलाई गिज्याउने प्रकारको भोजपुरी गीत र धार्मिक भजनमाथि पनि रोक लगाउनुपर्ने जरुरी रहेको देखिन्छ । केही समयदेखि नगरको विभिन्न बाटोबाट धार्मिक जुलुस निस्कन शुरु भएको छ प्रत्येक धर्म सम्प्रदायका व्यक्तिलाई नगरको प्रत्येक बाटो प्रयोग गर्न पाउने अधिकार छ तर अन्य कसैलाई पनि उनी अपहेलित गर्न पाउँदैनन् यसबीच केहीहरु फलाना सडक हाम्रो क्षेत्रको हो फलाना क्षेत्रको सडक अन्यको हो एक अर्काको बाटोबाट निस्कन मिल्दैन भन्ने प्रकारको कुरो चल्न थालेपछि यसबाट अराजकताको वातावरण बन्न थालेको छ । यो नगर सबैको साझा हो यहाँ सबैले आ–आफ्नो संस्कृतिको जगेर्ना गर्न पाउँछन् यस्तो मानसिकता सबैले राख्नु जरुरी छ । किनकी नेपालगञ्ज नगर सद्भावको शहर हो विगत दशकौं अघिसम्म विभिन्न धर्म सम्प्रदायका व्यक्ति मिलेर एक अर्काको चाड पर्व मिलेर मनाउने गरेका थिए आज पनि विगत जस्तो नै वातावरण छ । भर्खरै नगरमा सम्पन्न दुर्गा पुजा विसर्जन जुलुसमा सल्यानी बाग वार्ड नं. ५ मा अन्य धर्मका व्यक्तिले दुर्गा विसर्जन गर्न गई रहेका श्रद्धालुहरुलाई बिस्कुट र पानी खुवाएको मनोरम दृश्य देखियो यस्तो वातावरण सदाको लागि कायम राख्नु पर्छ । जहाँसम्म कुरा छ डीजे साउण्ड सिस्टम धार्मिक झण्डा र विदेशी झण्डा, डीजे साउण्ड सिस्टम र भोजपुरी अश्लील गीत र भजनको यसको नियन्त्रणको लागि सबै समुदायको तर्फबाट संयुक्त रुपमा आवाज उठ्नु पर्ने जरुरी भएको छ ।