शनिवार कसौधन वैश्य समाज युवा मञ्च एवम् महिला मञ्च द्वारा क्षेत्रीय रक्त सञ्चार केन्द्र भेरी अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ । वैश्य समाज युवा मञ्चका सदस्य सुजीत कुमार कसौधन ( भोलू ) को संयोजकतामा ५५ जना ले रक्तदान गर्नु भएको छ जस मध्य ५ जना महिला हरु समेत को सहभागिता रहेको थियो ।
रक्तदान जीवन दान भन्ने मूल नारा का साथ आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न गरी ब्लड संकलन गरेर क्षेत्रीय रक्त सञ्चार केन्द्र भेरी अस्पताल लाई हस्तान्तरण गरिएको जानकारी वैश्य समाज युवा मञ्चका अध्यक्ष सञ्जय कुमार वैश्य ले दिनु भयो ।
बढ्दो रक्तको अभावका कारण कसैले पनि ज्यान गुमाउन ना परोस् भने सोचका साथ आयोजना गरिएको उक्त कार्यक्रममा कसौधन वैश्य समाज बाँकेका कार्यसमिति समेतको सहभागिता रहेको थियो ।
यस अघि पनि वैश्य समाज द्वारा विभिन्न सामाजिक कार्य हरु गर्ने गरिएको थियो र भभिस्यमा समेत सामाजिक कार्य लाई निरन्तरता दीरहने वैश्य समाजले जनाएको छ ।