नेपालगञ्ज वडा नं. १३ स्थित बाँकीबगियाको रामलीला मैदानमा विगत १५६ वर्षदेखि दशहरा मेलाको आयोजन हुँदै आएको छ यस वर्ष १५७औं वर्षको यस मेलाको अवलोकन गर्न टाढा–टाढाबाट व्यक्ति यहाँ पुगे ।
विगतमा रामलीला मैदानमा राम रावणबीचको युद्ध र दशमीको दिन भव्य दशहरा मेला आयोजन गरेको अतिरिक्त रामलीला नाटक मञ्चनको कार्यक्रम अन्य ठाउँमा आयोजित हुने गथ्र्याे दशकौं अघि रामलीलाको कार्यक्रम वडा नं. ११ को टाँगा स्टैण्ड नजीक आयोजित हुने गथ्र्याे सो पछि यो रामलीला कार्यक्रम वडा नं. ८ को सेतु बाबु हातमा हुन लाग्यो सो पछि यो कार्यक्रम केही वर्षसम्म अस्पताल रोडमा रहेको टण्डन राइस मिलमा आयोजित भयो । रामलीला संचालक समितिले केही वर्ष अघि बाँकीबगियामा रामलीला ग्राउण्डमा नै भव्य स्टेज निर्माण गरायो जसको कारण त्यहाँ अब रामलीलाको सम्पूर्ण कार्यक्रम आयोजित हुँदै आएको छ । कोरोनाको संक्रमण फैलेपछि रामलीलाको कार्यक्रम भएन अब नियमित रुपमा यो कार्यक्रम हुन थालेको छ । विगतमा नेपालगञ्जमा रामलीलाको कार्यक्रम सानो नाट्य कम्पनीबाट आयोजित हुन्थ्यो यसमा आकर्षकता भने थिए तर जबदेखि टण्डन राइस मिल र बाँकी बगियामा रामलीला कार्यक्रम हुन थाल्यो यसमा उत्कृष्टता र आकर्षकता आएको छ । रामलीलामा भव्यता आएपछि यसको अवलोकन गर्नेहरुको संख्या पनि बढेको छ । दशहरा पर्वमा पहिलो त्रिभुवन चोक लगायत कैयनस्थानमा दुर्गा पुजाको पण्डाल लाग्ने गथ्र्याे यसमा देवी जागरण, बिरहा, जवाफी किर्तनको कार्यक्रम आकर्षणपूर्ण थियो यो कार्यक्रमलाई अहोरात्री सम्म देख्ने दर्शकको संख्या बढेको थियो । यस समय रामलीला देख्नेहरुको केही संख्या घटेको थियो । दुर्गा पण्डालहरुमा यस्तो कार्यक्रम कमै आयोजित हुने गरेकोले अब रामलीला कार्यक्रमको अवलोकन गर्नेहरुको संख्या बढेको छ ।
नेपालगञ्जमा दशहरा मेला र रामलीला नाट्य मंचनको इतिहोस धेरै नै पुरानो छ । यस रामलीला नाट्यको शुरुआत गर्ने व्यक्तित्व हुन् सरजु प्रसाद टण्डन (खत्री मुनीम) । उनले शुरुआत गरेको रामलीला आजसम्म आयोजित हुँदै आएको छ । दशकौं अघि यो रामलीलाको कार्यक्रम नेपालगञ्जका हिन्दु र मुस्लिम समुदाय मिलेर आयोजित गर्ने गरेका थिए यस कारण यो नेपालगञ्जको संस्कृति नै बनेको छ । दशकौं अघि नेपालगञ्ज वडा नं. ३ बस्ने स्व. मक्कु सिद्दीकी भगवान रामको महिमा मण्डन गर्दै कविता वाचन गर्थे । कैयन पटक उनले माता कौशल्याको अभिनय गरी रामलीलालाई जन–जनसम्म पु¥याउने योगदान दिएका थिए । सोही समय स्व. रामदुलारे वैश्यले वाणासुरको अभिनय गरी आफ्नो छुट्टै छाप छोडेको पाइन्छ । सोही प्रकारले स्व. भोलानाथ वैश्यले दशानन रावण आदिको अभिनय गरेको वृतान्त पाइन्छ । त्यस्तै स्व. छेदी महराज तिवारीले भगवान परसुरामको भूमिका निभाई प्रसिद्धी पाएका थिए रामलीला कार्यक्रमको व्यवस्थापन स्व. पिताम्बरजंग राणाले गरी प्रसिद्धी पाएका थिए । त्यस्तै राम प्रसाद वैश्य, कृष्ण गोपाल टण्डन, केदारनाथ टण्डन, विश्वनाथ टण्डन, पाटनदीन लखेर गुप्ता लगायतले रामलीला कार्यक्रमलाई अगाडि बढाउने कार्य गरेका थिए । रामलीला कार्यक्रमलाई अघि बढाउने कार्य नेपालगञ्जका स्थानीय व्यक्तित्व स्व. श्याम सुन्दर कनोडिया, स्व. राम चन्द टण्डन, गिरिवर प्रसाद अग्रवाल, रमेश चन्द्र गोयल, कन्हैया लाल टण्डन, सन्तोष कुमार कनोडिया, उमेश कुमार अग्रवाल, रामचन्द्र सिंघल, जैनेन्द्र कुमार टण्डन, ओमजंग शाह, डा. धवल शम्शेर राणा, स्व. जगदीश प्रसाद वैश्य, विजयमानपति, मनोहर लाल खेतान, प्रदीप कुमार छाजेड, स्व. होलीराम वैश्य, भगवती प्रसाद लखेर, निरञ्जन सिंह सिजापति, कौशल कुमार टण्डन, विनोद कुमार टण्डन, मूलचन्द गुप्ता, सालिगराम शर्मा, प्रदीप कुमार वैश्य, स्व. अच्युत प्रसाई, स्व. कृष्ण गोपाल टण्डन, हरदेवबक्स चौधरी, श्याम बिहारी कुर्मी, डा. क्षत्रपाल अग्रवाल, स्व. मोहन लाल वैश्य, सतीश चन्द्र अग्रवाल, यशोदा देवी कुर्मी, त्रिवेणी प्रसाद कुर्मी, प्रसाद शर्मा, मामराज अग्रवाल, अयोध्या प्रसाद पाण्डेकी धर्मपत्नी, स्व. उमाशंकर केशरवाल, सुरेन्द्र नाथ टण्डन, सुभद्रा कुर्मी जस्ता व्यक्तित्वहरुले उल्लेख्य भूमिका निर्वाह गरेको इतिहास छ । अहिले पनि भरत किशोर वैश्य, रमेशचन्द्र कुमाल र सन्तोष कुमार कनोडिया लगायतका व्यक्तित्वहरुको कारण यो रामलीला नाट्यको मंचन नियमित रुपमा आयोजित हुँदै आएको छ दशकौं अघि रामलीला नाटक मंचन गर्ने कम्पनी अयोध्याधाम, दरभंगा, जनकपुर नेपालबाट हुने गथ्र्याे । अहिले यो रामलीला १५७औं वर्षमा भई सभ्य र भव्य ढंगबाट भएको छ । रामलीला नाट्यको मंचन भई रहेको समय केही समयदेखि यो कार्यक्रम स्थानीयबाट हुनुपर्ने माग पनि उठ्न शुरु भएको छ । स्थानीयबाट यस्तो कार्यक्रम आयोजित गर्नु एक चुनौति सरह छ किनकी देशको धर्म, संस्कृति र सभ्यता जोगाउने कार्य सरकारबाट हुनु पथ्र्याे २०६२।०६३ को जनआन्दोलन भाग–२ को सफलतापछि बनेको विभिन्न सरकार धर्म संस्कृति र सभ्यताको संरक्षण गर्नमा उदासीन रवैया अपनाएकोले यहाँ धर्म निरपेक्षताको नाममा अधर्म कामलाई बढावा दिइएको छ ।
धर्मको संरक्षण राज्यबाट नभई यसको सट्टा त्यसले धर्म परिवर्तनलाई बढावा दिएकोले तिव्रतम गतिले क्रिश्चियनिटी बढेको छ । यस्तो अवस्थामा संस्कृतिलाई बढावा दिने जस्ता कार्य कठिन र चुनौतिपूर्ण छ । नेपालगञ्जको अतिरिक्त यस्तो रामलीला नाट्य मंचनको कार्यक्रम जनकपुर, वीरगंज लगायत केही तराई क्षेत्रमा मात्र आयोजित भई रहेको छ यस्तो रामलीलाको कार्यक्रम हिमाली, पहाडी क्षेत्रसम्म आयोजित गर्न सके संस्कृतिको जगेर्ना हुन सक्थ्यो रामलीला नाट्य मंचनको कार्यक्रम आयोजित गर्दा रामलीला संचालक समितिको लाखौं लाख रकम खर्च हुने गर्छ यसमा स्थानीय कलाकारको उत्पादन गर्ने प्रयास गरे लाखौं रकम अतिरिक्त खर्च हुन सक्छ यस कारण स्थानीयबाट रामलीला कार्यक्रम संचालन गराउने कुरा हवा हवाई र गफ मात्र हो । यस्तो कार्य कहिल्यै पनि गर्न सकिँदैन । यो अवश्य छ कि राज्यले रामलीलाको प्रचार–प्रसारलाई बढावा दिन रकम खर्च गर्छ भने अवश्य नै यो लक्ष्य पार गर्न सकिन्छ । जसरी पहिले पनि माथि उल्लेख गरेका छौं सरकार धर्म, संस्कृति सभ्यता र विशेष रुपमा सनातन विरोधी छ यस कारण स्थानीय कलाकारबाट रामलीला नाट्य मंचन गराउने कुरा दिवास्वप्न मात्र हो यो कार्य कहिल्यै पनि पूरा हुन
सक्दैन । अहिलेसम्म देखिए अनुसार रामलीला मैदाननै अव्यवस्थित छ । थोरै पानी पर्दा पुरै मैदान हिलाम्य बन्छ आगामी समयमा रामलीला मेदानको चारैतर्फबाट पर्खाल लगाउँदै छायाँदार वृक्ष रोप्ने र त्यहाँ लागेको फोहोरको डंगुर हटाउन पनि नितान्त जरुरी छ । आर्थिक कमीको कारण रामलीला मैदान व्यवस्थित हुन सकेको छैन ।
यस कारण रामलीला कार्यक्रमलाई निरन्तरता दिइनेतर्फ प्रयास जारी राख्नु पर्छ स्थानीय कलाकारको उत्पादन गर्ने कल्पना गर्नु सपना मात्र हो । रामलीला संचालक समितिले आगामि दिनमा विगतमा यो कार्यक्रमलाई निरन्तरता दिने कार्यमा अहम भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुको सम्मान गर्ने गर्ने सोच राखे नयाँ पुस्ताले यसबाट प्रेरणा अवश्य पाउनेछन् यस कारण अग्रज व्यक्तित्वहरुको सम्मान गर्ने सोच राखौं र रामलीला कार्यक्रमलाई अझ बढावा दिऔं ।