हिन्दु पंचांग अनुसार भगवान विष्णुले कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा धनवन्तरीको रुपमा अवतार लिनु भएको थियो । यसै कारण यस दिनलाई भगवान धन्वन्तरीको धनतेरसको रुपमा पुजा गर्ने गरिन्छ भगवान धनवन्तरी श्रीहरि विष्णुको २४ वटा अवतार मध्ये १२औं अवतार मानिएका छन् ।
पौराणिक कथन अनुसार भगवान धनवन्तरीको उत्पत्ति समुद्र मन्थनको समय भएको थियो समुन्द्र मन्थनको समयमा १४ वटा प्रमुख रत्न निस्किएको थियो । जसमा १४औं रत्नको रुपमा भगवान धनवन्तरी प्रकट हुनु भएको थियो । उनीको हातमा अमृत कलश थियो । भगवान धनवन्तरीलाई आयुर्वेदको जनक भनिएको छ महान पर्व दीपावलीको २ दिन अघि धनतेरस पर्वको दिन भगवान धनवन्तरीको पुजा गरी वैदिक सनातन धर्ममा दीपावली पर्वको समयमा गोवर्धन, काग, कुकुर, गोरु र लक्ष्मीको प्रतिक गाईको पुजा गर्ने परम्परा छ यसको कारण हो यो धर्म प्रकृति पूजक हो । यो दीपावली पर्व एक दिनको हुँदैन यसको साथ केही अरु पनि ठूलो पर्वहरु छन् । यिनी मध्येको पर्व हो धनतेरस यो पनि हिन्दु पात्रोको अनुसार कार्तिक मासको कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइन्छ । भनिन्छ, यसै पर्वबाट दीपावली उत्सवको शुरुआत हुन्छ । धार्मिक कथन अनुसार धनको देवी माता लक्ष्मीलाई मानिएको छ त्यस्तै शुभको प्रतिक भगवान गणेशलाई मानिएको छ र धनको देवता कुबेरलाई भनिन्छ । धनतेरस पर्वको दिन सनातनीहरु भाडा बर्तन खरीदलाई शुभ मान्दछन् धनवन्तरी जयन्तीको विषयमा भागवत, महाभारत र पुराण ग्रन्थहरुमा उल्लेख पाइन्छ । धार्मिक मान्यता अनुसार धनतेरस पर्वको दिन श्रीहरि विष्णु पृथ्वीमा विचरण गर्न आउनु हुन्छ । यस समय देवी लक्ष्मी पनि उहाँको साथमा रहनु हुन्छ दीपावली पर्वको साथै अन्य पर्व पनि मनाइन्छ जसमा कार्तिक पूर्णिमाको दिन त्रिपुरोत्सव, अन्न कुट, कुबेर पुजा लगायत । धनवन्तरीको अवतार हुनु भन्दा अघि आयुर्वेद गुप्त अवस्थामा थियो । धनवन्तरी पछि आयुर्वेदको ज्ञान विश्वामित्रको छोरा सुश्रतले सिके । सुश्रत विश्वको प्रथम सर्जन अर्थात शल्य चिकित्सक थिए । भगवान धनवन्तरीको दीपावली पर्वको २ दिन अघि धनतेरसको दिन पुजा गर्ने गरिन्छ । धनवन्तरी धनको देउता होइनन् उहाँ आफ्नो पहिलो जन्ममा देउताको स्थान पाउनु भएन यस कारण देउताको स्थान पाउन दोस्रो जन्म लिनु प¥यो भगवान धनवन्तरीबारे आदिकालको ग्रन्थ रामायण, महाभारत र आयुर्वेदावतरणको प्रसंगमा उल्लेख छ । त्यस्तै आदिग्रन्थहरु सश्रुत संहिता, चरक संहिता काश्यप संहिता र अष्टांग हृदयमा विभिन्न रुपमा उल्लेख पाइन्छ । यसको अतिरिक्त आयुर्वेदिक ग्रन्थहरु आयुर्वेदावतरणको प्रसंग उद्धृत छ । महाकवि व्यासजीद्वारा रचित श्रीमद्भागवत पुराण अनुसार धनवन्तरीलाई भगवान विष्णुको अवतार भनिएको छ महाभारत, विष्णुपुराण, अग्निपुराण, श्रीमद्भागवतमा यो चाहिँ उल्लेख पाइन्छ । भनिएको छ देउता र असुर एकै पिता कश्यपको सन्तान थिए । तर यिनीहरुको वंश वृद्धि धेरै भयो । यस कारण यी दुवै एक आपसमा लड्न शुरु गरे । उनी ३ वटै लोकमा आफ्नो अधिकार जमाउन खोजेका थिए । असुरहरुको गुरु भए शुक्राचार्य जुन संजीवनी विद्या जान्दथे उनीको बलले असुरहरु जीवित हुन्थे । यसको अतिरिक्त दैत्य दानव आदि मांसाहारी हुनुको कारण हृष्टपुष्ट स्वस्थ थिए । दिव्य अस्त्रहरुको जानिफकार थिए । यस कारण युद्धमा असुरको अपेक्षामा देउताहरुको मृत्यु धेरै नै हुन्थ्यो । पुरादेवसुराुद्धेहताश्रशत शोसुराः । दन्यमान्स्तो देवाः शतशोडथसहस्तशः । अन्य प्रसंगमा आयुको छोरा धनवन्तरी थिए यिनी वीर र यशस्वी र धार्मिक थिए राज्यभोगको पछि उनी योगतर्फ लागे र गंगासागर तटमा समाधि लगाएर तपस्या गर्न लागे । विगत अनेक वर्षहरुमा त्यसबाट महाराक्षस समुन्द्रमा लुकेको थियो वैरागी धनवन्तरीलाई देखेर त्यसले नारीको रुप धारण ग¥यो उनीको तपस्या भंग गरी दियो । त्यसपछि उहाँ अन्तरध्यान भए । ब्रह्माले त्यसलाई सम्पूर्ण स्थितिबाट अवगत गराए र विष्णुको आराधना गर्ने सुझाव दिए विष्णुलाई खुसी पारेर उहाँ इन्द्र पद प्राप्त गरेको उल्लेख समेत पाइन्छ । यो इन्द्र ३ पटक इन्द्रको पदबाट पदच्यूत भए ।
सारांशमा शुक्राचार्यको बलले असुर झन वृद्धि हुन थाले देउताहरु धरै संख्यमा मर्न थाले देउताहरुलाई जीवित पार्न निमित्त समुन्द्र मन्थनमा भगवान धनवन्तरी अमृत कलश लिएर प्रकट भए सो अमृत निस्कँदा सोलाई पाउन देउता र असुरबीच लडाई हुन थाल्यो यसमा भगवान विष्णुले मोहिनीको रुप धारण गरेर देउताहरुलाई अमृत र असुरहरुलाई सुरापान गराए । यो कुराको जानकारी असुरलाई भयो उनी छल गरेर अमृत आफ्नो कण्ठमा उतारे यसमा भगवान विष्णुले राहुको सुदर्शन चक्रले वद्य गरे जसबाट राहु र केतुको उत्पत्ति भएको उल्लेख पाइन्छ । भगवान धनवन्तरी आयुर्वेदको जनक हुन् यस कारण सनातन धर्मावलम्बी सुस्वास्थ्यको कामना लिएर श्रद्धाभक्तिपूर्वक भगवान धनन्तरीको धनतेरस पर्वमा पुजा आराधना गर्ने गर्छन् ।