नेपालगन्ज बाँके
यही शनिवार जय श्री राम शक्ति दल केन्द्र लाठी समितिको पदअधिकारी हरुको बैठकले सर्वसहमतिले प्रेस सल्लाहकारमा आकाश कसौधन लाई नियुक्त गरेका छन् ।
विगत लामो समय देखि यसै क्लबको खेलाडी समेत रहेका कसौधनले क्लब विकासका लागि आफ्नो तह बाट साथ र सहयोग गर्दै आएको भन्दै समितिले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको जानकारी समितिका अध्यक्ष सुजीत कुमार गुप्ताले दिए ।