राष्ट्रिय परिचय पत्रलाई उपलब्धिपूर्ण बनाउन सरकारले यसलाई अनिवार्य रुपमा लागु गर्ने नीति बनाएको थियो राष्ट्रिय परिचय पत्र नलिएका जेष्ठ नागरिक भत्ता र अन्य सरकारी सुविधा उपलब्ध नहुने भनिएको थियो तर सर्वाेच्च अदालतले अहिले यो अनिवार्यतालाई समाप्त पारेको फैसला दिएपछि अहिले विशेषकर जेष्ठ नागरिकले राहत महसुस गरेका छन् ।
वास्तविक रुपमा भन्ने हो भने राष्ट्रिय परिचय पत्र लागु गर्नु पथ्र्याे यसमाथि राम्रो अभ्यास गरिएको भए यसलाई उपलब्धिपूर्ण बनाउन सकिन्थ्यो तर भने गरिन्छ यस देशमा सबै कार्य हचुवाको भरमा हुँदै आएको छ राम्रो कामले पनि अन्ततः नराम्रो परिणाम दिन्छ । अहिले यस्तै नै भएको हो राष्ट्रिय परिचय पत्र लागु गरियो जसबाट सबै भन्दा बढी आहत जेष्ठ नागरिक बन्ने खतरा थियो यस कारण सर्वाेच्चले यसको विरुद्ध फैसला दिएको छ । राष्ट्रिय परिचय पत्र वितरण गर्दा सबै भन्दा पहिले विभिन्न तहको नागरिकता जसमा जन्मसिद्ध,अंगीकृत, वंशज लगायत थियो । यो सबै तहको नागरिकताबाट सरकारले दिएको सबै सुविधा उपभोग जनताले गर्न पाउँछन् तर यसमा सोझै विभेदको भावना थियो सबै जना नेपाली नागरिक तर कसैलाई वंशज कसैलाई जन्म सिद्ध कसैलाई अंगीकृत, यस्तो नहुनु पथ्र्याे देशलाई सबै भन्दा हानी नोक्सानी २०६२।०६३ मा वितरण गरिएको नेपाली नागरिकताबाट भएको हो यसमा कसैले ३ पुस्ते लगाई नागरिकता लिएनन् बरु केहीहरु विदेशी व्यक्तिसँग पैसा लिइ सनाखतमा केहीहरु बसे जसबाट थुप्रै जना विदेशीले नागरिकता लिन सफल भए यस्तो नागरिकता वितरण अहिले देशको लागि घाँडो जस्तो भएको छ । २०६२।०६३ को नेपाली नागरिकताबाट यहाँ बेरोजगारी बढेको छ । विदेशीहरु नेपालीको व्यापार व्यवसायमाथि कब्जा गरी सरकारी सुखसुविधाको उपभोग गर्न पाएका छन् तर वास्तविक नेपाली बेरोजगार भई पेट पाल्न रोजगार खोज्दै विदेशमा सस्तोमा श्रम बेच्न बाध्य बनेका छन् । यस्तो स्थितिमा वास्तविक नेपाली जनता अल्पमतमा र विदेशी बहुसंख्यक बनेका छन् । अहिले पनि तमाम विदेशी नेपाली नागरिकता पाउन दिनहुँ भारत, बाँग्लादेश, म्यानमार, मंगोलिया जस्तो देशबाट भारी संख्यामा भित्री रहेका छन् । जसबाट नेपाली राष्ट्रियता, यहाँको प्राचीन धर्म संस्कृति सभ्यता सबै नै खतरामा परेको छ ।
विगतमा भारतको एक अशान्त राज्यबाट हजारौंको संख्यामा व्यक्ति नेपालमा भित्रिए उनीहरु नेपाली नागरिकता प्राप्त गरी सकेका छन् अहिले बाँग्लादेशी, भारतीय र म्यान्मारका व्यक्ति पस्न शुरु गरेका छन् । यसबीच हाम्रो देशका केही राजनीतिक दल आफ्नो भोट बढाउन ति विदेशीलाई यहाँ प्रश्रय दिइ रहेका छन् । यस्तै स्थिति अझ केही वर्ष कायम रहने हो भने वास्तविक नेपालीहरु विलिन हुनेछन् र विदेशीको यहाँ एकक्षत्र राज्य हुनेछ । त्यसो पनि हाम्रो मुलुकमा विदेशीको हस्तक्षेपको कारण सन्त्रासको स्थिति रहेको छ यहाँ सरकार भने दिखावटी मात्र छ माथिबाट सरकार छ तर काम सबै विदेशीको इशारामा नै भई रहेको छ । यस्तो विदेशी शक्तिलाई मलजल दिने दिइने काम यहाँको एनजीओ, आईएनजीओहरुले गरी रहेका छन् यस्तो विगतमा भएको गल्ती सुधार्ने मुख्य अस्त्र हो राष्ट्रिय परिचय पत्र यसको लागि सबै भन्दा पहिले २०६२।०६३ मा वितरण गरिएको नेपाली नागरिकता रद्द गरी अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र वितरण हुनु पर्छ र अहिलेसम्म वितरण भएको राष्ट्रिय परिचय पत्र समेत रद्द गरी शुरुबाट राष्ट्रिय परिचय पत्र वितरण गर्नुपर्छ यो पाउन सबैले ३ पुस्ते लगाउनुपर्ने अनि राष्ट्रिय परिचय पत्र पाउने व्यवस्था गरे यसबाट नागरिकता शुद्धिकरण गर्न सकिन्छ ।
वर्तमान समयमा मुलुकमा सबै भन्दा बढी हक अधिकार र लाभ विदेशीले पाएका छन् वास्तविक नेपाली नागरिक सबै हक अधिकारबाट वन्चित रहेको देखिन्छन् । नेपाली युवालाई विदेशमा रोजगार गर्न सरकारले प्रेरित गरेकोले अहिले रोजिन्दा हजारौं हजार युवा विदेशमा रोजगार गर्न गई रहेका छन् । उनीबाट सरकारलाई भारी परिमाणमा रेमिट्यान्स प्राप्त हुन्छ तर उनी विदेशमा रोजगार गर्न पुगेकालाई सरकारले के सुविधा दिइ रहेको छ त ? बाध्यतावश नेपाली युवा विदेशमा रोजगार गर्न पुग्छन् यसको सट्टामा उनीको शव ताबुतमा भरेर आउने गरेको कुरा दिनहु समाचारमा आई रहेको छ विदेशमा रोजगार गर्न प्रेरित गर्नु सरकारको नीति ठीक छ तर उनीलाई सुरक्षाको ग्यारेन्टी पनि त दिन सक्नु प¥यो । यसको साथै यो बुझ्नु पनि जरुरी छ कि विदेशमा रोजगार गर्न गएकाहरु पनि नेपाली जनता नै हुन् उनीलाई पनि यहाँ भोट दिइने व्यवस्था मिलाउनु पर्छ । विभिन्न निर्वाचन हुँदा विदेशमा रहेका त्यस्ता नागरिकलाई यहाँ अनलाईनबाट भोट दिइने अधिकार दिए यहाँ बसेका विदेशीहरुको निर्वाचनमा वर्चस्व हट्ने छ यस कारण स्वदेशमा बसेका नेपाली नागरिक सरह नै विदेशमा रहेका नेपाली जनताहरुलाई राजनीतिक, व्यवसायिक र सुरक्षाको ग्यारेन्टी जस्तो लाभ मिल्नु पर्छ । अन्य देशमा विदेशीको प्रभाव रोक्न एनआरसी जस्तो कानून ल्याउनु परी रहेको छ हाम्रो यहाँ त्यस्तो छैन थोरै बुद्धिमानी अपनाए त्यस्तै नै विदेशीको वर्चस्वलाई हटाउन सकिन्छ । राष्ट्रिय परिचय पत्र वितरणबाट सबै समस्याको अन्त गर्न सकिन्छ । तसर्थ अहिले पनि समय छ २०६२।०६३ मा वितरण गरिएको नेपाली नागरिकता र अहिलेसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्र रद्द गरी नयाँ तरीकाबाट ३ पुस्ते लगाएकाहरुले मात्र राष्ट्रिय परिचय पत्र पाउने प्रावधान ल्याउनु पर्ने अहिले जरुरी भएको छ ।