आर्थिक मन्दीको कारण यतिखेर मुलुकमा रहेका व्यापारिक प्रतिष्ठानहरुको शटर बन्द भई रहेको छ । राजधानीमा रहेको न्यूरोड लगायतमा रहेको तमाम शटरहरु बन्द भई त्यसमा ताल्चा लागी रहेको समाचार प्रकाशमा आई रहेको छ यस्तै अवस्था अहिले यहाँ नेपालगञ्जमा रहेको व्यापारिक प्रतिष्ठानहरुको पनि रहेको छ । सुर्खेतरोड, धम्बोझी, खजुरारोड, त्रिभुवन चोक परिक्षेत्रमा संचालित रहेको तमाम शटरहरु बन्द भई त्यसमा ताल्चा लागी रहेको छ । यस्तो अवस्था किन भयो यसमा व्यापारीहरुबाट प्राप्त गुनासो अनुसार बैंकहरुको चर्काे ब्याजको कारण हामी व्यापारी वर्ग मर्कामा परेको बताएका छन् । त्यस्तै केही व्यापारीहरुले भनेका छन् कि अहिले प्रतिस्पर्धाको व्यापार छ नेपालगञ्जमा बिक्री हुने मालसामान महँगो मूल्यका छन् र सीमापारीको भारतीय बजारमा बिक्री हुने मालसामान सस्तो हुने गरेको कारण अधिकांश नेपाली उपभोक्ता सीमापारीको भारतीय बजारमा पुगी सरसामानको किनमेल गर्न रुचाउसँछन् । यस कारण नेपालगञ्जको बजार सुक्दै गई रहेको छ र भारतीय बजार अझ विस्तृत हुँदै गएको छ । नेपालगञ्जको बजारलाई बचाउन बैंकको चर्काे ब्याज घटाउनुपर्ने र भारतबाट आउने मालसामानमा लाग्ने भन्सार शुल्क घटाए यहाँको बजार सुरक्षित हुन सक्छ । सरकारको नीति लुटाहापूर्ण रहेकोले नेपालगञ्जको व्यापार व्यवसाय धरासाई बन्दै गएको अधिकांशहरुको मत रहेको छ तर नेपालगञ्ज उद्योग वाणिज्य संघको वर्तमान कार्य समिति सक्रिय नेतृत्व नपाएको कारण व्यापारीको यो माग पुरा हुन सकी रहेको छैन बाध्यतावश यहाँको व्यापारी आफ्नो व्यापारिक प्रतिष्ठानहरुलाई बन्द गरी रहेको पाइएको छ । व्यापारीको यस्तो माग पूरा गराउने क्षमता नेपालगञ्ज उद्योग वाणिज्य संघले राख्छ तर केही वर्षदेखि बनेको कार्य समिति असक्षम रहेको छ यस कारण त्यो व्यापारीको हक हितमा कार्य गर्न सकी रहेको छैन । विगतमा संघको नेतृत्व स्व. अच्युत प्रसाद प्रसाई, सतीश कुमार अग्रवाल, स्व. दामोदर आचार्य जस्तोको हातमा थियो यिनीहरुको कुशल नेतृत्वको कारण सो समय व्यापारीहरुलाई अनावश्यक दुःख झेल्नु परेको थिएन विगतमा आन्तरिक राजस्व कार्यालयले व्यापारीको यहाँ अनावश्यक दुःख दिइने कार्य गर्दा प्रसाई, आचार्य र अग्रवाल जस्तो व्यक्तित्वहरु आन्तरिक राजस्व कार्यालयको दादागिरी प्रवृत्तिको कडा मुकाबिला गर्दा व्यापारी प्रताडनाको अंत भएको थियो । संघमा यिनीहरुको कार्यकाल समाप्त भएपछि विभिन्न समय बनेको कार्य समितिले असक्षमता प्रदर्शित ग¥यो जसको कारण नेपालगञ्जका व्यापारीको समस्या थपिँदै गएको छ अहिले उनी व्यापारी नेपालगञ्जको कारोबार छाडी आफ्नो व्यापार चलाउन सीमापारीको भारतीय बजारमा आ–आफ्नो पसल थपी रहेका छन् भारतीय बजारमा व्यापार व्यवसाय चलाउँदा त्यहाँ उनीहरुलाई सरकारको प्रताडना झेल्नु पर्दैन यसको सट्टा त्यहाँको सरकार व्यापार व्यवसायलाई बढाउन अझ प्रोत्साहन दिईरहेको छ यस कारण भारतीय बजार दिनदिनै फस्टाई रहेको छ यहाँ नेपालगञ्जको बजार चाहिँ सुक्दै गई रहेको छ । नेपालगञ्जको बजारलाई बचाउन संघमा आँट आउनु पर्छ यसको लागि कडा संघर्ष चलाउनुपर्ने आवश्यक भएको छ संघले बैंकको चर्काे ब्याज घटाउन र चर्काे भंसार शुल्क घटाउन संघर्ष चलाउँछ भने निश्चित नै त्यसलाई सफलता मिल्छ तर संघको अहिलेको कार्य समिति पनि असक्षमता प्रदर्शित गरी रहेको छ । संघमा उद्योगी, व्यापारीको हकहितमा कार्य हुँदैन जसको कारण अधिकांश व्यापारी संघको सदस्यता लिन चाही रहेका छैनन् । त्यसो पनि संघको सदस्यता त्यस्ता व्यापारीले मात्र लिन्छ जसको मालसामान भारततर्फ निकासी हुन्छ या त जो विशेष राजनीतिक पार्टीसँग सम्बन्धित छ संघमा आफ्नो पार्टीको झोला बोक्नेलाई निर्वाचनमा विजयी गराउन केहीहरु संघको सदस्यता नविकरण गराउने गर्छन् । अब संघमा राम्रो नेतृत्व नआई रहेको कारण व्यापारी वर्गमा संघप्रति वितृष्णा बढ्दै गएको छ ।
यसरी अगामि समय संघको सदस्यता घट्ने समेत अनुमान बढ्दै गएको छ । व्यापारीको पसल बन्द भई रहेकोले अब पनि संघको वर्तमान कार्य समितिको चेत खुल्नुपर्ने आवश्यकता छ संघ सुतेको छैन तर सुतेको बहाना अवश्य बनाई रहेको छ यस्तो चेत त्यसको अब खुल्नुपर्छ यसको लागि बैंकको चर्काे ब्याज घटाउन र भंसार शुल्क घटाउने कुरामा संघर्ष छेड्नु जरुरी छ । नेपालगञ्ज बजार सुक्नुमा केही दोषी यहाँका व्यापारी वर्ग पनि छन् यहाँ अधिकांश व्यापारीहरु तस्करीबाट वा क्यारिंगबाट मालसामान भारतबाट ल्याई यहाँ बिक्री गर्दै आएका छन् । तस्करी वा क्यारिंगबाट मालसामान मगाउँदा त्यस्तो मालसामानको मूल्य सस्तो हुनु पथ्र्याे तर आफ्नो आंगको जुम्रा नदेख्ने मानसिकता रहेको उनी सधैं सरकारको नीतिको मात्र आलोचना गर्छन् आफूमा रहेको कमी कमजोरी सुधार्नुको साटो लुकाउन खोज्छन् जसको कारण समस्या अझ बढ्दै गई रहेको छ । यो अवस्थालाई सुधार्न संघले सबै भन्दा पहिले मालसामानको मूल्यमा एकरुपता ल्याउने कार्य गराउनु जरुरी छ । अहिले एउटै मालसामान विभिन्न पसलमा फरक–फरक मूल्यमा बिक्री हुने गरेकोले उनीको लुटाहापूर्ण व्यवहारको कारण नेपाली उपभोक्ता यिनीप्रति विश्वास राख्न छाडेका छन् जसको कारण अधिकांश नेपाली उपभोक्ता सानोतिनो मालसामान पनि किनमेल गर्न भारतीय बजारमा पुग्ने गरेका छन् । व्यापारीको यस्तो गलती सुधार्न संघले सबै पसलमा मूल्य सूची लगाउने प्रावधान ल्याउनु पर्छ यो प्रावधानलाई कसैले बेवास्ता गरे उनीमाथि कडा कारवाही गराउनु पर्छ यति सुधार भए केही हदसम्म नेपालगञ्ज बजारको अवस्था सुधार्न सकिन्छ । यो सुधार ल्याउन संघर्षशीलता र इमान्दारितापन आ–आफूमा ल्याउनु पर्छ । भन्ने गरिन्छ व्यापार व्यवसाय इमान्दारितामा आधारित रहन्छ जुन दिन इमान्दारिता र विश्वसनीयता घट्यो त्यो दिन व्यापार चौपट हुन्छ । अहिलेको समय व्यापारीमा न त इमान्दारिता छ न त विश्वसनीयता नै यस कारण नेपालगञ्ज बजारको व्यापार व्यवसाय दिन प्रतिदिन घट्दै गई रहेको छ ।