नेपालगञ्ज । नेगउमनपा ८ नं. को बुलबुलियास्थित हिन्दु शम्शानभूमिको पूर्वतर्फको जग्गामा भगवान महाकालको भव्य मन्दिर निर्माण गर्न भौतिक पूर्वाधार तयारी अवस्थामा छ ।
महाकाल मन्दिरको निर्माणको लागि नेगउमनपा ८ नं. वडा समितिका वडाध्यक्ष रजनीश बाजपेयी ‘विवेक बाजपेयी’को अथक प्रयासमा त्यहाँ भगवान महाकाल मन्दिरको निर्माण गर्ने कार्य शुरु भएको हो । करीब २० फुट उचाई रहेको महाकाल मन्दिरको निर्माण भई सकेको छ यस मन्दिरलाई अझ भव्यता दिन अगामि केही महिनामा गुम्बद र गजुर लगाउने कार्य शुरु हुने छ । एक जानकारी अनुसार यस वर्ष वडा समितिमा कम बजेट आएकेले मन्दिर निर्माण कार्यमा केही अवरुद्धता आई रहेको छ ।
जति जति मन्दिर निर्माण कार्य चली रहेको छ सबै तर्फबाट यसको बाँकी काम सम्पन्न गराउन सबै तर्फबाट सहयोग गर्ने सोच पनि बढेको छ । हिन्दु शम्शान भूमिभित्र महाकाल मन्दिरको निर्माण भए बाँके क्षेत्रमा भगवान महाकालको एक्लो यो मन्दिर स्थापित हुनेछ किनकी सम्पूर्ण बाँके जिल्लामा भगवान महाकाल मन्दिर छैन ।
भगवान महाकालको उपासना गर्ने यहाँ कुनै मन्दिर नरहेकोले बाध्यतावश बाबा महाकालका भक्तजनलाई भारतको उज्जैनमा पुगी त्यहाँ उपासना गर्नु पर्छ यहीं नै उनको मन्दिर निर्माण हुन्छ भने अब कसैलाई बाबा महाकालको उपासना गर्न उज्जैन पुग्नु पर्दैन ।
शिवलाई महाकालको नामले पनि उपासना गर्ने गरिन्छ । भगवान महाकालको शुद्ध मनले उपासना गरे सबै संकट टर्ने मान्यता छ । महाकाल मन्दिर पुगी भगवान शिवको उपासना गरे मृत्युले पनि व्यक्तिलाई छुन सक्दैन यस्तो उल्लेख वैदिक सनातन धर्मको विभिन्न ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । हिन्दु शम्शान भूमिमा निर्माण भई रहेको महाकाल मन्दिरको सम्पूर्ण कार्य सम्पन्न भएपछि सर्वसाधारणको लागि शम्शानको पूर्वतर्फ भव्य गेट निर्माण गर्ने सोच रहेको छ ।