नेपालगञ्ज । वर्षासँगै अब नेपालगञ्ज उमनपामा बसोबास गर्ने सर्वसाधारणमा झाडा पखाला रोगको समस्या बढ्दै गएको छ ।
अहिले व्यक्तिहरुमा पातलो दिसा हुने, रिंगटा लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्तो समस्या बढेको छ काठमाडौं, धनगढी लगायत स्थानमा कैयनहरु हैजा रोगबाट ग्रस्त भएको समाचारमा जनाइएको छ । यता नेपालगञ्ज उमनपामा व्यक्तिमा हैजा रोग लाग्ने समस्या नआएपनि झाडा पखाला लाग्ने समस्या बढेपछि भेरी अस्पताल लगायत स्वास्थ्य संस्था बेरामीले भरिभराउ भएका छन् । झाडापखाला र हैजा जस्तो रोग अशुद्ध पानी सेवनले हुने गरेको कारण अब सर्वसाधारण उमालेको पानी सेवन गर्न शुरु गरेका छन् ।
सर्वसाधारणहरु खुल्लामा दिशा गर्ने अभ्यास गरे वा ढलमा फोहोर पानी मिसिए यस्तो संक्रमण बढ्ने गर्छ । काठमाडौंको ललितपुरमा १४ जना व्यक्ति र धनगढीमा केहीरुहरुमा हैजा रोग देखा परेपछि हैजा रोगीको संख्या २२ जना पुगेको छ । हैजा रोग भिग्रियो कोलेरा विषाणुबाट हुने गर्छ । व्यक्तिमा यस्तो संक्रमण भए चौलेनी पानी जस्तो दिसा आउने गर्छ तर समयमा स्वास्थ्य परीक्षण नगराए ५० प्रतिशत व्यक्तिको मृत्यु हुने जोखिम रहने गर्छ हैजा रोगको पत्ता प्रयोगशालामा रक्त कल्चर गराए मात्र थाह हुन्छ । अहिले वर्षा यामको शुरुआत भएको छ यस कारण सर्वसाधारण झाडापखाला लाग्दै जीवन जलको सेवन गर्न शुरु गर्दै समयमा नै स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यक रहेको देखिन्छ । दिसा गएपछि साबुन पानीले राम्ररी हात धुने र उमालेको पानी सेवन गर्नु आवश्यक रहन्छ ।