नेपालगञ्ज । वैदिक सनातन धर्मावलम्बीहरुको प्रमुख चाडपर्व श्रावण महिनादेखि शुरु हुने गर्छ ।
श्रावण महिनाको पूर्णिमादेखि भगवान शिवलाई गंगा जल अर्पण गर्न बोलबम यात्रा शुरु हुने गर्छ । मान्यता अनुसार जब सुर–असुरले समुद्र मन्थन गरे त्यसबाट कालकूट विष पनि निस्केको थियो । सो विषको प्रभावले सम्पूर्ण जीव, जन्तु, र मानिसलाई नराम्रो असर गर्न थालेपछि पृथ्वीमा जीवन नै संकटमा परेको थियो । अतएव विश्व कल्याणको लागि भगवान शिवले सो कालकूट विषलाई आफ्नो कण्ठमा धारण गर्नुभयो । त्यस कालकूट विषको प्रभावले भगवान अचेत हुुनु भयो यस समय उहाँका भक्तजनहरुले तमाम पवित्र नदीको जल लिएर उहाँलाई अर्पण गरेकाले सो समयदेखि नै भगवान शिवलाई जल अर्पण गर्ने परम्परा चलेको धार्मिक वृत्तान्त पाइन्छ ।
सबै भन्दा पहिले भगवान शिवको परम भक्त भगवान परसुरामले भगवान शिवलाई जल अर्पणका लागि काँवड उठाएको उल्लेख पाइन्छ । नेपालगञ्जमा आइतवार दिन साँझ काँवड यात्रा उठी आज सोमवार राप्ती नदी लगायतबाट जल ल्याई नेपालगञ्जको विभिन्न मन्दिरमा पुगी भगवान शिवलाई जल अर्पण गर्नेछन् यसअघि वैदिक सनातन धर्मावलम्बीहरुको प्रमुख चाड पर्व मनाउन शुरु भएको छ ।
श्रावण २५ गते दिन मधेशी समुदायले गुडिया पर्व र नागपञ्चमी पर्व मनाउनेछन् यस्तै भदौं १० गते सोमवार दिन श्रीकृष्ण जन्माष्टमी पर्व पर्ने, भदौं २३ गते आइतवार ऋषिपञ्चमी पर्व, असोज २५ गते बुधवार दिनदेखि १६ गतेसम्म १६ श्राद्ध र असोज १८ गते घरमा जमरा राख्ने फेरी असोज २६ गते शनिवार बडादशैंको टीका थाप्ने दिन परेको छ ।