नेपालगञ्ज । मंगलवार दिन बाँग्लादेशमा हिन्दुहरुको दमन त्यहाँका कट्टरपन्थी समूहले गर्न शुरु गरेपछि नेपालको विभिन्न ठाउँमा सो घटनाको विरोधमा प्रदर्शन भएको छ ।
बिहीवार दिन वीरगंजमा हिन्दुवादी संगठनले बाँग्लादेशमा हिन्दुमाथि भएको दमनको विरोधमा कार्यक्रम आयोजना गरेका छन् यस्तै प्रकारको विरोध कार्यक्रम जनकपुरमा पनि भएको छ । शनिवार दिन नेपालगञ्जमा बाँके हिन्दु समाजले विरोध प्रदर्शनको कार्यक्रम गरेको थियो । त्यस्तै आइतवार दिन विश्व हिन्दु परिषद बाँके शाखा र ओमकार परिवारको आव्हानमा यहाँका दर्जनौं हिन्दुवादी संघ संगठनले विरोध कार्यक्रमको आयोजना गरे । प्रदर्शनकारीहरु बाँग्लादेशका वर्तमान सरकार बाँग्लादेशी सेनाको विरोधमा चर्काे नाराबाजी गरेका थिए सो विरोध जुलुस नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेको थियो त्यसपछि सो जुलुस पुनः फर्केको थियो हिन्दुवादी संगठनहरुले यस अघि २२ गतेका दिन विश्व हिन्दु परिषद नेपाल काठमाडौंले बाँग्लादेशी हिन्दुमाथि कट्टरपन्थीहरुले बर्बतापूर्ण घटना गरेकोमा सो घटनाको निन्दा गर्दै परिषद नेपालले एक प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो परिषदका महासचिव जितेन्द्र कुमार सिंहको हस्ताक्षर रहेको सो विज्ञप्तिमा उल्लेख छ, हिन्दु धर्म शान्तिप्रिय धर्म रहेकोले यसले बसुधैव कुटुम्बकम अर्थात विश्व एक परिवार रहेको मान्यता लिइएको छ । हिन्दु धर्मले कहिँ कतै हिंसा भेदभाव कट्टरता जस्ता कुकृत्यलाई प्रश्रय दिइएको छैन तर विश्व आज एक विशेष समुदायको कट्टरताले त्रस्त र आतंकित बनेको छ । यस बीच सो समुदायले बाँग्लादेशी हिन्दुमाथि बर्बतापूर्ण आक्रमण शुरु गरेकोले यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। मानवता विरोधी जिहादी तत्वहरुबाट घटाइएको उक्त घटनाको विश्व हिन्दु परिषद नेपाल घोर भत्र्सना गर्दछ । साथै घटनामा संलग्नप्रति गम्भीर हुन सम्पूर्णहरुमा अपिल पनि गर्दछौं कट्टरपन्थीहरुले त्यहाँका हिन्दु नेता, व्यापारी तथा आम बाँग्लादेशी हिन्दु समाजमाथि बर्बतापूर्ण आक्रमण गर्दै हिन्दु मन्दिर समेतलाई निशाना बनाएको घटनाले समस्त हिन्दु समाजलाई आहत र आक्रोशित बनाएको छ । आतंकी तथा अपराधी प्रवृत्तिका तत्वहरुको समयमै उपचार नहुँदा मनोबल बढेको देखिन्छ ।
आन्दोलनकारी भनिएका कट्ट्र समूहहरुलाई कारवाही माग गर्नुको साटो उनीप्रति समर्थन जनाउनु निर्दाेष बाँग्लादेशी हिन्दु समाजमाथि अन्याय हो तसर्थ विश्वका सम्पूर्ण मानवतावादी एकजुट भई बाँग्लादेशी बर्बताको विरुद्धमा आवाज उठाई आक्रमणमा परी दिवंगत भएकाप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको लागि विश्व हिन्दु परिषद नेपाल परिवारले भगवान पशुपति नाथसँग प्रार्थना गर्दछु । उक्त कुरा उल्लेख गरेको छ । बाँग्लादेशमा मंगलवार दिनदेखि शुरु भएको आतंकी क्रियाकलापबाट अहिलेसम्म ढाकेश्वरी देवी मन्दिर, काली मन्दिर, इस्कान मन्दिर, प्रसिद्ध बाँग्लादेशी गायक संगीतकार राहुल आनन्दको घर जलाएको समाचारमा आएको छ । त्यस्तै नै त्यहाँ सैयौं हिन्दुहरुको टोल, उनीले संचालित गरेको पसल, व्यापारिक मलमा आगो लगाइ सरसामान लुटिएको छ । कट्ट्रपन्थीहरुले तमाम हिन्दुहरुको हत्या गरेका छन् उनीहरुको हत्या गरेर लाश उल्टो लट्काइएको छ । हिन्दु महिलासँग पनि बर्बता गरिएकोमा यतिखेर विश्वमा छरिएर बसेका हिन्दुजनमा ठूलो आक्रोश छाएको छ । यस घटनाको विरोधमा सम्पूर्ण विश्वका हिन्दु ठाउँ–ठाउँमा विरोध प्रदर्शन गरी रहेका छन् बाँग्लादेशमा भएको घटना पाकिस्तानी गुप्तचर संस्था आईएसआई, अमेरिकाको गुप्तचर संस्था सिआईए र चीनले गराएको समाचार प्रकाशमा आई रहेकोले सो देशको पनि अब विरोध हुन शुरु भएको छ ।