बाँग्लादेशमा केही दिनदेखि चलेको हिंसा शनिवारदेखि साम्य बन्दै गएको छ । आरक्षण विरुद्ध विद्यार्थी संगठनले चलाएको आन्दोलन तिव्र रुपमा चल्दा बाँग्लादेशका प्रधानमन्त्री शेष हसिना वाजेदलाई राजीनामा दिई देश छाड्नु पर्ने बाध्यता भएको थियो ।
त्यसपछि चलेको हिंसामा शेष हसिना वाजेदको कार्यालय भवन बाँग्लादेशका संस्थापक स्व. मुजिब उर रहमानको आवासमा लुटपाट र आगजनी भयो । यो हिंसाबाट शेष हसिना वाजेदको पार्टीका करीब ३ दर्जन बढी नेताको हत्या गरिएको छ । कट्टरपन्थीहरुले एउटा होटलमा आगो लगाई करीब २४ जनालाई जिउँदै जलाएका थिए । हिन्दुहरुको घरमाथि आक्रमण गर्ने, मन्दिरमा तोडफोड गर्ने आगो लगाउने जस्तो घटना चल्न शुरु भएको थियो । अहिले अन्तरिम सरकारका प्रधानमन्त्री मो. युनुस बनेपछि त्यहाँको वातावरण केही शान्त बन्न थालेको छ ।
अन्तरिम प्रधानमन्त्री मो. युनुसले स्थिति सामान्य नबने प्रधानमन्त्री पदको जिम्मेवारी नलिने धम्की दिएपछि कट्टरपन्थी समूह जमात ए इस्लामीले हिन्दुमाथि आक्रमण केही रोकेको छ तर पनि अहिले विशेषकर ग्रामीण क्षेत्रमा यस्तो आक्रमण गर्ने कार्य जारी छ । पाकिस्तान र बाँग्लादेशमा जमात ए इस्लामी नामको कट्टरपन्थी समूह हावी रहेको छ । जसको कारण यी दुवै देशमा हिन्दुमाथि विभिन्न समयदेखि आक्रमण हुँदै आएको छ । प्रम मो. युनुस नोबेल पुरस्कार विजेता हुन् । उनीले गरीब वर्गकालाई थोरै ऋण दिई उनीको जीवत स्तर सुधार्ने कार्य गर्दा सबै तर्फबाट चर्चित बनेका थिए । त्यसो त उनीमाथि गरीब वर्गकालाई थोरै ऋण दिई चर्काे ब्याज रकम असुली गर्ने आरोप पनि रहेको छ । शेष हसिना वाजेदको उनी घोर विरोधी हुन् यस कारण वाजेदले उनीलाई जेल सजायँ गरेकी थिइन् । अहिले मो. युनुसको लागि प्रम पद एउटा चुनौति सरह छ । उनी अहिले अन्तरिम प्रधानमन्त्री मात्र छन् बाँग्लादेशको सबै बागडोर जमात ए इस्लामी र आतंकवादी सोच राखेका ३ जना विद्यार्थी नेताको हातमा छ । यस कारण उनीलाई बाँग्लादेशको नेतृत्व गर्न कठिनाई छ । मो. युनुस अन्तरिम प्रम हुन् यस कारण ३ महिनामा चुनाव गराई लोकतान्त्रिक सरकार गठन गर्नुपर्ने हुन्छ । शेष हसिना वाजेदको आवामी लिग पार्टी त्यहाँ धेरै लोकप्रिय छ । ३ महिनापछि हुने निर्वाचनमा आवामी लिग पार्टीलाई सहभागी गराई चुनाव गराइँदैन भने बाँग्लादेशमा लोकतान्त्रिक सरकार गठन हुन सक्दैन । यस कारण निर्वाचनमा आवामी लिगलाई पनि सहभागी गराउने वातावरण बनाउनु एउटा चुनौति सरह छ । बाँग्लादेशमा पाकिस्तान, अमेरिका र चीनको बढी घुसपैठ रहेकोले यो देश अझ अस्थिर बन्न सक्ने सम्भावना छ । बाँग्लादेशमा सरकार विरुद्ध आन्दोलन चल्यो तर यो आन्दोलन पछि हिन्दु धर्मावलम्बीप्रति लक्षित बन्यो जसको कारण त्यहाँ थुप्रै हिन्दु समुदाय प्रताडित बनेका छन् । अहिले बाँग्लादेशको वातावरण केही शान्त हुन शुरु भएपनि पूर्ण रुपले शान्त छैन । जसको कारण घरवार छाडेर तमाम हिन्दु आश्रय खोज्न भारत पाकिस्तान सीमामा जम्मा भएका छन् ।