नेपालगञ्ज । वैदिक सनातन धर्मावलम्बीहरुको महान पर्व जनै पूर्णिमा ‘रक्षा बन्धन’ आज हर्षाेल्लासका साथ मनाइँदै छ ।
बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेर यो पर्व मनाउने गरेका छन् ।
यस्तै तराई मधेशका जिल्लाहरुमा दिदीबहिनीले दाजुभाइलाई राखी बा“धेर रक्षाबन्धन पर्व मनाउँछन् । दिदीबहिनीले आफ्ना दाजुभाईलाई नाडीमा राखी बाँधेर दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दछन् भने दाजुभाईले दिदीबहिनीको आजीवन सुरक्षा गर्ने वचन दिन्छन् ।