विगत केही दिनदेखि बाँग्लादेशमा आरक्षण विरुद्ध त्यहाँका विद्यार्थीहरुले सरकारको विरुद्धमा आन्दोलन चलाएका थिए । अहिले सो आन्दोलन अन्तिम चरणमा पुगेपछि त्यहाँका प्रधानमन्त्री शेष हसिना वाजेदलाई सत्ताबाट बाहिर निकाली निर्वासित गरिएको छ । आन्दोलनको सफलताबाट हौसिएका कट्टरपन्थीहरुले अहिले आन्दोलनलाई नयाँ मोड दिँदै बाँग्लादेशी हिन्दुहरुको हत्या गर्ने, महिलाहरुसँग बलात्कार गर्ने, हिन्दु मन्दिरलाई जलाउने, हिन्दुहरुको घरमा आगो लगाउने उनीको व्यापारिक प्रतिष्ठानलाई लुट्ने कार्य शुरु गरेकोले अहिले विश्व समुदायले यस घटनाप्रति आश्चर्य मान्दै प्रतिप्रश्न गर्न थालेका छन् यो कस्तो आन्दोलन ? बाँग्लादेशमा यस्तो घटना कुनै नौलो होइन यस अघि पाकिस्तानमा पनि हिन्दु समुदायको हत्या, उनीको चेलीबेटीसँग बलात्कार गर्नु चेलीबेटीको दिन दहाडै अपहरण गरी बिहे गर्नु जबरजस्ती धर्मान्तरण गर्नु ईश निन्दाको झूठो मुद्दा चलाई निर्दाेष हिन्दु, सिख इसाई लगायत समुदायलाई प्राण दण्ड दिनु जस्ता अनेकौं घटना दिनहु प्रकाशमा आई रहेको छ । पाकिस्तानी नागरिक मिठ्ठु मियाँ मार्फत पाकिस्तानी सरकार यस्तो घटना घटाई रहेको छ । भारत पाकिस्तानको विभाजन पछि पाकिस्तानमा सन् १९११ मा ०.२६ थियो र २०२३ मा प्लस २.७१ भयो अहिले उनी हिन्दुहरुको जनसंख्या अझै घटेको छ । पाकिस्तानमा जो कोही सरकार आए सबै भन्दा पहिले हिन्दुलाई आफ्नो तारो बनाउँदै आएको छ । बढी संख्यामा रहेका हिन्दुको या त धर्मान्तरण गरियो या त उनीको हत्या गरियो । यस्तो स्थिति छ त्यहाँको । यस्तै घटना अफगानिस्तानमा पनि घटित भएको थियो । तालिबानले सत्ता पलट गरेपछि सबै भन्दा पहिले हिन्दु सिखको हत्या गर्न शुरु ग¥यो, हिन्दु मन्दिर भत्काइयो, जलाइयो । सिखको गुरुद्वारामा बम विष्फोट गरी सिख समुदायको हत्या गरियो जसको कारण सिख समुदाय त्यहाँबाट पलायन गरी भारतमा शरण लिएका छन् । अहिले त्यस्तै प्रकारको घटनाको पुनरावृत्ति बाँँग्लादेशमा भएको छ । आरक्षणको विरोधमा चलेको आन्दोलन बाँग्लादेश सरकारप्रति लक्षित थियो यस आन्दोलनलाई सबैले नै सघाएका थिए तर जब बाँग्लादेशका प्रधानमन्त्रीलाई त्यहाँको सेनाले देश छाड्न बाध्य बनायो वाजेद भारतमा शरण लिइन् । अहिले त्यहाँका कट्टरपन्थीहरुले एक्कासी हिन्दुको दमन गर्न शुरु गरेका छन् । यसबाट प्रश्न उठ्छ कि पाकिस्तान, अफगानिस्तान, बाँग्लादेशमा मानव बस्दैनन् त ? विभिन्न स्थानमा यस्तो घटना घटित हुँदा अहिले सेकुलरवादीहरुको मुन्टो निहुरिएको छ यी सेकुलरवादीहरु आफ्नो राजनीति चम्काउन जहिले पनि लोकतन्त्र र प्रजातन्त्रको आडमा तुष्टिकरणको नीति अपनाउँदै जहिले पनि हिन्दुजनको मुख बन्द गर्दै आई रहेका छन् । बाँग्लादेशको घटना अति नै विभत्स र निन्दनीय छ यसबाट सेकुलरवादीहरुले हिन्दुजनलाई एउटा मन्द विष दिएका छन् । उनीहरुले हिन्दु समुदायलाई जाति समुदायमा बाँँड्न सफल भएका छन् जसको कारणले हिन्दु चारैतफबाट थिचिएका छन् अहिले हिन्दुहरु आफूलाई वैदिक सनातनी हुनुमा गर्व गर्दैनन् अपितु आफूलाई ब्राम्हण क्षेत्री वैश्य शूद्रमा बाँडी कोही आफूलाई पहाडी कोही मधेशी जनजाति यादव कुर्मी लगायत हुनुमा गर्व गर्छन् । यस्तो मानसिकताको कारणले उनी कमजोर बन्दै गएका हुन् । अहिले पनि सचेत र सावधान नबने एक एक जना मारिनेछन् । बाँग्लादेशको घटनाले यही नै नसिहत दिएको छ । हिन्दु अति नै सोझो समुदाय हो सर्वधर्म समभाव सर्वे भवन्ति सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्ति र बसुधैव कुटुम्बक जस्तो पुरानो घिसेपिटेको उपदेश बोकेकोले कातर जस्तो बनेका छन् । बाँँग्लादेशमा बसोबास गर्ने हिन्दुहरुले न त शेख हसिना वाजेदको पक्ष लिएका थिए त त बाँग्लादेशी सेनाको । हिन्दु मन्दिरले अन्यको उपासना गृहसँग लड्न पनि गएको थिएन अनि त्यससँग ज्यादती किन भयो ? यो ज्वलन्त प्रश्न अब उठ्न थालेको छ । सबै घटित घटनाको एउटै निष्कर्ष छ केही कट्टरपन्थी सधैं हिन्दुलाई सखाप पार्ने निती लिएका छन् । यसै कारण जब उनी बलियो हुन्छन् हिन्दुको हत्या गर्न शुरु गर्छन् बाँग्लादेशमा घटित घटना पूर्ण रुपले राजनीतिक छ प्रधानमन्त्री शेष हसिना वाजेदसँग अमेरिकाले त्यहाँ रहेको सेफ मार्टिन दिपमा आफ्नो एयरवेज स्थापित गर्न माग गरेको थियो यस्तै चीनले बाँग्लादेशको एक जल विद्युत योजना आफूलाई दिन भनेको थियो यो योजना भारतको हातमा परेपछि चीन बाँग्लादेशसँग रिसाएको थियो । अमेकिाले त वाजेदलाई देखी हाल्नेसम्मको धम्की दिइएको थियो । अवधी भाषामा एउटा उखान छ चोर चोर मौसेरा भाई हुन्छन् । बाँग्लादेश सरकारको सत्ता पल्टाउन पाकिस्तान, अमेरिका र चीन एक भएकोले त्यहाँ सत्ता पलट गरिएको हो । परिवर्तनको लागि संघर्ष हुनुपर्छ यस्तो संघर्ष विभिन्न देशमा भएकै हो नेपालमा पनि पुरानो व्यवस्था फाल्न र नयाँ व्यवस्था ल्याउन कैयन पटक ठूला ठूला आन्दोलन चलेको थियो जसमा विभिन्न समय सत्ता परिवर्तन भएको पाइन्छ तर त्यस्तो आन्दोलन चल्दा कुनै धर्म सम्प्रदायलाई तारो बनाई प्रताडित गरिएन यसरी नेपाल भनेको मानव बस्ने देश हो जसले निर्दाेषको हत्या गरेका हुन् उनी मानव नभई दानव हुन् यो भन्न संकोच मान्ने बेला छैन । बाँग्लादेशको घटनापछि चाहे त्यो नेपालको सेकुलरवादी सोच राखेका व्यक्ति हुन् वा भारतको सेकुलरवादी हुन् उनीले यस घटनाको विरोध नगरी मौन भई बसेकाले उनीको वास्तविक चरित्र उदांगो भएको छ । शेष हसिना वाजेदको सरकार बहुमत भई निर्वाचित भई सत्तामा आएको थियो अब यस्तो सरकारलाई तानाशाहीको संज्ञा दिनु मुर्खता बाहेक अरु केही होइन । उनी सेकुलरवादी सहजै सत्ता पाउन अब लोकतन्त्र स्थापना भएको देशमा यस्तै प्रकारको घटना घटाउने दिवास्वप्न देखी रहेका छन् जसको लागि चेतनशील समाज अहिले नै सचेत सजग र सावधान बन्नुपर्ने जरुरी भएको छ । बाँग्लादेशमा भएको घटनामा कट्टरपन्थीको भिडले प्रधानमन्त्रीको कार्यालयमा पुगी लुटपाट गरे । वन्यजन्तुको पार्कमा पसी निर्दाेष पशुको हत्या गरे, महिला शासकसँग रिसराग हुन सक्छ यसको सभ्य रुपले विरोध गर्नु पथ्र्याे तर जसरी भित्री वस्त्रको प्रदर्शन प्रदर्शनकारीहरुले गरे उनी मातृ शक्तिको विरोधी रहेको छर्लंग हुन्छ । बाँग्लादेशमा हिंसक घटना घटी रहेको समय एक जना प्रदर्शनकारीले हामी बाँँग्लादेशमा एउटा पनि मन्दिर मूर्ति छाड्दैनौ बाँँग्लादेशबाट सम्पूर्ण मन्दिर भत्काउन्दै यस्तो खुलेआम धम्की दिइएको पनि त्यहाँको सेना मुक दर्शक भई बसेको छ । त्यस्ता उपद्रवीहरुमाथि कारवाही नगरेकोले यस्तो घटना मिलीजुली ढंगले गरिएको सर्वत्र महसुस गर्न थालिएको छ । बाँँग्लादेशको घटना सम्पूर्ण मानवताको लागि कलंक हो यसको विश्वभरि नै भत्र्सना र निन्दा हुनु नै पर्छ ।
यो कस्तो आन्दोलन ?
Monday, August 19, 2024
0

Tags