नेपालगञ्ज । बाँकेमा सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाहरु बचतकर्ताको रकम लिई फरार हुँदै आएका छन् । यस्तै बचतकर्ताहरुको करोडौं रकम लिएर फरार हुनेमा नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. को नाम पनि थपिएको छ । बाँकेमा अहिलेसम्म दर्जनौं सहकारी बैंकहरु बचतकर्ताको रकम लिई फरार भई सकेका छन् अहिले नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.ले बचतकर्ताहरुको करोडौं रकम लिई फरार भएपछि बचतकर्ताहरु बिचल्लीमा परेका छन् । यो सहकारी संस्था बाँके, बर्दिया र कोहलपुर, खजुराको आसपास क्षेत्रमा सक्रिय थियो । बचतकर्ताहरुले रकम संकलन गरी सो रकम सहकारी संस्थामा जम्मा गरेका थिए अहिले नमस्ते बचत पनि फरार भएको थाह पाएपछि उनी संचालकलाई खोज्दै बचतकर्ताहरु हिँडेका थिए बचतकर्ताहरुले कारवाहीका लागि सञ्चालकलाई खोज्दै हिँडेका थिए सञ्चालक फेला नपरेपछि प्रहरीमा उजुरी दर्ता गराएका हुन् । अहिले करीब ६ सय जना भन्दा बढी बचतकर्ताले नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालकलाई पक्राउ गरी आफ्नो रकम फिर्ता दिलाउन उजुरी प्रहरीमा दर्ता गराएका छन् । बाँकेमा फरार सहकारी बैंकको लिष्ट धेरै नै ठूलो छ । यसमध्ये सहकारी बैंक शुभारम्भ बचत तथा ऋण सहकारी संस्था पनि हो यो सहकारी बैंक कारकाँदौ धम्बोझी सुर्खेतरोडमा सञ्चालनमा रहेको थियो । शुभारम्भका सञ्चालकहरु बचतकर्ताहरुको करोडौं रकम लिई फरार भएपछि बचतकर्ता मध्येका व्यक्ति चन्द्रेश्वरराज त्रिपाठीले सञ्चालक कृपाराम वाडियामाथि मुद्दा चलाएका थिए । सो मुद्दाको फैसला त्रिपाठीको पक्षमा भएको छ तर शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख सञ्चालक कृपाराम वाडिया र शुभारम्भ सहकारीका सम्बन्धित अन्य जिम्मेवार पक्षहरु पनि फरार भएका कारण त्यसका बचतकर्ताहरुको करोडौं रकम डुबेको छ । कृपाराम वाडिया एक एफएम रेडियोमा कार्यक्रम चलाउँदै आएका थिए अहिले उनी अवैध औषधिको कारोबार भारतमा बसी नेपालसम्म चलाउँदै आएका छन् । उनी दिनहुँ भारतको सीमावर्ती क्षेत्र बाबागञ्ज, रुपैडिहा, मिहीपुर्वामा आई बर्दियाको गुलरियासम्म अवैध औषधिको कारोबार निर्धक्क रुपमा चलाउँदै आएपनि प्रहरीको मौनता को कारण उनी पक्राउ पर्न सकेका छैनन् । बाँकेमा संचालन रहेका अनेक सहकारी बैंक धमाधम बचतकर्ताको करोडौं रकम लिई फरार भई रहेका छन् यस कारण बाँकेमा संचालनमा रहेको अन्य सहकारी बैंकहरुमाथि संदिग्धता बढेको छ । नमस्ते बचत बैंक भागेपछि बाँकेका बचतकर्ताहरुले विभिन्न सहकारी बैंकहरुमा रहेको आफ्ना खाता बन्द गराउँदै रकम फिर्ता लिइरहेका छन् ।
विभिन्न सहकारी बैंकहरु बचतकर्ताको रकम लिई फरार हुँदैः नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. पनि फरार !
Monday, August 19, 2024
0
Tags